© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १०
राजधानी संवाददाता
दाङ, १० साउन
सधैंभरी शिक्षकको इशारामा विभिन्न गतिविधिमा संलग्न हुने विद्यार्थीले शिक्षकहरूलाईनै प्रतियोगितामा सरिक गराएका छन् ।
शान्ति निकेतन मावि घोराहीका विद्यार्थीले गुरुहरूलाई प्रतियोगितात्मक कार्यक्रममा सहभागि मात्र बनाएनन् शिक्षकहरूको प्रतिभालाई समेत प्रष्फूटन हुने अवसर जुटाइ दिएका छन् ।
प्रतियोगितामा उत्कृष्ट भएका शिक्षक, शिक्षिकालाई विद्यार्थीले उपहारहरू समेत दिएका थिए । खाजा खर्च जोगाएर रकमको जोहो गरेको विद्यार्थीले बताए । सो अवसरमा घैंटोफोर र तातो आलु प्रतियोगिताको आयोजना गरिएको थियो ।
तातो आलु प्रतियोगितामा राजु गौमत प्रथम, ज्ञानु महरा दृतीय, र मधुसुधन कालाथोकी तृतीय भएका थिए । त्यस्तै घैंटोफोर कार्यक्रममा शिक्षकहरू मधुसुधन कालाथोकी, राजु गौतम, ज्ञानु महरा, हेमन्त गौतम, वन्दना धिताल, महेश बस्नेत, मिनराज गौतम उत्कृष्ट भएका थिए । कार्यक्रममा उत्कृष्ट शिक्षकहरूलाई डायरी र कलम उपहार स्वरूप प्रदान गरिएको थियो ।
विद्यार्थी निर्मला पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थी तथा शिक्षकको समन्वयकारी भूमिकाबाट अशल शैक्षिक वातावरण निर्माण हुने बताएका थिए ।
सो अवसरमा विशिष्ट अतिथि विद्यालय सञ्चालक समितिका अध्यक्ष सुधाखर पोख्रेल, विद्यालयका प्रधानाध्याक सुनिल गौतम, शिक्षकहरू टीका बस्नेत, बन्दना धिताल, बिन्दुर केसी, महेश बस्नेत, पत्रकार तुलसीराम सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै सीता भुषाल, अञ्जना चौधरीलगायतले रचना प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन क्रान्तिशीखा धिताल, रेजिना गिरीलगायतले गरेका थिए । कार्यक्रममा विद्यार्थी र शिक्षकहरूले गीत, कविता, नृत्य, प्रहशन प्रस्तुत गरेका थिए ।
Comments0
Leave Comments