© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १२
काठमाडाँै १२ साउन । प्रधानमन्त्री माधवकुमार नेपालसँगएसियाली विकास बैंक (एडिबी)का अध्यक्ष हारुहिको कुरोदाले आज भेटवार्ता गरेका छन ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटवार्तामा अध्यक्ष कुरोदाले नेपालमा राजनीतिक स्थिरता हुने हो भने नेपालले आठदेखि १० प्रतिशतसम्म आर्थिक वृद्धि गर्नसक्ने ठूलो सम्भावना आफूले देखेको बताए ।
भेटका क्रममा उनले प्रधानमन्त्री नेपाललाई पहिलो पटकको नेपाल भ्रमणबाट आफू सन्तुष्ट रहेको तथा नेपालमा एडिबी आर्थिक साझेदारका रुपमा रहिरहने जानकारीसमेत गराएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले सञ्चारकर्मीलाई गराए ।
भेटका क्रममा प्रधानमन्त्रीले नेपालले एडिबीले लामो समयदेखि नेपालमा गर्दै आएको आर्थिक सहयोगप्रति धन्यबाद दिंदै नेपालले मध्यपहाडी लोकमार्गलगायतका विभिन्न जिल्लामा सडक सेवा विस्तार गर्न लागेकाले यस्ता कार्यमा सघाउनसमेत अध्यक्ष कुरोदालाई अनुरोध गरेको सल्लाहकार भट्टराईले जानकारी दिए ।
Comments0
Leave Comments