© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १०
काठमाडौं- राजधानीका हरेकजसो फेसन सोमा उनी र्याम्पमा उत्रने गर्थिन् । पछिल्लो समय र्याम्प मोडलिङ सुस्ताएपछि मोडल भावना गुरुङ म्युजिक भिडियोमा लागेकी छिन् ।
र्याम्प मोडलिङमा सात वर्षबिताएकी उनलाई यसरी फेसन सो धराशायी होला भन्ने लागेको थिएन । 'यो दर्ुइ वर्षता अचम्म गरी र्याम्प मोडलिङ धराशायी भयो । नेपालमा र्याम्प मोडलिङ तथा फेसनको अवस्था यति साह्रो ब्रि्रेला भनेर हामीले कल्पनासमेत गरेका थिएनौं,' उनले भनिन् ।
उनका कतिपय मोडल साथीहरूले पेसा नै परिवर्तन गरिसेकका छन् । तर भावनाले भने म्युजिक भिडियोमा लागेर मोडलिङलाई निरन्तरता दिइरहेकी छिन् ।
उनी र्याम्प मोडलिङ धराशायी हुनुमा मोडलहरूको पनि दोष रहेको स्विकार्छिन् । तर, मुख्य रूपमा फेसन सो संस्कृतिको विकास हुन नसकेको उनको ठम्याइ छ । भन्छिन्, 'विदेशमा जस्तो फेसन सोमा गएर र्याम्पमा प्रस्तुत गरिएका डिजाइनहरू त्यहीं खरिद गर्ने परम्परा हामीकहाँ छैन । अर्कोतर्फर्याम्पमा देखाउने फेसनको मूल्य निकै महँगो राखिने भएकाले पनि फेसन सोमा प्रस्तुत पहिरनहरू नबिकेका हुन् ।'
डिजाइनरले तयार गरेका डिजाइन फेसन सोमा नबिकेपछि डिजाइनरले फेसन सो गराउन छाडेको पनि उनले स्पष्ट पारिन् । अरू पेसाका युवतीहरूको तुलनामा मोडलहरू बढी स्वतन्त्र हुने गरेको आरोप छ । उनीहरू पारदर्शी र छोटो कपडामा राति अबेरसम्मको पाटी र त्यहाँ धूमपान, मद्यपान सेवन रुचाउने गरेको अर्को आरोपमा भावनाले भनिन्, 'सबै छैनन्, तर केही मोडलहरूले स्वतन्त्रताको नाममा राति डि्रंक्स् र स्मोकिङ गर्दै डिस्कोमा रम्ने गरेको मैले पनि सुनेको छु । त्यस्ता केही मोडलका कारणले यो क्षेत्र बदनाम भएको छ ।'
अखबारमा तस्बिर छपाएर आफूलाई मोडल भन्दै त्यसको नाममा विभिन्न गैरकार्य गर्ने क्रम पनि बढेको आरोप छ नि - भन्ने अर्को प्रश्नमा उनले भनिन्, 'जो सही मोडल हो ऊ आफ्नो पेसाप्रति बफादार हुन्छ र उसले यो पेसा नै बदनाम हुने काम हत्तपत्त नगर्ला । जो मोडल हैनन्, उनीहरूले आफू मोडल हुँ भनेर यो क्षेत्रलाई बदनाम गराउन खोज्नु अस्वाभाविक होइन ।'
नेपाली फेसन बजार र र्याम्प मोडलिङ एक दिन फेरि माथि उठ्ने विश्वास यी मोडलको छ । त्यसैले आजकाल म्युजिक भिडियोमा समय दिएको उनले बताइन् । यो दर्ुइ वर्षा एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा भावना गुरुङले मोडलिङ गरिसेकेकी छिन् । उनले मोडलिङ गरेको जानकी भट्टर्राईको 'फूलसँगै मुसुमुसु मुस्कुराऊ...' र राजु परियारको 'औंठी राम्रो सुन-चाँदी हीराको....' टेलिभिजनबाट आजकाल निकै बज्ने गरेको छ । यीबाहेक अरू थुप्रै गीतमा उनी छमछम नाच्दै गरेको पनि देख्न पाइन्छ ।
तीन दर्जनभन्दा बढी र्याम्प सो गरिसकेकी भावनाले एक सोमा १५ हजार रुपैयाँसम्म लिन्थिन् । म्युजिक भिडियोमा भने उनले पाँच हजार रुपैयाँ पारिश्रमिक लिएर मोडलिङ सुरु गरेकी रहिछन् । आजकाल उनी १० देखि १५ हजार रुपैयाँसम्म लिन्छिन् । तर, विज्ञापनमा मोडलिङ गर्दा भने त्योभन्दा बढी नै पारिश्रमिक लिने गरेको पनि उनले बताइन् ।
फिल्म मौसममा अभिनेत्रीको रूपमा समेत उनले काम गरिसकेकी छिन् । त्यसपछि चारओटा फिल्ममा उनलाई कामको प्रस्ताव आयो । मोडलिङ छोड्नुको कारणबारे उनले भनिन्, 'एक त मैले मागेअनुसारको पा™श्रिमिक निर्माताले दिन नसकेर हो । केही फिल्ममा भने भूमिका चित्त नबुझेर पनि काम गरिनँ ।'
व्यवस्थापनमा स्नातक गरेकी उनले भावी योजनाबारे भनिन्, 'मेरा परिवार जर्मनीमा भएकाले उतै गएर पोस्ट ग्राजुयट गर्ने योजना छ । तत्कालै जर्मनी गइनँ भने अभिनय र मोडलिङलाई निरन्तरता दिने छु ।'
- डब्बु क्षेत्री/राजधानी
Comments0
Leave Comments