© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १३
राजधानी समाचारदाता
काठमाडौ, १३ साउन
मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रविच साझेदारी कार्यक्रम अगाडी वढाउनु पर्नेमा सम्वन्धित सरोकारवालाले जोड दिएका छन । नेपाल उद्योग वाणिज्य महासंघले विहिवार राजधानीमा गरेको र्सार्वजनिक निजी साझेदारी अनुभव आदन -प्रदान तथा भावी कार्यदिशा सम्वन्धी कार्यशलामा उनीहरुले सो कुरामा जोड दिएका हुन ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले वढ्दो जनसंख्या, शहरीकरण र प्रविधि विकासमा त्रि्रता आएकोले स्थान र अवस्थाको आधारमा राज्य र निजी क्षेत्र विच साझेदारी जरुरी भएको वताए । उनले भौगोलिक विकटता र पर्ूवाधारको आधारमा यस्ता कार्यक्रम अगाडी लैजान सकिने वताए ।
पोखरेलले मुलुकको विकासका लागि राज्यले तयार गरेका हरेक योजनामा निजी क्षेत्रको आवश्यक्ता हेरेर साझेदारी गर्न सकिनेमा जोड दिए । उनले साझेदारीका लागि सवैभन्दा पहिले आधार तयार गर्न जरुरी पर्ने समेत वताए ।
सो कार्यक्रममा स्थानिय विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले मुलुकको आर्थिक विकासका लागि साझेदारी आवश्यक भए पनि स्थानिय बिकास निर्देशिका आवश्यक पर्ने वताए । उनले यसका लागि कानुनी आधार तयार गर्न आवश्य भएको समेत वताए । ज्ञवालीले निजी क्षेत्र संग साझेदारीको अवधारण अनुरुप परियोजना निमार्ण्र्ााे प्रस्ताप आएमा सरकारले स्थानिय निकायलाई सहयोग गर्ने धारणा राखे । उनले सो अवधारणा अनुरुप कार्यक्रम लैजान कानुनी जटिलता भएकोले यसमा सुधार गर्न जरुरी भएको तर्क राखे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष चण्डीराज ढकाललेे मुलुकको अस्थिर राजनीतिले आर्थिक विकासमा समस्या भएको वताए । निजी क्षेत्रले गरेका हरेक कार्यमा सरकारले साथ दिए आर्थिक विकास संभव हुने उनको दावी छ । ढकालले र्सार्वजनिक निजी साझेदारी अवधारणाको कार्यन्वयन गर्न सरकारी पक्षवाटै जटिलता सिर्जना भएको समेत वताए । उनले स्पष्ट कानुन, परियोजना माथि बैकिङ कर्जा नहुनु र आपसी विशवासको वातावरण नवनेकाले पनि र्सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यनवयन गर्न समस्या भएको धाराण राखे ।
यसैगरी कार्यक्रमा नेपाल उदोग वाणिज्य संघका अध्यक्ष कुशकुमार जोशीले देशको आर्थिक विकासको लागि निजी क्षेत्रले उच्चस्तरको प्राविधिक व्यवस्थापकिय र पूंजीगत योगदान गर्न सक्ने पनि वताए । विकसित मुलुकमा समेत र्सार्वजनिक निजी साझेदारी अवधारणले सफलता पाएकोले नेपालमा पनि यसका लागि नीतिगत सुधार आवश्यक छ ।
नेपाल उद्योग वाणिज्य महासंघले १३ वटा उद्योग वाणिज्य संघ र १३ नगरपालिका संग साझेदारी कार्यक्रम गर्दे आएको छ । आगामी दिनमा यसलाई थप गर्ने सोचमा पनि महासंघ छ । जलविद्युत आयोजना, सडक निमार्ण्ा जस्ता ठूला योजना समेत साझेदारीमा गर्न सकिए प्रभावकारी हुनेमा महासघले जोड दिदै आएको छ ।
Comments0
Leave Comments