© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ११
सुदिप कोइराला
मोरङ, ११ साउन चार बर्षपछि अपहरण गरी फिरौती लिने तीन जना अभियुक्त पक्राउ परेका छन् ।
भ्ूामिगत संगठनको नाममा अपहरण गरी फिरौती लिने समुहका तीन जनालाई मोरङ प्रहरीले हतीयार सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सप्तरी कमलपुर ३ का २६ वर्षिय हरेराम साह, फत्तेपुरका सन्तोषकुमार खङ खत्वे र सुनसरी चिमडी ९ का ४० वर्षिय विद्यानन्द यादव रहेका छन् । पक्राउ परेका मध्ये हरेराम विराटनगर–५ जामुनगाछी टोलका लक्ष्मण घिमिरेको घरमा डेरामा बसिरहेको अवस्थमा दिउँसो २ वजे प्रहरीको विषेश टोलीले पक्राउ गरेको मोरङका प्रहरी नायव उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनका अनुशार हरेरामलाई पक्राउ गरेपछि प्रहरीले उनैको सुराकीमा थप दुई जनालाई सुनसरीवाट अपरान्ह ३ वजे पक्राउ गरेको हो ।
हरेरामको कोठावाट प्रहरीले एक थान कटुवा पेस्तोल समेत बरामद गरेको जनाएको छ । प्रहरीका अनुशार हरेराम सहितको समुहले २०६३ साल माघ १ गते सप्तरीको कमलपुरवाट उदयपुरको वेल्टार ६ भुल्केका ज्ञानेन्द्र बस्नेतलाई अपहरण गरी २ लाख ५० हजार फिरौती लिएर मुक्त गरेका थिए । हाल विस्थापित भई विराटनगर ५ जामुनगाछि टोलमा बस्दै आएका बस्नेतले छिमेकीको घरमा आफुलाई अपहरण गरी फिरौती लिने ब्यक्ति हरेरामलाई देखेर मोरङ प्रहरीमा जानकारी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।
Comments0
Leave Comments