© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - ११
मनोज घिमिरे/राजधानी
काठमाडौं, ११ भदौ
वैधानिक संघ कायम रहेकै बेला पर्ुनर्गठनको बहाना बनाई अर्को संघ गठन गरेको आरोपमा विश्व पौडी महासंघ -फिना) ले नेपाललाई कारबाहीको चेतावनी दिएको छ । निर्ण्र्ााफिर्ता नलिए फिनाको सदस्यताबाट निलम्बन गर्नेसम्मको चेतावनी पनि उसले दिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले मातहतको पौडी संघ पर्ुनर्गठनको जानकारी गराएको भोलिपल्टै फिनाले त्यस्तो चेतावनी दिएको हो । परिषद्ले २३ साउनमा संघ पर्ुनर्गठन भएको जानकारी फिनालाई दिएको थियो । परिषद्ले पछिल्लो पटक समिम मियाँ अन्सारीको अध्यक्षतामा संघ पर्ुनर्गठन गरेको हो ।
'नेपालको समस्या समाधान हुनेमा फिना आशावादी छ, अन्यथा आवश्यक कदम चाल्न फिना तयार छ,' २४ साउनमा फिनाका अवैतनिक सचिव पावलो बारेलीले हस्ताक्षर गरी नेपाललाई पठाएको चेतावनीपत्रमा उल्लेख छ ।
परिषद्का सदस्यसचिव हरिबाबु चौधरीलाई सम्बोधन गर्दै पठाइएको पत्रमा १२ जुलाई २००८ मा निर्वाचित पौडी संघको अवधि चार वर्षभएका कारण कुनै पनि बहानामा अर्को संघ गठन गर्न नमिल्ने उल्लेख छ । परिषद्को खेलकुद विकास विभागका प्रमुख कमल खनाल संयोजक तथा कानुन शाखाका अधिकृत भोजानन्द र्राई र संघ/संस्था समन्वय शाखाका अधिकृत ओमनाथ न्यौपाने सदस्य रहेको कमिटीले गराएको निर्वाचनबाट पौडी संघ निर्वाचित गरेको थियो ।
'फिनाले एउटा देशमा एउटै मात्र संघलाई स्विकार्छ, राष्ट्रिय संघको स्वायत्तत्ताको सवालमा फिना गम्भीर छ,' पत्रमा लेखिएको छ । उसले नेपालका लागि प्रगुणशमशेर राणा नेतृत्वको पौडी संघले मात्र फिनाको प्रतिनिधित्व गर्ने पनि जनाएको छ । बारेलीको पत्रमा सरकारी र राजनीतिक हस्तक्षेपबाट खेलकुदलाई मुक्त राख्न आवश्यक परे नेपालको सदस्यतालाई निलम्बन गरी विकल्प रोज्न सकिने चेतावनी दिइएको छ ।
परिषद्ले पर्ुनर्गठन प्रक्रिया अपनाउँदा गम्भीर त्रुटि गरेको खुलासासमेत भएको छ । 'तदर्थ कमिटीलाई पर्ुनर्गठन गर्दै तपाईंको अध्यक्षतामा कमिटी गठन गरिएको छ,' पर्ुनर्गठित संघका अध्यक्ष अन्सारीलाई परिषद्ले दिएको पत्रमा उल्लेख छ । प्रगुणशमशेर नेतृत्वको संघ निर्वाचित हो, तदर्थ होइन ।
निर्वाचित पौडी संघकी उपाध्यक्ष गीता राणा संघ निर्वाचित वा तदर्थ भन्ने नै हेक्का नराख्ने परिषद्को रवैया आर्श्चर्यजनक भएको बताउँछिन् । उनले खेलकुद नियमावलीले संघ विघटनका लागि स्पष्टीकरण सोध्ने व्यवस्था गरे पनि संघ पर्ुनर्गठनको हल्ला मात्र सुनेको र पदमा नरहेको कुनै औपचारिक जानकारी नदिइएको बताइन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले परिषद्ले निर्ण्र्ााफिर्ता नलिए यसबाट हुने क्षतिको जिम्मेवारी पनि परिषद्ले नै लिनुपर्ने बताए । 'फिनाले कारबाहीको चेतावनी दिइसकेको अवस्थामा परिषद्ले निर्ण्र्ााफिर्ता लिनुको विकल्प छैन,' प्रधानले भने ।
Comments0
Leave Comments