२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

जेलभित्रैबाट लागुऔषध कारोबार

टपेन्द्र कार्की/राजधानी
काठमाडौं, १३ साउन  
जेलभित्रै कैदी लागूऔषध कारोबारमा संलग्न रहेको तथ्य फेला परेपछि प्रहरीले कारागारमा विशेष निगरानी थालेको छ । लागूऔषध नियन्त्रण तथा कार्यान्वयन इकाइ नयाँ बानेश्वरले जेल सुरक्षार्थ खटिएका प्रहरीसँग समन्वय गरेर निगरानी थालेको हो । एक महिनाअघि डिल्लीबजार कारागारका कैदी श्याम वर्ण्र्ाालको योजनामा लागूऔषध ओसारपसारमा संलग्न अभियोगमा प्रहरीले पा“चजना पक्राउ गरेको थियो ।
'जेलमै रहेका व्यक्ति नै लागूऔषधजस्तो गम्भीर कारोबारमा संलग्न रहेको खुलेपछि हामीले निगरानी सुरु गरेका हौ,' लागूऔषध इकाइ कार्यान्वयनका एसएसपी देवेन्द्र सुवेदीले भने । जुनियर प्रहरी अधिकृत राजधानीका तीनैओटा जेलमा खटाइएको छ । उनीहरूले जेल प्रशासनसँग समन्वय गरेर लागूऔषध कारोबारी र योजनकारबारे सूचना संकलन गर्न लागेको लागूऔषध कार्यान्वयन इकाइका एसएसपी सुवेदीले बताए । पक्राउ पर्नेमा सञ्जय तामाङ लामा, प्रभात भूजेल, त्रैलोक्य उप्रेतीलगायत दर्ुइजना छन् । उनीहरू पक्राउ परेपछि महानगरीय प्रहरी परिसरले जेलमा रहेका कैदी श्याम वर्ण्र्ााललाई ल्याएर बयानसमेत लिएको थियो । तर,  लागूऔषध संगठित अपराध भएका कारण जेलमा रहेका मुख्य व्यक्तिले अन्य प्रयोग गरेर कारोबार गर्ने गरेको उनको भनाइ छ ।
'मुख्य योजनाकार प्रत्यक्ष संलग्न नभए पनि अन्य व्यक्ति प्रयोग गरेर लागूऔषध कारोबार गरिरहेका हुन्छन्,' एसएसपी सुवेदीलेले भने, 'लागूऔषधका अभियुक्तले लिंक गराएर कारोबार गरिरहेको प्रशस्त भेटिएका छन ।' जेलभित्र रहेको व्यक्तिको संलग्नता पुष्टि गराउन प्रहरीलाई कठिन हुने गरेकाले पनि जेलमा रहेका अभियुक्तले माध्यम प्रयोग गरेर काम गराउनसक्ने प्रहरी अधिकृतहरूले बताए ।
सय ग्रामभन्दा बढी लागू औषधसहित समातिए १५ देखि २० वर्षजेल सजाय र ५ लाखदेखि २५ लाख रुपैया“सम्म जरिवाना हुन्छ । लागऔषध कारोबार अभियोगमा जेल चलान भएका व्यक्तिले लामो समयसम्म कैद सजाय भुक्तान गर्नुपर्ने भएकाले पनि उनीहरूले त्यही पेसा अपनाउने गरेको प्रहरीको भनाइ छ । 'एउटा अभियोगमा जेल चलान भएपछि लामो कैद सजाय र जरिवाना हुन्छ,' सुवेदीले भने, 'जेलभित्र रहेकै बेला अन्य काम गर्दा पनि त्यही सजायमा भुक्तान हुने भएकाले पनि योजना बनाइरहेका हुन्छन् ।'
कैदीहरूले टेलिफोन वा भेटन आएका व्यक्तिमार्फ एकले अर्कालाई चिनाएर कारोबार गराउने गरेको दाबी प्रहरीको छ । जेल प्रशासनको कमजोरीका कारण कैदी संगठित अपराधमा संलग्न हुने गरेको दाबी प्रहरीको छ । उनीहरूका लागि जेल र्स्वर्गजस्तै बन्दै गएको छ, उनीहरलाई भेट्न आउन मान्छे नै सञ्जालका सहयोगी हुने गरेको दावी प्रहरीले गरे पनि जेल प्रशासन भने त्यो स्वीकार्न तयार छैन ।
जेलभित्र प्रहरी र जेलका नाइके, भाइ नाइकेको निगरानीमा बसेर कैदीले फोन गर्न गरेकाले यस्ता योजना बुन्ने काममा प्रहरी पनि संलग्न हुनसक्ने जेल प्रशासन दाबी गर्छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक दर्ुगाप्रसाद भण्डारीले जेलभित्र बसेर अवैद्य गतिविधि गर्न नपाइने बताए ।
भणडारीले जेलभित्र कैदी भेट्न आउने व्यक्तिलाई पहरीले निगरानीमा राख्न थालेको बताउ“दै प्रशासनले पनि शंकास्पद व्यक्तिको गतिविधि निगरानीमा राखिएको बताए । अनुसन्धानको पाटो प्रहरीकै भएकाले जेलमा भेट्न आउने व्यक्तिबारे उसैले बढी निगरानी बढाउनु उपयुक्त हुने बताए ।
प्रहरीको अगाडिबाट कैदीले फोन गर्न गरेकाले 'कोसँग के कुरा गर्छ - उसले विचार गर्नपर्न हो,' नख्खु जेल प्रमुख माधव पोखरेल भन्छन, 'सुरक्षाको जिम्मा प्रहरीको हो ।' जेलभित्रका कैदीको निगरानी प्रहरी र जेलकै आन्तरिक प्रशासनका कर्मचारीको हो, आन्तरिक प्रशासनमा लामो समय जेलसजाय भुक्तान गरेका कैदी हुन्छन् ।
जेलप्रमुख पोखरेलले कैदी भेट्न आउनेको सम्पर्ूण्ा जानकारी राख्नसक्ने प्रविधि नभएका कारण समस्या परेको बताए । उनले लागूऔषध कारोबार योजनामा कुनै कैदी संलग्न छ भने उसलाई मुद्दा फैसला भएपछि राजधानीमा नराखी बाहिर लैजानुपर्ने बताए । 'लागूऔषध कारोबार सञ्जाल विस्तार गर्दैछ भन्ने शंका लागेपछि उसलाई दर्ुगमका जेलमा लगेर राख्नु उचित हुन्छ,' उनले भने ।
दर्ुगम जेलमा गएपछि राजधानीमा भएका लागूऔषध कारोबारीको सम्बन्ध टुट्ने उनको भनाइ छ । लागूऔषध कारोबार गर्ने विदेशी नाजेरियन र अप्रिmकन मुलका व्यक्ति काठमाडौंमै केन्द्रित हुने भएकाले पनि जेलभित्रबाट कारोबार हुन थालेको प्रहरीको दावी छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी