© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १३
मोहन ढुंगेल, खिला कार्की/राजधानी
काठमाडौं, १३ साउन
प्रधानमन्त्री पदका लागि सहमतीय र दर्ुइपटक बहुमतीय प्रयास असफल भएपछि प्रमुख तीन दलबीच आलोपालो गरी सरकारको नेतृत्व गर्ने नयाँ प्रस्तावमा छलफल सुरु भएको छ ।
एमाले र माओवादीका शर्ीष्ा नेतृत्वबीच भने त्यस्तो चक्रीय प्रणालीबारे दर्ुइपक्षीय र बहुपक्षीय छलफल चलिसकेको छ । तर, त्यसलाई १७ साउनमा हुने प्रधानमन्त्री निर्वाचनपछि अन्य दलबीच छलफलका लागि प्रस्ताव गर्ने सुझाव माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको स्रोतले बतायो । स्रोतका अनुसार माओवादीबाट प्रधानमन्त्रीका प्रत्यासी प्रचण्ड र एमाले उपाध्यक्ष वामदेव गौतमबीच बुधबार त्यसबारे छलफल भएको थियो ।
एमाले अध्यक्ष झलनाथ खनालका तर्फाट सो प्रस्ताव बोकेर गौतम दाहालसमक्ष पुगेका थिए । खनालको प्रस्तावअनुसार जारी प्रधानमन्त्री निर्वाचन प्रक्रिया रद्द गरेर चक्रीय प्रणालीमा जाँदा कम्तीमा तीन दलबीच सहमति बन्न सक्छ । संविधानसभामा माओवादी, कांग्रेस र एमालेका सभासद्को संख्या जोड्दा दर्ुइतिहाई पुग्छ ।
खनालका तर्फाट चक्रीय प्रणालीको स्वरूप पनि निर्धारण गरिसकिएको छ । स्रोतका अनुसार पहिलो स्वरूपअर्न्तर्गत समयावधि र दोस्रो मुद्दाका आधारमा आलोपालो गरी माओवादीबाट प्रचण्ड, कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट आफूले प्रधानमन्त्री पद सम्हाल्ने प्रस्ताव खनालले अगाडि सारेका छन् ।
प्रस्तावअनुसार प्रधानमन्त्री चयनदेखि आमनिर्वाचन नहुन्जेलसम्मको समयलाई तीन भाग लगाई तीनजनाले आलोपालो गरी सरकारको नेतृत्व चलाउनुपर्नेछ । त्यसमा सहमति हुन नसके माओवादी लडाकूको समायोजन, पुनःस्थापना र लडाकूका हतियार व्यवस्थापनसम्म एकजना, त्यसपछि नयाँ संविधान जारी गर्दासम्म अर्को र संविधान जारी भएदेखि आमनिर्वाचनसम्म तेस्रोले सरकारको नेतृत्व गर्ने प्रस्तावमा पनि माओवादी-एमालेबीच प्रारम्भिक छलफल चलिसकेको स्रोतले बतायो ।
गत मंगलबारको भेटमा एमाले अध्यक्ष खनालले पनि कांग्रेस संसदीय दलका नेता पौडेलसँग चक्रीय प्रणालीबारे छलफल गरेका थिए ।
स्रोतका अनुसार त्यस्तो प्रणालीमा दलहरूबीच सहमति बन्न नसक्ने जिकिर खनालसँग पौडेलले गरेका थिए । उनले त्यस्तो प्रणालीमा कसले पहिलो नेतृत्व गर्ने विषयमा गम्भीर चासो राख्दै घरजग्गा फिर्ता, लडाकू र माओवादीबीच सम्बन्ध विच्छेद तथा वाईसीएलको रूपान्तरण नभएसम्म माओवादीलाई विश्वास गर्न नसकिने पुरानो अडान दोहोर्याएका थिए ।
पौडेलले जारी प्रधानमन्त्रीय निर्वाचनलाई शून्यमा झरेर नयाँ प्रक्रियामा जाँदा संवैधानिक जटिलता आउन सक्ने जानकारी खनाललाई गराएको स्रोतले बतायो । स्रोतका अनुसार पौडेलले पहिलो निर्वाचनमा दर्ुइतिहाई मत ल्याउन नसके दोस्रो चरणमा कांग्रेसलाई सहयोग गर्ने एमाले नेतृत्वको आश्वासन र माओवादी पर्ूण्ा रूपमा नागरिक पार्टर्ीी रूपान्तरण नभएसम्म उसको नेतृत्व स्वीकार नगर्ने पर्ूवसहमतिबारे पनि खनालको ध्यानाकर्षा गराएका थिए ।
४ साउनमा बसेको एमाले केन्द्रीय समिति बैठकमा महासचिवर् इश्वर पोखरेलले दर्ुइतिहाई मतसहित खनाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको थिए । सो प्रस्तावलाई बैठकले स्वीकार गरेको थियो ।
एक एमाले नेताका अनुसार पुनः मैदानमा आउने बाटो खोल्न खनालले यस्तो प्रस्ताव राखेका हुन् । त्यही उद्देश्यले पार्टर्ीीे केन्द्रीय समिति बैठक बोलाउन आलटाल गरेको ती नेताले बताए । एमालेभित्र मध्यमार्गी मानिने नेता भरतमोहन अधिकारीले त चक्रीय प्रणालीबारे र्सार्वजनिक रूपमै मुख खोलिसकेका छन् ।
'संविधानसभाको म्याद थप गर्दा सहमतीय सरकारको बलियो आधार चक्रीय प्रणाली नै हुन सक्छ भन्ने मेरो मत हो,' अधिकारीले बिहीबार साँझ राजधानीसँग भने, 'संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउने एक मात्र विकल्प चक्रीय प्रणाली हो ।'
चक्रीय प्रणालीबारे एमालेको ओली-नेपाल पक्ष भने मौन छ । तटस्थ बस्ने पर्ूवनिर्ण्र्ाापरिवर्तन गर्न केन्द्रीय समिति बैठक बोलाउन उनीहरू खनाललाई दबाब दिइरहेका छन् ।
कांग्रेस नेताहरूले पनि चक्रीय प्रणालीबारे अनभिज्ञता प्रकट गरे । 'त्यस्तो विषयमा हामीलाई कसैबाट कुनै प्रस्ताव आएको छैन,' कांग्रेस उपसभापति गोपालमान श्रेष्ठले राजधानीसँग भने, 'हामी अहिले संविधानअनुरूप आफ्नो नेतृत्वमा बहुमतीय सरकार बनाउन लागेका छौं, त्यसबाहेक केही सोचेकै छैनौं ।' यद्यपि, पछिल्लो केन्द्रीय समिति बैठकमा कांग्रेस केन्द्रीय सदस्य चक्र बास्तोलाले आलोपालो गरी सरकार चलाउँदा सहमतिको एउटा आधार बन्न सक्ने प्रस्ताव राखेका थिए ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि चक्रीय प्रणालीसम्बन्धी एजेन्डा पार्टर्ीी नबनाएको बताए । 'हामी १७ साउनको चुनावलाई निर्ण्ाायक बनाउने पक्षमा छौं,' श्रेष्ठले भने, 'राष्ट्रिय सहमतिको वातावरण बनाउने हो भने कांग्रेसले उम्मेदवारी फिर्ता लिनर्ुपर्छ र एमालेले हाम्रो पार्टर्ीी उम्मेदवारलाई सहयोग गर्नुपर्छ । यसबाहेक तत्काल हामीले केही सोचेका छैनौं ।'
Comments0
Leave Comments