© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १४
लक्ष्मी सापकोटा/राजधानी
काठमाडौ, १४ साउन
साउन महिनाको आधा समय वितिसक्दा पनि मुलुकभर एक चौथाई जमिनमा रोपाई हुन सकेको छैन । समयमै मनसुन -वषर्ाद्)सूरु भएपनि नियमित रुपमा वषर्ा नहुँदा हाल सम्म े एक चौथार्इर्र्जमिन बाझै रहेको हो । कुनै ठाउँमा धान रोपेर पसाउने बेला भइसक्दा पनि तर्राईका विभिन्न जिल्लामा भने हालसम्म पनि रोपाई हुन सकेको छैन । रोपाई भएका जिल्ल्ाामा ५० प्रतिशत मात्र रोपाईको काम भइरहेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
ग्ात वर्षो तुलनामा यस वर्षसमयमै मनसुन सुरु भएपनि निरन्तर रुपमा नभएकाले मुलुकभर रोपाई सम्पन्न हुन नसकेको मन्त्रालयले जनाएको छ । अघिल्लो वर्षो तुलनामा यस वर्ष१० दिन अगाडि मनसुन सुरु भएपनि नियमित ढंगले हुन नसक्दा तर्राईका जिल्लामा रोपाईको काम ढिलाई भइरहेको मन्त्रालयका प्रवक्ता डा.हरि दाहालले जानकारी दिए । मनसुन कम भएपनि यस वर्षधानको उत्पादनमा बृद्धि हुने अनुमान गरिएको दाहालले बताए ।
धानको अन्नभण्डारको रुपमा रहेको तर्राईमा सवै भन्दा कम रोपाई भएको छ । सवै भन्दा बढी धान उत्प्ाादन हुने झापा,मोरङ्ग र रुपन्देही जिल्लामा क्रमशः ८०, ८२ प्रतिशत र रुपन्देहीमा ८८ प्रतिशत रोपाई भएको मन्त्रालयले जनाएको छ ।
साउनको दोस्रो साता सम्म रामेछाप जिल्लामा ५५ प्रतिशत रोपाई मात्र भएको छ ।त्यस्तै पाँचथर मा ४० प्रतिशत ,तेह्रथुममा ५० प्रतिशत र खोटाङ्मा ५५ प्रतिशत रोपाई सम्पन्न भएको छ । हाल ती जिल्लामा हाल रोपाईको काम भइरहेको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार मुलकभर शुक्रबार सम्म ७७ प्रतिशत रोपाई सम्पन्न भएको छ । गत वर्षसाउन १८ गते सम्म मुलुकभर ४४ प्रतिशत मात्र रोपाइ सम्पन्न भएको थियो । गत वर्ष४० लाख २३ हजार मेटि्रक टन धान उत्पादन भएकोमा यस वर्षा ४६ लाख १० हजार मेटि्रक धान उत्पादन हुने अनुमान गरिएको मन्त्रालयले जनाएको छ । हाल सम्म पर्ुवाअञ्चलमा ६८ प्रतिशत ,मध्यपश्चिमाअञ्चलमा ८३ प्रतिशत रोपाई सम्पन्न भएको छ ।त्यस्तै प्रश्चिमाअञ्चलमा ८३ प्रतिशत ,मध्यमाअञ्चलमा ७४ र सुदुर पश्चिममा ९४ प्रतिशत रोपाई सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
सुदुरपश्चिमका बझाङ,बाजुर ,दार्चुला र डडेलधुरामा शतप्रतिशत रोपाई सम्पन्न भएको छ । त्यस्तै मध्यपश्चिमका प्युठान, सल्यान र रुकुम र कर्ण्ााली अञ्चलका कालिकोट बाहेकका अन्य चार जिल्लामा शतप्रतिशत रोपाई सम्पन्न भएको मन्त्रालयले जनाएको छ । उपत्यका तीन जिल्ला काठमाडौ,ललिपुर र भक्तपुरमा रोपाईको काम अन्तिम चरणमा पुगेको छ ।
उपत्यकामा जुलाई महिनाभरी तीन सय ५६ दशमलब पाँच मिलिमिटर पानी पर्नँमा सोही महिनाको अन्तिम सम्म दर्ुइ सय ९१ मिलिटिर पानी परेकाले पनि समयमा रोपाई सम्पन्न गर्न नसकिएको जनाईएको छ ।
Comments0
Leave Comments