२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

बाँकेमा झाडापखालाको प्रकोप तीनको मृत्यु, सयौ प्रभावित

रुद्र सुवेडी
नेपालगन्ज, १३ साउन  
 बाँकेमा झाडापखालाबाट तीन जनाको मृत्यु हुनुको सयौं मानिसहरु बिरामी परेका छन ।
  वितेको २४ घण्टाको अवधीमा नेपालगंजका अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीमध्ये तीन जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।
मृत्यु हुनेमा दाङ तुलसीपुर–८ की ६५ वर्षीया कलावती बुढाथोकी, नेपालगंज–५ गौसिया टोलकी ५ वर्षीया जसविन हल्वाई र एक्लैनीका ५ वर्षीय तानिया हल्वाई रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका महामारी नियन्त्रण विभागका रामबहादुर चन्दले जानकारी दिए ।
 नेपालगंजस्थित भेरी अंचल अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा झाडापखलाका २ सय भन्दा बढी बिरामी भर्ना भएर उपचार गराई रहेका छन ।
  भेरी अंचल अस्पतालमा ४८ जना र शिक्षण अस्पतालमा १ सय ५८ जना बिरामीले उपचार गराइरहेको र यो संख्या बढ्दै गएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
  भेरी अंचल अस्पताल नेपालगंजकी डा. सिन्धु शर्माले अस्पतालमा उपचारका लागि आएका प्रायः सबै बिरामीहरुमा एकै खालको लक्षण देखिएको बताईन ।
  बुधबारदेखि फैलिएको झडापखलाका कारण नेपालगन्ज नगरपालिका वार्ड नं. २, ४, ५, ६, ८ र १४ का मानिसहरु बढी प्रभावित भएको भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी  दानबहादुर ठकुल्लाले बताए ।
   उनका अनुसार पछिल्लो समयमा नेपालगन्ज र छिमेकी जिल्ला बर्दियाबाट समेत झाडा पखालाका विरामीहरु आउने क्रम ज्यादा रहेको बताए । उनले बेडको अभावमा एउटै बेडमा ४ जनासम्म विरमी राखेर उपचार गर्नुपरेको बताए । उनले बिरामी आउने र निको भएर जानेक्रम जारी भएको जानकारी  दिए ।


Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी