२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

बुद्धुराम,

कक्षा पाँचको विद्यार्थी हो । उसलाई स्कुलमा सबैले बुद्धुराम, बुद्धुराम भनेर जिस्क्याउने गर्छन् । किन भने उसको बानी नै त्यस्तै छ ।
उसको नाम बुद्धुराम कसरी भयो त - उसको बानीले ।
अब उसको बानी कस्तो छ त-
राम जहिले पनि स्कुलमा ढिलो गरी पुग्दथ्यो । कक्षा कोठामा पुगेपछि सधैं सरले सोध्न हुन्थ्यो । तिमी किन ढिलो आएको भनेर । त्यतिबेला बाटोको सबै बेलीबिस्तार लगाउन थाल्थो, राम । कहिले जुत्ता खोज्दा ढिला भयो भन्थ्यो ।
कहिले टाइ खोज्दा ढिला भयो भन्थ्यो । सधैं उसको बहाना यस्तै-यस्तै हुने गर्थ्याे । उसको त्यो बानीले गर्दा सर पनि वाक्क भइसकेका थिए । त्यसैले सरले उसलाई गाली गर्नै छाडिसकेका थिए ।
तर , उसको एउटा बानी भने निकै राम्रो थियो । कक्षामा सधैं उपस्थित हुने र गृहकार्य पूरा गर्ने । त्यो राम्रो बानीले गर्दा होला सरले रामलाई ढिलो आउँदा पनि माफ गरिदिएका ।
रामलाई पनि आफू सधैं स्कुलमा ढिला पुग्ने बानी मनपरेको थिएन । त्यसैले उसले विचार गर्‍यो । अब म स्कुलमा समयमा पुग्ने बानी बसाल्छु । त्यसपछि कसैले पनि मलाई ढिलो आयो भनेर भन्न सक्दैनन् । यस्तै सोचेर स्कुलबाट ऊ घर फर्कियो ।
घरमा पुगेर हातमुख धोई, खाजा खाई गृहकार्य गर्नबस्यो । गृहकार्य सकेपछि एकछिन खेल्न हिँड्यो । घरमा आएर एकछिन टिभी हेर्‍यो, अनि एकछिन पढेर खाना खाईवरि सुत्न गयो । हिजो/अस्तिको भन्दा रामको फर्ुर्ती बेग्लै भएको उसका आमाबुबाले पनि लख काटे । उसकी आमाले चाहिँ सोधी नै हाल्नुभो, 'किन बाबु तिमी निकै नै फर्ुर्ती साथ काम गरी रहेका छौ नि -' रामले पनि भन्यो, 'आमा म जहिले पनि स्कुलमा पुग्दा ढिलो हुन्छ त्यसैले अब म समयमा स्कुल पुग्ने हिसाब आफ्नो काम गर्दछु । त्यही भएर हजुरहरूलाई त्यस्तो लागेको हो ।'
छोराको यस्तो कुरा सुनेर आमाबुबा पनि खुसी हुनुभयो ।
बिहान भयो, हात मुख धोई ब्रस पनि गर्‍यो, हिजोको बाँकी गृहकार्य गर्नबस्यो । कलमको चुच्चो भाँचेकोले कलम ताँस्न कटर खोज्न थाल्यो । बल्ल बल्ल भेट्टायो कलम चुच्चो बनायो अनि गृहकार्य पनि सकायो । कपीकिताब मिलाएर झोलामा हाल्यो, लुगा लगायो, मोजा लगायो, सबै कुरा तयार भयो । आज उसले केही पनि बिर्सर्ेे। आज भने स्कुलमा ठीक समयमा पुग्ने  भयो भनेर ऊ दंग पर्‍यो । तर, उसले कलमचाहिँ भेट्टाएन । ऊ कलम खोज्न थाल्यो । यताउता सबैतिर हेर्‍यो तर कतै भट्टाएन, 'अघि भख्खर गृहकार्य गरेको अहिलेको अहिले कलम कता पुग्यो ।' ऊ मनमनै सोच्न थाल्यो । कतै किताबको बीचतिर पर्‍यो कि भनेर हर्ेने थाल्यो । त्यहाँ पनि कलम भेट्टाएन ।     
अब कलम खोज्न थाल्यो भने स्कुल जान ढिलो हुन्छ भने र ऊ कपाल कोर्न ऐनाको अगाडि उभियो । कलम उसल आफ्नो कानमा देख्यो । आफूले राखेको ठाउँ बिर्सर्ेेे हुनाले ऊ हाँस्दै कलम झोलामा राख्यो र झोला बोकी हिँड्यो ।
आमा भान्छामा फुर्सदले काम गर्दै हुनुहुन्थ्यो । रामले हतारमा भन्यो, 'आमा म स्कुल गए ल, आज छिटो पुग्नुछ ।' आमाले भित्रबाट भन्दैहुनुहुन्थ्यो, 'बाबु ए बाबु पख पख' त्यति भन्दा राम धेरै टाढा पुगिसकेको थियो ।
आज भने राम सबैभन्दा चाँडै स्कुल पुग्यो । उसले सरलाई कुनै बहाना बनाउनु नपर्ने भयो ।
राम स्कुल पुग्दा स्कुलमा कोही पनि आएका थिएनन् । राम फर्ूर्तीका साथ स्कुलको गेट भित्र छिर्‍यो । आज भने सर ढंग पर्छ भनेर ऊ मनमनै खुसै हुँदै थियो ।
स्कुल पुगेको निकै बेर भइसकेको थियो । कोही पनि आएनन् । एकछिनपछि पाले दाइ आउनु भयो । राम कक्षा कोठाको धोकानिर बसिरहेको थियो । पाले दाइले अचम्म मान्दै रामलाई हर्ेर्नुभो र सोध्नुभो, 'राम, तिमी किन स्कुल आएको ।'
पाले दाइको कुरा सुनेर राम हाँस्न थाल्यो अनि उसले फर्ुर्तीका साथ भन्यो, 'पाले दाइ आज म सबैभन्दा छिटै स्कुल आएको छु सधैैं ढिलो हुन्थे आज भने समयमा आए । तर, कोही पनि आएका छैनन् किन पाले दाइ ।'
रामको कुरा सुनेर पाले दाइ हाँस्न थाले, 'बाबु आज शनिबार हो ।' पाले दाइले हाँसेर भनेको सुन्दा राम लाजले भुतुक्कै भयो र घर फर्कियो ।
त्यहि दिनदेखि सबैले रामको नाम अगाडि बुद्धु थपेर बुद्धुराम भन्न थाले ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी