© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १२
लमजुङमा सम्बन्ध बिच्छेद् गर्नेहरुको संख्या बर्षेनी दोब्बर हुँदै गएको छ ।
गएको आर्थिक बर्ष २०६६÷०६७ मा मात्र जिल्ला अदालत पुगेर ४१ जना श्रीमान्श्रीमतीले सम्बन्ध विच्छद गरेकाछन् ।
सम्बन्ध बिच्छेदको लागि ४५ जोडीले मुद्धा दायर गरेकोमा ३ जोडीले मुद्धा फिर्ता लिएकाछन् । १ जनाको मुद्धा विचाराधीन अवस्थामा छ ।
४१ जनामध्ये २४ जोडीले दुबैको सहमतिमा, १४ जोडीले अदालतबाट फैसला गरेर र ३ जोडीले तारिख गुजारेर सम्बन्ध बिच्छेद् गरेका छन् ।
आर्थिक बर्ष ०६५÷६६ मा २८ जोडीले सम्बन्ध बिच्छेद गरेका थिए भने ०६४÷०६५ मा ९ जोडिको मात्र सम्बन्ध बिच्छेद भएको थियो । जिल्ला अदालत लमजुङका श्रेस्तेदार अधिकृत मुकुन्द आचार्यले कानुनी प्रक्रिया सहज हुनु र पति–पत्नी लामो समय सम्म एक अर्कामा टाढा रहनुले सम्बन्ध बिच्छेद् गर्नेहरुको संख्या बढ्दै गएको बताए ।
पति–पत्नी लामो समय सम्म एक अर्काबाट टाढा रहनु र प्रेम बिवाह गरेका जोडीहरुनै सम्बन्ध बिच्छेद् गर्नेहरुमा अग्रपंक्तिमा देखिएकाछन् । श्रीमान् रोजगारीको शिलशिलामा लामो समय बिदेशमा रहने र श्रीमती छोराछोरी पढाउनको लागि गाउँ छोडेर सदरमुकाम लगायत प्रमुख शहरहरुमा भाडामा बस्दै आएका जोडिहरुबीच बढि मात्रमा सम्बन्ध बिच्छ्ेद भएको पाइएको छ । महिलाले दोस्रो विवाह गरेपछि पनि पहिलेको श्रीमान्संग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गर्नु पर्ने कानूनी बाध्यताको कारण पनि एक अर्कोबाट अगल भइसकेका जोडीले समेत अदालतसम्म पुगेर सम्बन्ध बिच्छेद् गदै आएका छन ।
लमजुङमा सम्बन्ध बिच्छेद गर्नेमा पनि गुरुङ जातिनै अगाडि देखिएको छ । गत आर्थिक बर्षमा गुरुङ समुदायका १६ जोडीले सम्बन्ध बिच्छेद गरेका छन् ।
सम्बन्ध बिच्छेदसंगै पत्नीले आफूले विदेशमा बसेर कमाएको रकम दोस्रो विवाह गर्दा लिएर गएको भन्दै ठगीमा उजुरीहाल्नेको संख्या पनि उल्लेख्य मात्रमा रहेको छ ।
जिल्ला अदालत लमजुङमा गत आर्थिक बर्षमा कुल १ सय ९४ थान मुद्धा रहेकोमा १ सय ६५ वटा मुद्धा फस्र्योट भएका छन् । २९ वटा मुद्धा भने फैसला हुन बाँकी रहेका छन् । गएको आर्थिक बर्षमा अदालतमा ८३ वटा देवानी र ८२ वटा फौजदारीमध्ये २९ वटा भने फैसला हुन बाँकी छ । आर्थिक बर्ष ०६५÷०६६ मा भने २ सय ३१ मुद्धा परेकोमा ८२ फौजदारी र ७५ देवानी रहेका थिए ।
जिल्ला न्यायधीश अच्यूत प्रसाद भण्डारी लमजुङमा कार्यरत रहेपनि काजमा मनाङ जिल्ला समेत हेर्दे आउनु भएको छ । हिमालपारीको जिल्ला मनाङमा न्यून मात्रमा मुद्धा पर्ने भएकोले न्यायधीश भण्डारीलाई मनाङको समेत जिम्मेवारी दिइएको हो । मनाङमा गएको बर्ष जिल्ला अदालतमा ४ वटा मात्र मुद्धा रहेको थियो ।
Comments0
Leave Comments