© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २२ | 07, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १४
विजय चाम्लिङ/राजधानी
काठमाडौं, १४ साउन
खोटाङ र भोजपुर सीमामा पर्ने टयाम्के डाँडामा किरात पहिचानसहितको विश्वमै सबैभन्दा अग्लो 'किरात गणतन्त्र भ्युटावर' निर्माण हुने भएको छ ।
किरात गणतन्त्र नेपाल विकास निर्माण सहयोग समिति काठमाडौंका महासचिव सुदन किरा“तीले ३१ सय १० मिटर उचाइमा रहेको टयाम्केमा विश्वकै सबैभन्दा अग्लो टावर बन्ने दाबी गरे ।
'अहिलेसम्म यति उचाइमा कुनै टावर बनेको छैन,' शुक्रबार राजधानीसँग भने, 'तर, अब निर्माण हुन लागेको टावर संसारकै सबभन्दा अग्लो टावर हुनेछ ।' उनले टयाम्केमा टावर निर्माणपश्चात् विश्वमा नेपालको पहिचान फराकिलो हुनेसमेत दाबी गरे । 'सगरमाथा र लुम्बिनीमात्र होइन, टयाम्केको टावर बनिसकेपछि नेपालीको अर्को गौरवको विषय थपिने छ,' किरा“तीले भने ।
उनले १० करोड लगानीमा निर्माण हुन लागेको टावरले पर्ूर्वी नेपालको किरा“त समुदायको एकतामा पनि सहयोग गर्ने आशा व्यक्त गरे । 'मिथ्या भए पनि दस किरात भन्ने चलन अझै छ,' उनले भने, 'यसले देशभर छरिएका किरा“तको इतिहास र मनोविज्ञानको प्रतिनिधि गर्छ भन्ने विश्वास लिएका छौं ।'
किरा“तीले स्थानीयस्तरबाटै टावर निर्माण कार्य गरिने बताए । 'चुनौतीपर्ूण्ा तरिकाले नक्सा पास गरेका थियौं,' यसमा राज्यबाट कुनै सहयोग नभएको गुनासो गर्दै उनले थपे, 'स्थानीयवासीको पहलबाट पनि ठूला काम गर्न सकिन्छ भन्ने उदाहरण दिन चाहान्छौं ।'
टावर निर्माण शीलान्यास १० जेठमै भएको थियो । हालसम्मा ४० मिटर जग खन्नुपर्नेमा २३ मिटर खनिइसकेको छ । चिन्डो आकारको टावरको अर्धव्यास २३ मिटर र ३१ तलाको हुनेछ । टावरको सातौं तलासम्म सिमेन्ट प्रयोग गरेपछि आल्मोनियम र सिसा प्रयोग गरिने भएको छ ।
टावरको ३१औं तलामा मनोरम दृश्यावलोकनसहितको रेस्टुरेन्ट निर्माण हुनेछ भने १० मिनेटमा एकफन्को घुम्ने शैलीको हुनेछ । टावरभित्र सपिङ कप्लेक्स, मेडिकल हल, सेमिनार कक्ष, रेस्टुरेन्टलगायत हुनेछन् । टावरको बाहिरी भागमा सबै धर्मका मन्दिर, गुम्बा, मस्जिद, चैत्य निर्माण गरिनेछ ।
सन् २०१२ सम्ममा टावर निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । त्यसका लागि खोटाङ र भोजपुरका प्रत्येक गाविसबाट ५० हजारदेखि तीन लाखसम्म बजेट छुट्टयाइने भएको छ ।
स्थानीयलगायत देशविदेशका किरात समुदायबाट पनि आर्थिक सहयोग जुटाइनेछ । टावर निर्माणमा २५ किलोवाट विद्युत् उत्पादन क्षमताको पानी नजिकै भएकाले विद्युत् निकाल्ने योजना छ ।र्
पर्यटकीय स्थलका रूपमा रहेको टयाम्केलाई खोटाङको रतन्छा, खिदिमा, बाझेच्यान डाँडा, निर्मली डा“डा र भोजपुरको खावा, नागी, लेखखर्क गाविसले घेरेको छ । टयाम्के डा“डाबाट महाभारतका चुचुरा, दूधकोसी, अरुण, सप्तकोसीजस्ता नदी अवलोकन गर्न सकिन्छ ।
यहा“बाट भारतको सिलगुडी र दार्जिलिङजस्ता सहरका साथै कञ्चनजंघा, मकालु, सगरमाथालगायतका हिमशृंखला दृश्यावलोकन गर्न सकिन्छ ।
त्यसबाहेक टयाम्केमा हरेक वर्षकात्तिकको बालाचतर्ुदशी र चैतको रामनवमीमा मेला लाग्ने गरेको छ । टावर निर्माण समितिका अनुसार टयाम्केको प्रचार-प्रसारका लागि सन् २०११ को पर्यटन वर्षा सो स्थानमा 'टयाम्के महोत्सव' गरिने भएको छ ।
Comments0
Leave Comments