© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - ११
पानी त आज पनि उत्तिकै परिरहेकै थियो। बाहिरफेर निस्कने उपय थिएन । खेतबाली सबै बांगे खोलाले बगाएको घरैबाट देखिन्थ्यो । बर्खाभरिको बाली एकै गाँस पार्यो, पापी झरीले ।
आमाले विक्रमलाई भन्नुभयो, 'बाबु, हाम्रा देउता रिसाएका छन्, यसपाला । नत्र यस्तो हुने थिएन ।'
विक्रम अलमल्ल पर्यो । उसलाई थाहा भएन देउता किन रिसाए एक्कासि । अस्ति ऊ बिरामी पर्दा तिनै देउताले बचाए भन्नुहुन्थ्यो, आमाले । हालका दिनमा उसले केही नराम्रो काम गरेको थिएन । घरका अन्य मानिस पनि आ-आफ्नै सर्ुर्तीखेतीमा व्यस्त थिए । कतैबाट कुनै कसुर भएको थाहा भएन, उसलाई । देउता रिसाउनु पर्ने कुनै कारण देखेन, उसले ।
'किन रिसाए ती देउता- हामीले के गरेका छौं र-'
'कहाँ थाहा पाउँछौं हामीले त्यसरी - किन रिसाए नि । नत्र यसरी बालीनाली सबै किन नष्ट हुन्थे -'
विक्रमले तर्क गरिरहनु सान्दर्भिक ठानेन । ऊ
आफ्नो कोठामा गयो र झयाल खोलेर बाहिर हर्ेन थाल्यो । पानी परी नै रहेको थियो, मुसलधारे । मकैका पातमा हात्तीका सुँडजत्रा धाराले हान्दा ती पात ठाउँ-ठाउँमा भाँचिएका थिए । लटरम्मै लागेका आँपका चिचिला सबै भुइँमा झरेका देखिन्थे । सधैं उसको आँगनको पैंयूँको बोटमामा बसेर खेल्ने भँगेरहरू त्यहाँ थिएनन् ।
उसले बाहिर हेरी नै रहयो । देउता पनि यति क्रूर किन हुन सकेको- मान्छेले त चिडयाए होला, तर ती बिचरा बोटबिरुवा, चराचुरुंगी र कीरा माकुरा - आखिर वषर्ाले तिनीहरूलाई पनि त सतायो ।
विक्रमलाई धेरै रिस उठेर आयो । ऊ भित्र पस्यो । पूजाकोठामा राखिएका सबै देउताका मर्ूर्तिहरू एक-एक गरी बारीतिर फाल्यो र उद्घोष गर्यो, 'मलाई चाहिँदैन यस्ता रिसाउने क्रूर देउता, राक्षसजस्ता । '
ऊ रिसको झवाँकमा यति करायो कि भान्सामा काम गरिरहेकी आमाले सुन्नुभएछ । उहाँ
हतारिएर विक्रमको कोठामा आउनुभयो र उसको चर्तिकाला हर्ेर्नुभयो । उहाँलाई तत्काल थाहा भयो, पूजाकोठाका सबै देउताहरू देशनिकाला भएछन् ।
'यो के अनिष्ट गरिस् हँ तैंले- अब बर्बाद हुने भयो । यसै त रिसाएका देउता, त्यसैमाथि तैंले गरेको यो पाप । जा बारीबाट सबै देउता टिपेर ले ।'
विक्रमले भन्यो, 'ल्याउँदिन, त्यस्ता रिसाउने देउता । रिसाउने देउताको पूजा गरेर के काम -'
'त्यसो भन्छस्- देउताका माम्लामा मुखमुखै लाग्छस् - पापले कुहिएर झर्लास् ।' आमाले चर्को स्वरमा विक्रमलाई यसरी हकार्नुभयो ।
देउताका माम्लामा ऊ अझै धेरै बोल्न सक्थ्यो, उसले कल्पनामा सजाएका देउताका बारेमा । उसले किताबमा पढेका देउताका बारेमा । उसले पूजा गरेका देउताका बारेमा । तर, पापले कुहिएर झर्ने कुरा उसले कल्पाना गर्नसकेन । ऊ लुरुलुरु बारीतिर लाग्यो, देउता बटुल्न । पानी परी नै रहेको थियो । भाँच्चिई नै रहेका थिए, मकैका पात । मुसलधारे पानीमा भिज्यो ऊ, र धेरैबेर लगाएर रिसाउने देउता संकलन गर्यो । देउता फेरि आए पूजाकोठामा । घरको शोभा फेरि बढयो । आमाका अनुहारमा फेरि आयो, पुरानो कान्ति । फेरि फूलपाती र धूप पाएर दंग परे देउताहरू ।
मुसलधारे पानीमा घन्टांै भिजेको विक्रम ज्वरो, चिसो र खोकीको चपेटोमा पर्दा पनि ती देउता चुप थिए । कलिला पाखुरामा जताततै पाछेको थियो, मकैमा पातले । रातै देखिन्थे रगताम्मे रेसाहरू । ठाउँ-ठाउँमा बिच्छीले चिलेका डाम देखिन्थे, रातै । चहर्याइरहेको थियो, उसलाई जताततै । मन्दिरमा देउता मस्त थिए ।
रात छट्पटीमै बितायो, उसले । सारा शरीर दुखिरहयो । बाहिर पानीमा परिरहयो, अझ धेरै चरा, कीरा र माकुराका गुँडहरू र बगी नै रहे साथमा खेतमा थप गराहरू ।
बिहानपख ऊ निदाउन के आँटेकोे थियो, आमाको आवाज उसका कानमा परेर ब्यूँझाइदियो, उसलाई । आमा भजनमै मस्त हुनुहुन्थ्यो,
'लैजाऊ विष्णु बैकुण्ठ बिमानमा चर्ढाई;
हामी जान्छौं बैकुण्ठ हरि गुण गाई ।'
Comments0
Leave Comments