© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ११
सविन प्रियासन
दाङ ११ साउन जिल्लाको पञ्चकुले गाबिसको मलईखोला गाँउमा झाडापखालाको फैलिदा दुईजनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बिरामी भएकाछन् ।
पञ्चकुले गाबिस वडा नम्बर ९ मलईखोला गाँउका चार टोलमा आइतवार साझबाट फैलिएको झाडापखालाका कारण ६० जना भन्दा बढि बिरामी परेका छन । बिरामी मध्य २ जनाको मृत्यु भैसकेको छ । उपचारको क्रममा मलईखोला निवासी ३६ वर्षीया अम्मरकुमारी मल्लको मृत्यु भएको छ । मल्लको स्थानीय मेडिकलमा उपचारकाक्रममा सोमवार राति मृत्यु भएको हो । झाडापखालबाटै उपचार गर्दागर्दै अर्का एकजनाको मृत्यु भएको र उनको नाम खुल्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । झाडा पखाला के कारणले फैलिएको हो भन्ने वारेमा बिस्तृत जानकारी नआएको जिल्ला जनस्वास्थ्य अधिकृत केशवराज पण्डितले वताए । झाडा पखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाइ सकेकाले छिटै नै नियन्त्रणमा आउने पण्डितको भनाइ छ ।
मलईखोला गाउँको आसपासका टोलहरु जलजला, स्यालतरा, लामितरा र चोरखोलामा झाडापखाला फैलिएको छ । गाउँका प्राय जसोलाई झाडापखालको संक्रमणले छुन सक्ने सम्भावना रहेको इलाका प्रहरी कार्यालय पञ्चकुलेले जनाएको छ । सो गाउँमा झाडापखाला फैलिएको खबर आएपछि जनस्वास्थ्य निरीक्षक आरडी शाहको नेतृत्वमा ७ सदस्यीय स्वास्थ्यकर्मीको टोली औषधी सहित मंगलवार प्रभाबित गाउँमा पुगेर औषधी उपचार गरिरहेको छ । दाङमा झाडापखालाबाट हालसम्म ६ जनाले ज्यान गुमाइ सकेका छन् ।
Comments0
Leave Comments