२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

रेबिजबाट महिलाको मृत्यु

राजधानी संवाददाता
 लमजुङ, १२ साउन
लमजुङको चन्द्रेश्वर-१, स्वाँरा गाउँकी एक महिलाको रेबिज लागेर ज्यान गएको छ ।
आफ्नै घरमा पालेको कुकुरले टोकेको तीन महिनापछि स्थानीय ५१ वषर्ीया निर्मला अधिकारीको बुधबार बिहान ज्यान गएको हो ।
विगत सात वर्षेखि स्वास्थ्य स्वयंसेविकको रूपमा कार्यरत अधिकारीको उपचारका क्रममा बिहान काठमाडौँस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ज्यान गएको आफन्तले बताएका छन् । वैशाख अन्तिमतिर कुकुरले टोकेकोमा साउन दोश्रोसातामात्रै निर्मलालाई रेविजको लक्षण देखिएपछि उपचारका लागि सोमवारमात्रै काठमाडौँ लगिएको थियो । बैशाखमा कुकुरले टोक्ने वित्तिकै उपचारका लागि स्वास्थ्य संस्थामा गएको तर, स्वास्थ्यकर्मीले सामान्य टोकाईमा उपचारको आवश्यक नपर्ने वताएपछि उनले थप उपचार नगरेको आफन्तले वताएका छन् ।
निर्मलाको निधन भएपछि स्वाँरा गाउँका वासिन्दा त्रसित बनेका छन् । कुकुरलाई यसअघि नै मारिए पनि कुकुरले टोकेको, झम्टिएको र कुकुरसंग नजिक रहेका निर्मलाकी सासुसहित १२ जनालाई उपचारका लागि बुधवार काठमाडौँ पर्ठाईएको दुराडाँडाका स्थानीयर् इश्वरीप्रसाद अधिकारीले जानकारी दिएकाछन् ।
निर्मालाका श्रीमान् महेन्द्रराज अधिकारी लमजुङस्थित मध्यमर्स्याङ्दी जलविद्युत परियोजनामा कार्यरत छन् । लमजुङमा रेविजविरुद्ध खोप एन्टी रेविज भ्याक्सीन नहुँदा र्सवसाधारणको अकालमै ज्यान जाने खतरा बढेको छ ।
सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फ निःशुल्क वितरण गरिने एन्टी रेविज भ्याक्सीन नभएपछि र्सवसाधारणको अकालमै ज्यान जाने खतरा बढेको हो । बाघभालू तथा कुकुर लागायतका जनावरले टोकेपछि दिईने रेविज रोग विरुद्धको एन्टी रेविज भ्याक्सीनकै अभावमा यसअघि लमजुङमा एकजनाको मृत्यू भईसकेको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी