२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

झाडापखालाले बाँकेमा तीनको मृत्यु

राजधानी संवाददाता
नेपालगन्ज, १३ साउन  
बाँकेमा झाडापखालाबाट तीन जनाको मृत्यु भएको छ भने सो रोगबाट सयौं र्सवसाधारण बिरामी परेका छन । बुधबार र बिहीबार मात्र नेपालगंजका अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीमध्ये तीन जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
मृत्यु हुनेमा दाङ तुलसीपुर-८ की ६५ वषर्ीया कलावती बुढाथोकी, नेपालगंज-५, गौसिया टोलकी ५ वषर्ीया जसविन हल्वाई र एक्लैनीका ५ वषर्ीय तानिया हल्वाई रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका महामारी नियन्त्रण विभागका रामबहादुर चन्दले जानकारी दिए ।
नेपालगंजस्थित भेरी अंचल अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा झाडापखलाका दर्ुइ सय भन्दा बढी बिरामी भर्ना भएर उपचार गर्राई रहेका छन् ।
भेरी अंचल अस्पतालमा ४८ जना र शिक्षण अस्पतालमा १ सय ५८ जना बिरामीले उपचार गराइरहेको र यो संख्या बढ्दै गएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । भेरी अंचल अस्पताल नेपालगंजकी डा. सिन्धु शर्माले अस्पतालमा उपचारका लागि आएका प्रायः सबै बिरामीहरुमा एकै खालको लक्षण देखिएको बताईन् ।
बुधबारदेखि फैलिएको झडापखलाका कारण नेपालगन्ज नगरपालिका वार्ड नं. २, ४, ५, ६, ८ र १४ का जनता बढी प्रभावित भएको भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी  दानबहादुर ठकुल्लाले बतए । उनका अनुसार पछिल्लो समयमा नेपालगन्ज र छिमेकि जिल्ला बर्दियाबाट समेत झाडापखालाका विरामी आउने क्रम बढिरहेको छ । उनले बेडको अभावमा एउटै बेडमा चार जनासम्म विरमी राखेर उपचार गर्नुपरेको बताए । उनले बिरामी आउने र निको भएर जानेक्रम जारी भएको जानकारी दिए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी