२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

उदयपुर सिमेन्ट उद्योगमा छापा र्

इश्वर तामाङ/राजधानी
उदयपुर, १४ साउन
सरकारी स्वामित्वमा रहेको सबै भन्दा ठुलो उदयपुर सिमेन्ट उद्योगमा जिल्ला प्रसासन कार्यलयले छापा मारेको छ ।
उद्योग महाप्रबन्धकले कोईला आयतमा अनियमितता गरेको भन्दै प्रशासनले छापा मारी  कोइला खरिदको फायल नियन्त्रणमा लिएको छ ।  
उद्योगका महाप्रबन्धक अनिल झाले र्सार्वजनिक खरिद ऐन विपरित काम गरि उद्योगलाई लाखौ रुपैया घाटा हुने गरि सप्लार्यस संगको मिलेमतोमा  काम गरेको आसंकामा  छानविनका लागी कोईला खरिदको फायल छापा मारेर कव्जामा लिएको प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्यायले बताए ।
प्रमुख जिल्ला अधिकारी उपाध्यायले कोईलाको फायलमा अनियमितताको बारेमा जानकारी प्राप्त भएकोले अख्तियारको अधिकार प्रयोग गरि छापा मारेको प्रतिकृया दिए । फाइलको अध्यन पछि अख्तियार दुरुपयोग अनुसंधान आयोगमा कारबाहीका लागी सिफारिस गर्ने पनि उनले बताए ।
महाप्रवन्धक झाले उद्योगमा इन्धनको रुपमा प्रयोग गरिने कोइला सप्लाई गर्ने एभर ग्रिन टर््रर्ेडकर्न्ससलाई कारबाहि गर्नुको साटो उल्टै सप्लार्यससंग मिलेर काम गर्दा उद्योगलाई ५ लाख रुपैया  घाटा लागेकेा आशंका गरिएको छ ।
कारखानामा कोइला सप्लाई गर्ने अनुमति पाएको एभर ग्रिनलाई समयमै कोइला सप्लाई नगरेकेामा भन्दै उद्योगकै खरिद विभागले कारबाहि गरि सप्लार्यसको विड बण्ड जफत गर्ने सिफारीस समेत गरेको थियो ।
निधारित समयमा कोइला सप्लाई नर्गदा  उद्योगलाई ५ लाख रुपैया घाटा लागेको एक अधिकृतले वताए । उनले भने "यस अघि समयमै कोइला सप्लाई नगरेको भन्दै रिद्धिसिद्धि टे्रडको विड बण्ड जफत गरीएको थियो"। रिद्धिसिद्धिलाई कारबाही गरि दोस्रो सप्लार्यस एभर ग्रिनलाई कोइला सप्लाई गर्ने अनुमति दिइएको भएतापनि त्यसले पनि कोईला सप्लार्यस नगरेकोले विड बण्ड जफत गरि कारबाही गर्नुको साटो महाप्रवन्धक झाले विड बन्ड फिर्ता दिएको उद्योगका एक अधिकृतले बताए  ।
रिद्धि सिद्धिले समयमै गुणस्तरको कोइराल आपर्ूर्ती गर्न नसक्दा यस अघि रिद्धि सिद्धिको धरौटीबाट करिव १५ लाख रुपैया विड बण्ड जफत भएको थियो । तर रिद्धिसिद्धिको जस्तै एभरग्रिनको विडबण्ड जफत हुनु पर्ने उद्योगका कर्मचारीको भनाई रहेको छ । गुणस्तरीय सामान सप्लाई गर्दा कमिसन दिन नमिल्ने भएकोले थोरै कम गुणस्तरको कोइला, फलामको धाउ,  दिने गरेकेा एक सप्लार्यसले बताए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी