२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

सभ्य र सुन्दर समाज निर्माणको सूत्र

सामाजिक विकासका लागि शान्ति चाहिन्छ । पारिवारिक सुख, समाजिक सुरक्षा र स्वतन्त्रताको अधिकारविना शान्ति प्राप्त हुँदैन । व्यक्तिलार्इर्र्मौलिक स्वतन्त्रताबाट विमुख बनाइँदा उसमा भएका उद्यम शक्ति कुण्ठित भएर जान्छन् । मानिसमा अन्तर्निहित सिर्जनात्मक प्रविधिलाई स्वतन्त्ररूपमा परिचालन गर्ने सुअवसर दिइनर्ुपर्छ । समाजिक प्रयासबाट सदियौंदेखिको कुरीति, कुसंस्कार र जर्ीण्ा परम्परलाई हटाउन सकिन्छ । तर, स्वतन्त्रता, सामाजिक शान्ति र व्यक्तिगत सुरक्षा नभएसम्म मानिसलाई सुख प्राप्त हुन सक्दैन ।
शान्ति स्थापना र समाजिक सुधारको प्रक्रियालाई सफल पार्न ग्रामीण समाजलाई सजग गराइनर्ुपर्छ । समाजभित्र रहेका पुरातन सोच र संस्कारलाई परिमार्जित गर्दै नयाँ मूल्य र मान्यताको शिक्षा प्रतिष्ठापित गराइनर्ुपर्छ । समाजमा जस्तैसुकै कर्ुकर्म गर्ने व्यक्ति किन नहोस् सम्पत्तिको धाकमा उसैलाई मान-मनितो गर्ने, शक्तिशाली या ठालु मानिने परम्परालाई तोड्नर्ुपर्छ । भोगवाद र विलासितामा लठ्ठ हुने प्रवृतिलाई रोक्नर्ुपर्छ । धर्मको आडम्बरमा भेदभावको दृष्टि राखिने अन्धविश्वासलाई हटाइनर्ुपर्छ । पुँजीपतिहरूबाट परिश्रम गर्नेहरूमाथि हेय ठानिने वातावरणमा आमूल परिवर्तन हुन आवश्यक छ । जबसम्म समाजिक असमानतालाई हटाइँदैन, समाजभित्र अमन, चयन र शान्तिको वातावरण बन्दैन तबसम्म पीडित जनताका दैनिक जीवनमा सुधार आउनेे कल्पनासम्म नगरे हुन्छ ।
 गाउँले जीवन अत्यन्त संवेदनशील जीवन हो । अधिकांश जनता गाउँमा हुन्छन् । गाउँले किसानको झोपडी र मजदुरहरूको छाप्रोभित्र बस्ने महिलाहरूको अवस्था अत्यन्तै दयनीय हुन्छ । देशको कुल जनसंख्याको आधा हिस्सा महिलाले ओगटे पनि ९० प्रतिशत घाँस, दाउरा, कुटो-कोदालो, चुला-चौकामा जीवन व्यतीत गर्न बाध्य हुने गर्छन् । समाजले ११ वर्षम्मका बालिकालाई देवीको प्रतिमर्ूर्ति मान्दै कुमारी पूजा गर्छ तर सो उमेर नाघ्नेबित्तिकै विवाह योग्यको रूपमा देख्ने गर्छ । महिलाहरू प्रायः जसो दाइजो-प्रथा, बाल-विवाह, बहुविवाह, घरेलु हिंसा इत्यादिका सिकार हुन्छन् । धर्मरक्षाको नाममा अधिकांश किशोरी अवस्थामै विवाह गर्न विवश हुन्छन् । आफ्नै शरीरको स्याहार गर्न नसक्ने अवस्थामा आमा बन्नुपर्ने बाध्यताले हाम्रो समाज अधोगतितर्फधकेलिएको छ । महिला शोषणमा प्रायः महिलाहरू नै अग्रसर हुने सामाजिक कुरीतिहरू पनि उत्तिकै प्रवल छन् । मानव समाज पुस्तौंदेखि अशिक्षाको दलदलभित्र जकडिएको छ । सामाजिक शिक्षाको अभाव नै समस्याको मूल जड हो भन्दा फरक पर्दैन । सामाजिक कुरीति र कुसंस्कारपर्ूण्ा परम्पराहरूको आडमा बलात्कार, देहव्यापार, असामाजिक क्रियाकलापहरू नै आजको मानव समाजका लागि दर्ुगतिको खुड्किलो बन्न गएको छ । यौन शिक्षाको अभावमा एकातिर बर्सर्ेे बच्चा जन्माउनेे समाज पारिवारिक बोझ खप्न विवश रहन्छ भने गरिबीका कारण गृहकलह निम्त्याउन बाध्य हुन्छ ।
यदाकदा महिलालाई पुरूषसरह अधिकार दिइनर्ुपर्छ भन्ने चर्चा हुने गर्छ । महिलाहरूका लागि आरक्षण दिने कुरा पनि नउठेको होइन । विनाव्यक्तिगत स्वतन्त्रता मानिस सामाजिक विकासक्षेत्रमा अघि बढ्न सक्दैन । पुरूषसरहको अधिकार या आरक्षण मात्र पर्याप्त हुँदैन, महिलाहरूलाई सामाजिक स्वतन्त्रता पनि चाहिन्छ । स्वतन्त्रताको परिभाषा स्वच्छन्दता होइन । स्वतन्त्रताको उत्पति अधिकारबाट हुन्छ । अधिकारलाई प्राप्त गर्न कर्तव्यको पालना गर्नुपर्छ । अधिकार र कर्तव्य एक अर्काका परिपूरक हुन् । अधिकार व्यक्तिको समाजसितको माग हो भने कर्तव्य समाजको व्यक्तिसँगको माग हो । हरेक मानिस स्वतन्त्र मानवका रूपमा बाँच्न चाहन्छ । व्यक्तिलाई स्वयंको अलग योग्यताको आवश्यकता रहन्छ । यर्सथ, शोषण अन्त्यको लक्ष्य लिएर कानुनी रूपमा सामाजिक र राजनीतिक क्षेत्रमा महिलाहरूको पहुँच हुने वातावरण तयार गराइनर्ुपर्छ । शिक्षाको अवसरलाई व्यक्तिगत स्वार्थको रूपमा भन्दा समाज र राष्ट्रको स्वार्थको रूपमा हेरिनर्ुपर्छ । उच्च शिक्षा हासिल गर्नु मात्र पनि उपलधि मान्न सकिन्न । व्यक्ति र समाज दुवैको उत्थान र प्रगति गराउने शिक्षाको लक्ष्य लिइनर्ुपर्छ । उच्च शिक्षा प्रतिस्पर्धात्मक हुनर्ुपर्छ जहाँबाट योग्यताको कदर, समान अवसरको विकास हुन सकोस् ।
समाजमा बालकहरूभन्दा बालिकाहरूको अवस्था बढी निराशाजनक देखिने गर्छ । छोरा र छोरीबीच भेदभाव गरिने सामाजिक, धार्मिक, लौकिक धारणले अधिकांश ग्रामीण बालबालिकाहरू प्राथमिक शिक्षा प्राप्त गर्ने अवसरबाटै वञ्चित हुन पुग्छन् । छोरीलाई सामान्य ज्ञान दिलाए पुग्छ तर छोरालाई राम्रो शिक्षा दिनर्ुपर्छ भन्ने पुरातन सोचबाट योग्य बुहारी भित्र्याउने कल्पना र चाहना अधुरै हुन जान्छन् । छोराछोरी दुवैलाई पारिवारिक मेल, कर्तव्य र दायित्वको पर्ूण्ा ज्ञान दिलाइनर्ुपर्छ । योग्य नागरिक बन्नमा प्रोत्साहन गर्नुपर्छ । समाज र राष्ट्रको उन्नति, व्यक्तिगत विकास गर्नसक्ने व्यवसायिक र व्यवहारिक शिक्षातर्फजोड दिइनर्ुपर्छ । शिक्षा निःशुल्क हुँदा मात्र पनि भेदभावको अन्त्य हुन सक्दैन । राज्यको नीतिमा सबैका लागि अनिवार्य शिक्षाको व्यवस्था रहनर्ुपर्छ । सादा जीवन, सामाजिक रहन-सहन र उच्च विचारको ज्ञान दिलाउने शिक्षा रहनर्ुपर्छ । विद्यार्थीलाई आज्ञाकारी, अनुशासित, सामाजिक सद्भाव, सदाचार, धर्ैयता र सच्चरित्रतातर्फप्रोत्साहित गरिनर्ुपर्छ । विद्यालय वा शैक्षिक संस्थानका माध्यमबाटै राष्ट्रियताको भावना, राष्ट्रिय जागृति, नागरिक कर्तव्य, धार्मिक समानता, समाजभित्र भावनात्मक एकता ल्याउन सक्ने शिक्षा दिइनर्ुपर्छ ।
नारीलाई केवल यौन विलासिता या प्रजननशील तत्त्वको रूपबाट हेरिने परम्परालाई बिर्सजन गराउन सहर केन्द्रित शिक्षाको प्रवन्धलाई ग्रामीण भेकसम्म परिचालन गराइने व्यवस्था रहनर्ुपर्छ । यौनशिक्षाको प्रचारलाई प्राथमिकता दिएर मातृ-शिशु कल्याण कार्यक्रमहरू जनतातर्फकेन्द्रित गराइनर्ुपर्छ । शोषणविरुद्ध महिलाहरू अग्रसर हुने परिस्थिति सिर्जना गर्न महिलाहरूलाई सक्षम र संगठित तुल्याइनर्ुपर्छ । महिला शिक्षित भए परिवार शिक्षित हुन्छन् । परिवार शिक्षित हुँदा समाज शिक्षित हुन्छ । समाज नै शिक्षित भए सभ्य, शान्ति र विकसित राष्ट्र बन्न समय लाग्दैन । आमा शिक्षित नहुँदासम्म उत्तरदायित्व बोधविहीन समाज रहन्छ । महिलालाई बुहार्तनको बोझबाट मुक्ति नदिलाएसम्म हाम्रो समाज आधुनिक युगमा प्रवेश गर्न असक्षम रहने निश्चितै छ ।
अविभावकहरूमा शिक्षाको अभावले बर्सर्ेे कुपोषणबाट असंख्य शिशुहरू अकाल मृत्युका सिकार हुने गर्छन् । धेरै बालकहरू कुपोषणबाट अपांग हुनेे गरेको यथार्थ हामीसित छ । आमाहरूको ठूलो संख्या उपचारको अभावमा प्रसव वेदनासँगै मृत्युको मुखमा पुग्दछ । गाउँ, बस्तीतिर धामी, झाँक्रीमाथि विश्वास राख्ने परम्पराले सयौंको अकालमा ज्यान जाने गरेको छ । परम्परागत संस्कारलाई लत्याउने होइन आधुनिक युगमा पुरानो संस्कारको पुनरावृतिमा परिमार्जित गराउन सक्नर्ुपर्छ ।
बालबालिकालाई हर्ुकाउने, बढाउने, स्वास्थ्य रेखदेखको मुख्य जिम्मेवारी उसका अविभावकको हुने भए पनि राज्य व्यवस्थाले उनीहरूलाई सहयोग गर्नुपर्छ । जबसम्म परिवार, समाज र राज्यको शासन व्यवस्थामा बालअधिकारको ग्यारेन्टी हुँदैन तबसम्म बालबालिकाले क्षमताको पर्ूण्ा विकास गर्नसक्ने अवस्था रहँदैन । बालबालिकामा क्षमताको विकास र भावी सुन्दर संसारको निर्माणका लागि शिक्षा अथवा विद्यालय उनीहरूको आधार शिविर मानिनर्ुपर्छ । शिक्षाक्षेत्रमा हुने राजनीतिक हस्तक्षेप रोकिनर्ुपर्छ । शिक्षालाई व्यवसायिक या मुनाफा कमाउने अखाडा बनाइनु हुन्न । सामाजिक शिक्षा नै त्यस्तो माध्यम हो जसले समाजको आवश्यकता, जिम्मेवारी र अधिकारकाबारेमा सजग गराउँछ । विश्व परिचित गराउँछ । सबैलाई सचेत र सक्षम बन्नमा सहयोग प्रदान गर्छ । भनिन्छ, समाजको भविष्य आजका बालबालिकाहरूको हातमा निर्भर रहेको हुन्छ । सुन्दर भविष्यको परिकल्पनाका लागि आरम्भदेखि नै समान शिक्षा, सहज स्वास्थ्योपचार, उचित संरक्षण र सुसंस्कारको समुचित वातावरण सिर्जना हुन आवश्यक हुन्छ । यसकार्यमा सफलताको अपेक्षा अविभावकको रुचि र राज्यको नीति निर्माणमाथि निर्भर रहन्छ ।
-लेखक भुटान पिपल्स पार्टर्ीी अध्यक्ष हुन् ।)
bpparty@gmail.com


 बलराम पौडेल

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी