© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ११
एजेन्सी
बग्दाद
सियाको पवित्र सहर कारबालामा धार्मिक उत्सवका लागि जम्मा भएको ठूलो भीडमा सोमबार दर्ुइ वटा बम विस्फोट हुँदा कम्तीमा ४० मारिनुका साथै ६८ जना घाइते भएको प्रत्यक्षदर्शीहरु र चिकित्सकहरुले जनाएका छन् ।
पहिलो विस्फोट एक आत्मघातीले तर्ीथालुहरुको एउटा ठूलो समूहमा आफैलाई उडाएका थिए । सो विस्फोटमा १८ जना मारिएका थिए । त्यसको केही मिनेटपछि नै पहिलो विस्फोट भएको स्थानबाट करिब तीन सय मिटर पर कार विस्फोट भएको थियो, जसमा कम्तीमा २२ जनामो मृत्यु भएको थियो ।
दुवै विस्फोट इराकको राजधानी बग्दादबाट एक सय १८ किलोमिटर पर मध्य कारबारामा भएका थिए ।
कारबारामा इमाम अल-माहदीको विदा मनाउन हजारौं शियाहरु त्यहाँ भेला भएका थिए । प्रहरीका अनुसार तर्ीथालुहरुको सुरक्षाका लागि करिब ३० हजार सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
यसअघि सोमबार नै बग्दादस्थित अल-अरेबिया स्याटेलाइट टेलिभिजनको कार्यालय नजिकै एक आत्मघाती कार बम विस्फोट हुँदा चार मारिनुका साथै १६ जना घाइते भएका थिए ।
एक व्यक्तिले पश्चिमी बग्दादको अल-हारिथिया क्षेत्रमा स्थानीय दूरसञ्चार कम्पनीको विस्फोटक पदार्थले भरिएको ट्रक विस्फोट गराएका छन् ।
सो आक्रमण्मा आत्मघातीसहित तीन सुरक्षाकर्मी र स्टोशनमा कार्यरत एक महिला पनि मारिएका छन् । विस्फोटमा इराकिया पार्टर्ीी एक सांसद पनि घाइते भएका छन् ।
'त्यहाँ भवननै हल्लिने गरी ठूलो विस्फोट भएको थियो,' अल-अरेबियाका कर्मचारी हेदर डेखेलले भने ।
कार चालकले कार एक गेटमा ठोक्काएपछि एक २० किलोग्राम विस्फोट पदार्थ विस्फोट भएपछि सो क्षेत्र कालो धुँवाले ढाकिएको थियो । विस्फोटले त्यहाँ तीन मिटर गहिरो खाडल बन्नुका साथै नजिकैका भवनहरु र सवारीहरुमा क्षति पुगेको थियो ।
'त्यो कार चेकप्वाइन्टमा खानतलासी गरिएको थियो तर त्यसलाई अघि बढ्न दिइयो,' एक अधिकारी कस्सेम अत्ताले अल-अरबिया टेलिभिजनलाई भने । उनले अल-कायदा संगठनको एक अंशले टेलिभिजन स्टेशनमा विस्फोट गराउने योजना बनाएको सूचना पाएको पनि बताए ।
विस्फोट क्षेत्रबाट विस्फोट गराउनेको परिचय पत्र पाइएको छ, जसमा उनी २८ वर्षा भएको उल्लेख छ । तर, प्रहरीले त्यो नक्कली हुन सक्ने बताएको छ ।
Comments0
Leave Comments