२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

युवा, राजनीति र ब्रेन ड्रेन

मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण युवाहरू विदेश पलायन हुने क्रम जारी छ । फलस्वरूप अधिकांश ग्रामीण भेग युवाविहीन अवस्थामा पुगेका छन् । रोजगार र व्यवसायको खोजीमा सहरी पसेका युवादेखि सहरकै वातावरणमा हर्ुर्केर सुनिश्चित भविष्यको खोजी गरेका युवावर्ग अहिले बेरोजगार, अन्योल भविष्य र अवसरको अभावले मानसिक तनावको सिकार भएका छन् । यीमध्ये धेरैका लागि वैदेशिक रोजगार एक मात्र विकल्प भएको छ, सुनिश्चित भविष्य निर्माणका लागि । अधिकांश युवाले वैदेशिक रोजगार रहरभन्दा पनि बाध्यताको रूपमा लिने गर्दछन् । उनीहरू भन्छन्, 'के गर्ने, यहाँ गरिखाने वातावरण नै भएन । पढाइअनुसार काम पाइएन, व्यवसाय गर्नलाई लगानी पाउन सकिएन ।' यस्तै यस्तै ।
राजनीतिक संकटको कारण मुलुकमा यतिखेर अन्योल छाएको छ । यो यतिबेलाको मात्र होइन मुलुकको नियमिततम नै भएको छ । यो अवस्थाप्रति प्रमुख राजनीतिक दलहरू गम्भीर हुन सकिरहेका छैनन् । सरकार तथा सत्ताको हानथापमा व्यस्त भएका छन्, उनीहरू । विभिन्न समयमा मुलुकलाई अग्रगतिमा लैजाने बहानामा भएका सहमतिहरू क्षणभंगुर भएका छन् जसको कारण नेताहरूप्रतिको जनताको विश्वास टुटेको छ भने अर्कातर्फविभिन्ने खाले नयाँ-नयाँ शक्ति उदय भएका छन् । यसले मुलुक पुनः द्वन्द्वमा जाने संकेत गर्दछ । यो परिवेशमा मुलुककै लागि उपयोगी हुने युवा जमात अहिले राष्ट्रियताभन्दा पर ढल्किँदै गएको छ । पश्चिमा संस्कृतिलाई पच्छयाउने क्रम बढ्नु र विदेशी भूमिमै गएर जीवन बिताउने इच्छा जाग्नुले यो प्रमाणित गर्दछ । तर, राज्य भने यो जमातलाई आफ्नै भूमिमा भुल्ने वातावरण सिर्जना गर्न चुकेको छ ।
युवा के चाहन्छन् भन्ने बुझेर पनि सरकारले त्यसप्रति चासो राख्न सकेको छैन, जसको कारण मुलुकको आर्थिक, सामाजिक विकासको बलियो आधार बन्न सक्ने युवाशक्ति केही निष्त्रिmय अवस्थामा छन् भने कही विदेशी माटोमा पसिना बगाउँदै छन् । यदि यो युवाशक्तिलाई मुलुकको विकासका लागि प्रयोग गर्न सकिने हो भने विकासको गति तीव्र हुने थियो र मुलुकको अनुहार फेरिने थियो ।
लामो समयदेखि रोजगार तथा अवसरविहीन लाखौं नेपाली युवाशक्तिको प्रयोग बाहिरी मुलुकले गरेका छन् । हामीले देख्दै आएका छौं कि जब कुनै विदेशी राष्ट्रले नेपाली कामदारको माग गर्दछ तब सामान्य युवादेखि उच्च शिक्षा हासिल गरेका युवाहरूको ताँती लाग्छ । यसैले चित्रण गर्दछ कि मुलुकको अवस्था कस्तो छ भनेर । यो वर्षपनि २०१० को लागि दक्षिण कोरिया सरकारबाट रोजगारी अनुमति प्रणाली र्-इपीएस)अर्न्तर्गत चार हजार नेपाली कामदारको माग भई आएकोमा झन्डै त्यसको १२ गुणा बढी नेपाली युवाले आवेदन भरे । उनीहरू घामपानी नभनी लामो लाइनमा घन्टौं उभिइरहे । दशरथ रंगशालादेखि भद्रकाली मन्दिर र झन्डै थापाथली चोकसम्मको यो लाइनलाई देखेर पनि सरकारको बुभmनुपर्ने हो कि मुलुकमा युवाहरूको अवस्था कस्तो छ । आफ्नै मुलुकमा अवसर हुने हो भने यतिका संख्यामा युवा बिदेसिने थिएनन् ।
