२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

अठ्ाइस प्रशिक्षर्थी कामदार जापान जाने

राजधानी समाचारदाता
काठमाडौ, १२ साउन  
प्रशिक्षार्थी कामदारका रुपमा थप २८ जना जापान जाने भएका छन । पाथिभरा ओभरसिज प्रालिले उनीहरुलाई जापानको कृषि फाममा काम गर्ने गरि जापान लैजान लागेको हो ।
ओभरसिजले जापानी कृषि कम्पनी केउसोसेउमो केउदोकुमेबाट सो माग ल्याई खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षार्थी कामदार छनौट गरिसकेको जनाएको छ ।
दर्ुइ हजार २ सय जहनाले जापानका लागि आवेदन दिएकामा मंगलबार सम्पन्न भएको अन्तिम अन्तर्रवातामा २ सय ३० जना सहभागी भएका मध्ये जम्मा २८ जना छनौटमा परेकाले उनीहरु छिट्टै जापान जाने सो ओभरसिजले बताएको छ ।  
थप २८ जना कामदार जापान पठाइन लागेको जानकारी गराउन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पाथिभरा ओभरसिजका सञ्चालक हँसराज वाग्लेले अन्तिम अन्तर्रवाताबाट छनौटमा परेका सबैजना आगामी ३ देखि ६ महिनाभित्र जापान पुगिसक्ने बताए ।
जापान अन्तराष्ट्रिय सहयोग संगठन -जिट्को) को प्रावधान अनुसार आगामी ३ देखि ६ महिनासम्ममा प्रशिक्षार्थी कामदार जापान जाने दावी गर्दै उनले यस ओभरसिजबाट जापान जाने कामदारले सरकारी निर्णर्य अनुरुप जम्मा ५०  हजार मात्र खर्च गर्नुपर्ने बताए ।
ती कामदारले मासिक १ लाख एक हजार रुपैयाँ कमाउने जानकारी दिँदै उनले सुरुको दर्ुइ महिनाको प्राविधिक प्रशिक्षणको अवधीमा भने ७० हजार र त्यसपछि मासिक एकलाख भन्दाबढी कमाउने बताए ।
हाल भएको जापान प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका एकदमै अपूरो र अव्यवहारिक रहेकाले सो निर्देशिका परिवर्तन हुनुपर्ने दावी गर्दै उनले अब महासंघले जापान कामदार पठाउने कम्पनीलाई केही दिन भित्र  आचारसंहितामा ल्याएर बाँधने जानकारी दिए । जसले गर्दा जापानी व्यवसायीले नेपालीलाई कम पारिश्रमिक दिएर झुक्याउने अवसर नपाउने उनको भनाई छ ।
जिट्कोको प्रावधान अनुरुप जापानमा प्रशिक्षर्थी कामदार पठाउने प्रक्रिया सुरु भएको ९ महिना वितिसक्दा पनि अझै मुलुकभरका एकसय ७१ वटा कम्पनीहरुले एकसयजना डिमाण्ड पनि ल्याउन नसकेकाले हालको निर्देशिका तत्काल संसोधन हुन आवस्यक भएको उनको धारणा छ ।     
 
जापानको राजगारदाता कम्पनी केउसोसेउमो केउदोकुम कृषिर् फमका अध्यक्ष र्सर्ेइकिरो खासिओले सकभर खेतवारीको काममा दक्ष कामदारलाई जापान लैजाने बताए ।
उनले प्रशिक्षर्थी कामदार जापान पठाउन चिनिया र भियतनामी नागरिकलाई  रोजगारीमा प्राथमिकता दिदै आएको जापानले तीनीहरुको संख्या घटाएर नेपालीको संख्या बढाउने उदेस्यकासाथ आफु नेपाल आएको बताए ।   
पछिल्लो समयमा पाथिभरा म्यान पावर मार्फ छ महिला र २२ पुरुष कामदारको माग गरेको जापानले नेपालीको इमानदारिता र मिजासिलोपका कारण चिन र भियतनामका कामदार घटाएर नेपाली कामदार बढाउने योजना बनाएको जापानबाट आएका रोजगारदाता कम्पनीका अध्यक्ष कात्सुको भनाई छ
उनले आफूले एक हजार नेपाली कामदार जापान लैजाने योजना बनाएको बताए ।
उनका अनुसार जापानमा गाई पालन, बंगुरपालन, बेकरी लगायतका २ सय क्षेत्रमा नेपाली कामदारले रोजगारीको अवसर पाउन सक्ने छन् ।
उनले जापानमा रोजगारीकालागि सम्बन्धीत क्षेत्रमा काम गरेका मानिस आवश्यक हुने भन्दै पढेका ठुला घरानाका मान्छे भन्दा बास्तविक किसान र मजदुरहरुले रोजगारीकोलागि आवेदन दिएको भए निकै राम्रो हुने बताए ।  छनौट भएका २८ जना सबै वास्तविक कर्ृष्ाक नभएर केबल जापान घुम्ने इच्छाले जाने प्रविधीका मात्र पाईएको उनको तर्क छ ।
वाग्लेका अनुसार नेपालका १ सय ७१ म्यानपावर कम्पनी जापान रोजागरीकोलागि सुचिकृत भएकोमा आगामि डिसेम्वर सम्ममा रोजगारीको अवसर नल्याए अधिकांश खारेजीको अवस्थामा पुगेको छ ।  
अहिलेसम्म जम्मा ९ बटा मेनपावर कम्पनीले मात्र जापानबाट रोजगारी भित्राएका छन । जापानकालागि प्रशिक्षाथी कामदार पठाउन गत ९ महिना अघि सरकारले मुलुकभरका एकसय ७१ वटा कम्पनीलाई स्वीकृति दिएको थियो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी