© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १०
एजेन्सी
काराकस, १० साउन
संयुक्त राज्य अमेरिकाको सहयोगी कोलम्बियाले उसको देशका व्रि्रोहीलाई आश्रय दिएको बाहनामा भेनेजुयली भू-भागमा हमला गरेको खण्डमा अमेरिकातर्फआपर्ूर्ति हुने तेल रोकिदिने भेनेजुयलाका राष्ट्रपति हुगो चाभेजले चेतावनी दिएका छन् ।
हजारौं र्समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा चाभेजले सो चेतावनी दिएको प्राप्त समाचारमा उल्लेख छ । 'यदि कोलम्बियाली भूभाग वा यांकी साम्राज्यद्वारा समर्थित अन्य कुनै पनि ठाउँबाट भेनेजुयलामाथि कुनै पनि सशस्त्र हमला भयो भने हामी अमेरिकातर्फहुने तेलको चलानी रोकिदिन्छौं' चाभेजले भने ।
'हामी प्रशोधनकेन्द्रमा एक थोपा पनि थप तेल पठाउँदैनौं, एक थोपा पनि' संयुक्त राज्य अमेरिकालाई यस क्षेत्रमा उत्पन्न सबै तनावको दोष लगाउनयोग्य पात्रको रुपमा प्रस्तुत गर्दै चाभेले भने ।
भनाई अनुसारकै कदम चालिएको खण्डमा त्यस्तो चेतावनी तेल निर्यातमा निर्भर चाभेज सरकारका लागि ठूलो आर्थिक धक्का हुनेछ । संयुक्त राज्य अमेरिका भेनेजयुली तेलको सबैभन्दा ठूलो क्रेता हो । भेनेजुयला अमेरिकाको पाँचौं ठूलो तेल आपर्ूर्तिकर्ता हो ।
तर, कोलम्बियाले भेनेजुयलाविरुद्ध सैनिक कारवाहीको चेतावनी दिएको छैन । कोलम्बियाली राष्ट्रपति अल्भारो युरिबको सरकारले उसले भेनेजुयलामा रहेका भनेको व्रि्रोही शिविरको तस्बिर, भिडियो र नक्साहरु र्सार्वजनिक गरेपछि चाभेजले बिहीबार कोलम्बियासँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेको थियो । चाभेजले यसलाई आफ्नो सरकार बडार्ने कदम भन्दै युरिबले सशस्त्र द्वन्द्वको गृहकार्य गर्न सक्ने बताए ।
सन् २००८ मा पनि कोलम्बियाली सेनाले इक्वेडरको भू-भागमा प्रवेश गरेर व्रि्रोहीमाथि हमला गरेपछि चाभेजले सम्भावित युद्धको चेतावनी दिएका थिए । सो हमलामा गुरिल्ला नेता राउल रेयेस मारिएका थिए ।
चाभेज आइतबार त्यस्तै घटना भेनेजुयलामा घटाइएको खण्डमा धर्ैय नगर्ने चेतावनी दिन देखापरेका थिए । 'कोलम्बियाले हमला गरेको खण्डमा तेल बिक्री रोक्ने चाभेजको चेतावनी मेरो विचारमा विश्वसनीय छ' ल्याटिन अमेरिकाका लागि वासिंगटन अफिसका विश्लेषक आडम इसाक्सनले भने ।
सो चेतावनी चाभेजले खतराको रुपमा हेरेको सम्भावनाको प्रतिरोध गर्ने मनसाय पनि त हुन सक्छ नि भनी सोधिएको प्रश्नमा एसास्कोनले भने 'यो र्समर्थकहरुलाई एकजुट बनाउने र संसदीय चुनावको दर्ुइ महिनाअघि चर्को महंगी, अपराध जस्ता समस्याबाट जनताको मन अन्यत्रै मोड्ने रणनीति हुनसक्छ ।'
'कोलम्बियासँगको तनावले चाभेजलाई आफ्नो आधार एकीकृत गर्ने र राष्ट्रवादको कार्ड फ्याँकेर उनीहरुको भोट तान्ने मौका दिएको छ ।' भेनेजुयलासँग सैनिक द्वन्द्व हुने सम्भावना नरहेकेा कोलम्बियाली सरकारले बताएको छ । उसले आफू भेनेजुयलामा व्रि्रोही उपस्थितिको प्रमाण पेस गर्न अमेरिकी राष्ट्रहरुको संगठनमा गएको बताएको थियो । चाभेज सरकारले अवस्थालाई सम्बोधन नगरेकोले आफू त्यहाँ जानुपरेको कोलम्बियाली भनाइ छ ।
चाभेजले आइतबार कोलम्बियासँगको तनावका कारण भन्दै क्युबाको भ्रमण रद्द गरेका थिए । कोलम्बियाले भेनेजुयली भूभागमा हमला गर्ने योजना बनाएको गुप्तचर सूचना आफूले पाएको पनि उनले बताएका थिए ।
Comments0
Leave Comments