© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ११
राजधानी समाचारदाता
काठमाडौं, ११ साउन
शिक्षा मन्त्रालय र तिन ठुला विद्यार्थी सँगठन विच प्रमाण पत्र तह विस्थापन गर्ने सम्वन्धमा सहमति भएको एक साता नवित्दै सोमवार एघार विद्यार्थी संगठनले मुलुकभरका सबै आंगिक क्याम्पस र उच्च माध्यमिक शिक्षा परिषदमा तालावन्दी गरेका छन् ।
प्रमाण पत्र तहमा विश्वविद्यालयले भर्ना खुला नगरेसम्म ताला नखोल्ने उनीहरुले जनाएका छन् । उपत्यका लगायत मुलुकभरका सबै आंगिक क्याम्पसमा विद्यार्थीले अनिश्चित कालका लागि तालावन्दी गरेका हुन् ।
अनेरास्ववियु पाँचौ, मधेसी विद्यार्थी फोरम लोकतान्त्रीक, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र तर्राई विद्यार्थी मधेसी फ्रन्टले प्रमाणपत्रतहमा भर्ना तत्काल खुलाउनु पर्ने माग राख्दै आएका छन् । गत शुक्रवार मन्त्रालय र ठुला तीन विद्यार्थी संगठनवीच प्रमाणपत्र विस्थापन गर्ने सहमती भएको थियो ।
मुलुकभर ३५ आंगिक क्याम्पसमा प्रमाणपत्र तहको पर्ढाई हुदै आएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । विद्यार्थी संगठनले मंगलवार उच्च माध्यमिक शिक्षा परिषदका उपाध्यक्ष उपेन्द्र कोइराला र सदस्य सचिव रामबहादुर खड्काको कार्यकक्षमा समेत ताला लगाएका छन् ।
Comments0
Leave Comments