२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

ह्वाइटहाउस र मोर्गन सेमिफाइनलमा

राजधानी समाचारदाता
काठमाडौं, १३ साउन
मोर्गन कप आठौं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको बिहीबारको प्रतिस्पर्धामा जित हात पार्दै ह्वाइटहाउस र मोर्गन सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ँबी’ को लिग खेलमा ह्वाइटहाउसले कास्कीलाई ३७-३० ले पन्छायो । ह्वाइटहाउसले कास्कीलाई हराएपछि मोर्गनको पनि सेमिफाइनलको ढोका खुलेको हो । जितसंगै ह्वाइटहाउस समूह विजेता तथा मोर्गन उपविजेताका बनेका छन् ।
पहिलो क्वाटरमा १०-६ स्कोर गरेको ह्वाइटहाउसले अग्रतालाई कायम दोश्रोमा १३-४ अंक जोड्यो । त्यसपछिको खेलमा फर्केको कास्कीले तेश्रोमा १४-१ ले अग्रता लि“दै खेललाई २४-२४ अंकको रोमाञ्चक मोडमा पुर्‍याएको थियो । चौथो एवं निर्ण्ाायक क्वाटर ह्वाइटहाउसले १३-६ ले कब्जा गरेपछि कास्की प्रतियोगिताबाटै बाहिरिनु पर्‍यो ।
ह्वाइटहाउसको जितमा मेरिना केसीले १० अंक योगदान गरिन् । उता भलिबलकी समेत कुशल खेलाडी रहेकी कास्कीकी मञ्जु गुरुङले र्सवाधिक १३ स्कोर गरेपनि त्यो जितका लागि अपुरो रह्यो । अब सेमिफाइनलमा ह्वाइटहाउसको भेट नासासंग हुनेछ भने मोर्गनले डिफेन्डिङ च्याम्पियन प्राइमको सामना गर्नेछ ।
 नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताअर्न्तर्गत नवौं पुरुष राष्ट्रिय बास्केटबलतर्फरिभल्वर, कास्की र ह्वाइटहाउस ँए’  क्वाटरफाइनलमा पुगेका छन् ।
राखेप कभर्डहलमा रिभल्वरले नखिपोटको चुनौती ६८-४१ ले समाप्त पार्‍यो । पहिलो क्वाटरमा ६-१६ ले पछि परेको नखिपोटले दोश्रोमा २०-३ को फराकिलो अग्रता लि“दै खेल आफ्नो नियन्त्रणमा राख्न सफल रह्यो । त्यसपछि भने नखिपोटले त्यो लयलाई कायम राख्न सकेन । रिभल्वर तेश्रोमा २३-६ र चौथोमा २९-९ ले अगाडि रह्यो । रिभल्वरका मौसम गुरुङले ११ स्कोर गरे । नखिपोटका उत्सव चन्दले २७ स्कोर गरे ।
समूह चरण पार गरेको एक मात्र मोफसल टोली कास्कीले अर्को मोसफल टोली सुनसरीको यात्रा ७३-६३ ले पर्ूण्ाविराम लगायो ।
अन्तिम तथा चौथो क्वाटरमा १२-२० ले पछि परेको कास्की अन्यमा भने अगाडि रह्यो । उसले पहिलोमा १६-१४, दोश्रोमा २५-१७ र तेश्रोमा २०-१२ को अग्रता लिएको थियो ।
कास्कीको जितमा युवराज पुनको महत्वपर्ूण्ा ४५ अंक योगदान रह्यो ।ह्वाइटहाउसले काभ्रेबाट वाक ओभर पायो । यससंगै पुरुषको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
उक्त चरणमा साविक विजेता गोल्डेनगेटले रिभल्वर तथा ह्वाइटहाउस ँए’ ले प्राइम विरुद्ध खेल्नेछन् । त्यस्तै अन्य खेल पेन्टागन र जेभियर इन्टरनेसनल तथा नासा र कास्कीबीच हुनेछ । सबै क्वाटरफाइनल शुक्रबार हुनेछन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी