© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १२
दाङ, १२ साउन । जिल्लाको पश्चिम भेगका सबै गाउँमा झाडापखालाको प्रकोप देखिएको छ । गाउँगाउँमा भएको स्वास्थ्य चौकी र हेल्थपोष्टमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरु नियमित स्वास्थ्य संस्थामा उपस्थित नहुँदा र जनचेतनाको कमिले पश्चिम दाङमा झाडा पखाला फैलिएको अनुगमनमा गएका एक स्वास्थ्यकर्मीले वताए । पञ्चकुले गाविस वडा नम्वर ९ मलै खोला गाउँमा फैलिएको झाडापखालाको अध्ययन गर्न गएका जनस्वास्थ्य अधिकृत डा. आरडि शाहका अनुसार पञ्चकुले, पुरन्धारा, गोल्टाकुरी, हेकुली, श्रीगाउँमा रहेका हेल्थ पोस्थ र स्वास्थ्य चौकिमा कार्यरत प्रमुखहरु नै नियमित गाउँमा नबस्दा झाडापखालाले प्रकोपकोरुप लिएको आफुले पाएको वताए । त्यसतै उनले त्यसक्षेत्रमा जनचेतनाको कमि, सुद्ध पिउने पानीको अभाव, सरसफाईमा कमिलगायतका कारणले पनि झाडा पखाला फैलिरहेको वताए ।
यस विषयमा यस अघि जिल्ला जनस्वास्थ्य कार्यालयमा कुनै जानकारी नआएको भए पनि अध्ययनका क्रममा आफुले त्यसो पाएकाले कडाइका साथ कारवाही प्रक्रिया अगाडि बढाउने शाहको भनाइ छ । पश्चिम दाङको पञ्चकूले गाविसमा फैलिएको झाडापखाला, पुरन्धारा, गोल्टाकुरी, हेकुली र श्रीगाउँमा फैलिएको जिल्ला जनस्वावस्थ्य कार्यालयले जनाएको छ । पञ्चकुले गाविस वडानं. ९ मलै खोलामा दुईजनाको मृत्यु भैसकेको छ । मृत्यु हुनेमा ३५ वर्षीया अमरकुमारी मल्ल र ५५ वर्षीय रामपति घर्ती रहेका छन । उनीहरुको समयमै उपचार नपाएर मृत्यु भएको स्थानीयवासीले बताएका छन । मलैखोला गाउँ पुग्न पञ्चकुले बजारबाट ७ घण्टा पैदल यात्रा गर्नुपर्छ । दुईजनाको मृत्यु भएपछि बिरामी गाउँलेहरु आतंकित भएको गाउँमा पुगेको स्वास्थ्य टोलीले जनाएको छ ।
अहिले स्वास्थ्य चौकी पञ्चकुलेका सिनियर अहेव कमल थापा र अहेव टीका बिकसहितको स्वास्थ्य टोलीले गाउँमै रहेर उपचार गरिरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । खनियोको फल र फोहोर खोलाका माछा खाएका कारण मलैखोलामा झाडापखाला फैलिएको प्रभावित क्षेत्रमा पुगेर फर्किएका जनस्वास्थ्य अधिकृत आरडी साहको भनाइ छ । मलैखोला आसपासका टोलहरु जलजला, प्यालतरा, लामितरा र चोरखोलामा झाडापखालाको प्रकोप रहेको उनले बताए । यसैगरी पुरन्धारा गाविस–९ को कप्ताने र कुण्टी तथा गोर्टाकुरी–१ कालाखोलामा पनि झाडापखाला फैलिएको साहले जानकारी दिए । हेकुली र श्रीगाउँ गाविसमा पनि दिनमा ३÷४ जना बिरामी आउने गरेको उनले बताए । यि सबै क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई सतर्कअबस्थामा रहन र गाउँ नछाड्न निर्दशन गरिसकेको अधिकृत साहले जानकारी दिए । अहिले पञ्चकुले र पुरन्धाराको बीचमा एउटा स्वास्थ्य टोली राखेर उपचार गरिरहेको उनले जानकारी दिए । गोल्टाकुरीमा पनि र्वास्थ्य टोली पठाउने तयारी भैरहेको साहले बताए । बुधबार पनि साहकै नेतृत्वमा एक स्वास्थ्य टोली पश्चिम दाङका झाडापखाला प्रभावित क्षेत्रमा गएको छ ।
Comments0
Leave Comments