२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

माओबादीलाई सरकारको नेतृत्व दिनु घातक: गिरी

सुदिप कोइराला
मोरङ्ग ११ साउन  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले वर्तमान संक्रमणकालीन अवस्थामा सत्ताको नेतृत्व माओबादीलाई दिए मुलुकका लागि घातक हुने  बताएका छन् ।
    मंगलबार विराटनगरमा प्रेस यूनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गिरीले प्रधानमन्त्री पाएपछी मात्रै लडाकु समायोजन, कव्जा सम्पती फीर्ता लगायत शर्त पुरा गर्छू भन्नु माओबादीको दुर्नियत भएको आरोप लगाए । उनले भने ः यस्तो दूर्नियत कायम रहेसम्म माओबादीलाई सरकारको नेतृत्व दिनु घातक हुन्छ । ’
    नेता गिरीले थप गरीएको समय भित्रमा संविधान निर्माण नहुने जिकीर गर्दै दलहरुमा देखिएको सत्ताको खिचातानी संविधान बन्न नसक्ने प्रमुख कारण रहेको बताए ।  । उनले भने “कुनै चमत्कारीक कार्य भएमात्र थप गरीएको समयमा संविधान बन्छ । ” नेता गिरीले थप गरिएको समयमा पनि संविधान निर्माण हुन नसके मुलुक भयानक विग्रहमा जाने चेतावनी दिए । गणतन्त्र ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने माओवादी कै कारण अहिले गणतन्त्र संस्थागत नहुनमा वढी जिम्मेवार रहेको आरोप लगाउँदै गिरीले हतियार र सैन्य गतिविधिवाट माओवादी अलग हुनु पर्ने धारणा राखे ।
    यस्तै उनले पछिल्लो समयमा नेपाली कंग्रेसका नेतृत्व पक्तिमा पनि सत्तामोह रहेको बताए । कांग्रेसभित्र पनि पूरानो प्रबृत्ती हावी छ , यसलाई हटाएर नँया ढंगबाट अघि बढाउने सक्रिय नेता नजन्मिएसम्म सरकारमा जानु ठीक नभएको उनको कथन थियो । पार्टी सभापति स्वर्गीय गिरीजा प्रसाद कोइरालाको निधन सँगै पार्टी भित्र अस्वस्थ प्रतिष्पर्धाको जन्म भएको भन्दै उनले निराशा प्रकट गरे ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी