© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १२
तेहरान/एजेन्सी( संयुक्त राज्य अमेरिकाले इरानी सत्ता ढाल्न विपक्षीलाई अर्बौं डलर सहयोग दिएको र अरू पचासौं अर्ब डलर दिने वाचा गरेको इरानको निर्वाचन पहरेदारले आरोप लगाएको खबर आएको छ ।
गार्जियन काउन्सिलका अयातोल्लाह अहमद जन्नतीका अनुसार वासिंगटनले इरानका 'देशद्रोही नेताहरू'लाई गतवर्षराष्ट्रपतीय निर्वाचनपछि भएको आन्दोलनका क्रममा सत्ता ढाल्न एक अर्ब डलर उपलब्ध गराएको थियो ।
'अमेरिकीहरूले क्षेत्रीय मुलुकहरूमा क्रियाशील तिनका साउदी एजेन्ट मार्फ एक अर्ब डलर देशद्रोही नेताहरूलाई दिएको देखाउने लिखतहरू मैले हात पारेको छु' इरानको आइएलएनए समाचार समितिले जन्नतीलाई उद्धृत गरेको छ । अमेरिकाको तर्फाट बोलेका ती साउदी नागरिकहरूले विपक्षी नेताहरूलाई 'सत्ता ढाल्न सक्छौ भने हामी थप ५० अर्ब डलर दिन्छौं' भनेको जन्नतीले बताए ।
'देशद्रोही नेताहरूले अमेरिकीहरूको सहयोगमा आन्दोलन गरेका थिए र उनीहरू अमेरिकी सहयोगमा भएको क्रान्ति पतन हुन्छ भन्नेमा उनीहरू निश्चित थिए' उनले भने ।
गार्जियन काउन्सिलले सन् २००९ को जुनमा महमुद अहमदिनेजादलाई राष्ट्रपति जिताएको इरानको चुनावी परिणाम अनुमोदन गरेको थियो । पश्चिमा र संयुक्त राज्य अमेरिकाले कट्टरपन्थी भन्ने गरेका अहमदिनेजादको पुनः निर्वाचनप्रति पराजित उम्मेदवारहरू मिर हुसेना मौसावी र मेह्दी कर्र्रोबीले धाँधली भएको भन्दै आपत्ति जनाएका थिए ।
उनीहरूको आरोपले तेहरानलगायत अन्य सहरहरूमा आन्दोलन उठाएको थियो । पश्चिमी सञ्चारमाध्यमहरू उक्त आन्दोलनले इरानी सत्ताको पिल्लर हल्लाएको बताउँछन् । आन्दोलनका क्रममा दर्जनौं र्सवसाधारण मारिएको र सयौं घाइते भएको थियो भने हजारौं पक्राउ परेका थिए ।
सर्बोच्च नेता अयातोल्लाह खमेनी लगायतका सरकारी अधिकारीहरूले अमेरिका र बेलायतमाथि इरानमा अस्थिरता ल्याउन खोजेको आरोप लगाएका छन् ।
Comments0
Leave Comments