© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १३
सोलुखुम्बु/रास- सोलुखुम्बुको इंखु प्राथमिक विद्यालय वाकु( ४ सिबुचेले विद्यालयको आम्दानी बढाउन बाख्रा पालन कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयले सेवा क्षेत्रका दर्ुइ जना अभिभावकहरुलाई बाख्रा किनेर पाल्न दिएको हो ।
विद्यालयले परीक्षणको रुपमा पहिलो चरणमा ४ वटा माउ, २ वटा बोका र ३ वटा पाठा किनेर पाल्न दिएको विद्यालयका प्रधानाध्यपक गीताप्रसाद निरौलाले जानकारी दिए ।
उनका अनुसार स्थानिय फुर रिञ्जी शर्ेपाले २ माउ र २ बोका तथा दा तेञ्जी शर्ेपाले २ माउ र ३ वटा पाठो पाल्न थालेका हुन् ।
विद्यालयले स्थानिय कामी फर्ूवा शर्ेपाको संयोजकत्वमा आयमूलक कार्यक्रम समिति गठन गरी बाख्रापालन सम्बन्धी नीति नियम पनि बनाएको छ ।
समितिले बोका र पाठोबाट भएको आम्दानी दुवै पक्षलाई बराबर भाग लगाउने र माउ विद्यालयको बोटको रुपमा रहने व्यवस्था गरेको छ ।
'हामीलाई सबैभन्दा चुनौती लगानी डुब्ने हो कि भन्ने डर छ', विद्यालयका प्रधानाध्यपक गीताप्रसाद निरौलाले भने ।
उनका अनुसार विद्यालयले आय बढाउन बाषिर्क २५ प्रतिशत व्याजदरमा २५ हजार रुपैयाँ ऋण लिई आयआर्जन कार्यक्रमको थालनी गरेको हो ।
विद्यालयले आयआर्जन कार्यक्रम सञ्चालन गरी नियमित आम्दानी हासिल गर्न सकेमा सा-साना कार्यक्रमहरु विद्यालय स्वयंले सञ्चालन गर्न सक्ने प्रति गत जेठ महिनामा जि फाउण्डेशन नेपालको आर्थिक सहयोगमा टाक्सिन्दु समाज कल्याणले २ दिने शिक्षक अभिभावक अभिमुखीकरण कार्यक्रम विद्यालयमा सञ्चालन गरेको थियो ।
सोही कार्यक्रमबाट प्रभावित भई विद्यालयले आयआर्जन कार्यक्रम परीक्षणको रुपमा शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पासाङ नुरु शर्ेपाले बताए ।
Comments0
Leave Comments