© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १२
काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीलाई सेना र हतियारबाट मुक्त बनाइ नागरिक पार्टीमा रुपान्तरण गर्नु नै अहिलेको चुनौती भएको वताएका छन् ।
गोठाटारमा निर्माणाधीन मदन–आश्रित प्राविधिक विद्यालय भवनको अवलोकनपछि आज स्थानीय बासिन्दालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले एमाओवादीले अझै पनि विद्रोह र सत्ता कब्जाको धम्की दिने गरेको र लडाकु समायोजन एवम् व्यवस्थापन गर्न नचाहेको आरोप लगाए
पूर्वराजा र पूर्वयुवराजा पारसको पछिल्लो गतिविधिसँगै धार्मिक र सांस्कृतिक राजतन्त्र राख्ने विषयमा माओवादी नेतृत्व जोडिन पुगेको बताउँदै उनले आफूलाई क्रान्तिकारी र सामन्तवादविरोधी भन्ने एमाओवादीबाट राजतन्त्रको पक्षमा आएका अभिव्यक्तिले उसको दोहोरो चरित्र झल्काएको दावी गरे ।
कुनै चमत्कार नभए छैठौँपटकको प्रधानमन्त्री निर्वाचनबाट पनि परिणाम आउन नसक्ने बताउँदै उनले प्रधानमन्त्री चयनभन्दा पहिले शान्तिप्रक्रिया र संविधान निर्माणसँग जोडिएका मुद्दामा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिए ।
Comments0
Leave Comments