मुलुकमा भएका ठूलठूल्ाा राजनीतिक परिवर्तनमा युवाहरूकै भूमिका महत्त्वपर्ूण्ा छ । भएका आन्दोलनहरूमा युवाहरू नै होमिएका छन् जसले गर्दा ठूला-ठूला आन्दोलनहरू सफल भए । पछिल्लो जनआन्दोलन भाग दर्ुइको सफलतामा पनि युवाहरूकै देन छ । तर, यिनै युवालाई राज्यको निर्ण्ाायक तहमा पुर्‍याउन चाहँदैनन्, हाम्रा उमेर पुगेका राजनीतिकर्मीहरू । युवाहरूको सोच, दृष्टिकोण र समस्यालाई बुझीबुझी पनि बेवास्ता गरिदिन्छन् । युवाहरूकै योगदानबाट प्राप्त उपलव्धिको व्यवस्थापन गर्नबाट उनीहरूलाई नै बञ्चित गराइन्छ जसको कारण राजनीतिमा लागेका युवावर्गमा समेत निराशा छाएको महसुस गर्न सकिन्छ । नेतृत्व तहमा युवावर्गको सहभागिता नभएकै कारण देशमा युवामुखी कार्ययोजना सफल हुन सकेका छैनन् ।
गत वर्षएकीकृत माओवादी नेतृत्वको सरकारले युवा वर्गलाई लक्षित गरी स्वरोजगार कार्यक्रम लागू गर्‍यो । धेरै युवाहरू यसप्रति आकषिर्त भए । तर, यसको कार्यान्वयन राम्ररी हुन नसक्दा सोचेजस्तो उपलब्धि हासिल हुन सकेन । यसको प्रमुख कारण हो, सरकारको फेरबदल । कुनै पनि सरकारले ल्याएको नयाँ कार्ययोजना तथा नीति-नियमले सफलता पाउन त्यो सरकार टिकाउ हुन जरुरी छ । नभएको खण्डमा प्रभावकारी कार्ययोजनालाई टुंगोमा पुर्‍याउन नयाँ सरकार इमानदार हुन आवश्यक छ ।
एक पार्टर्ीी अर्को पार्टर्ीीे कार्यलाई आत्मसात् गर्ने संस्कार छैन । राम्रै काम भए पनि अर्को पार्टर्ीी गरेको हो भने त्यसलाई हर्ेर्ने दृष्टिकोण नै फरक हुन्छ र गतिलो कामलाई पनि घुमाइ-फिराइ गलत ढंगबाट प्रचार गरिन्छ । यसैले पनि दलहरूबीच वैचारिक द्वन्द्व, असहमति, अविश्वास र आलोचनाको भावना कायमै छ । यी  र यस्तै प्रवृतिले मुलुकमा स्वच्छ राजनीतिक वातावरण सिर्जना हुन दिएको छैन । र, यसको प्रतिकुल असर परेको छ, आमयुवापिँढीमा । यसैको परिणाम हो 'ब्रेन ड्रेन' ।
समयमै रोक्न सकिएन भने ५१ प्रतिशतभन्दा बढी जनसंख्या रहेको यो मुलुकमा दक्ष युवाहरूकै अभाव हुनेछ । र, दक्ष जनशक्ति नै आजका युवा हुन् । यो जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा राज्य गम्भीर हुन आवश्यक छ । छिटोभन्दा छिटो युवा समूहलाई आफ्नै माटोमा रमाउने वातावरण सिर्जना गरी मुलुकलाई अग्रगतिमा लैजानर्ुपर्छ । यसका साथै युवा स्वयंममा पनि राष्ट्र र राष्ट्रियताप्रति प्रेम र सकारात्मक सोचको विकास हुनु आजको आवश्यकता हो ।

 मनिषा गौचन

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी