© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १०
रमेश पाण्डे/ राजधानी
बारा, १० साउन
विगत पाँच वर्षेखि बाराको चारकोसें झाडीस्थित हलखोरिया दह नजिकै जंगलमा तपस्यारत रामबहादुर बमजनले गत विहीवार अपरान्ह १७ जनालाई नियन्त्रणमा लिई कारवाही स्वरुप थप्पड हानेर २४ घण्टापछि छोडिदिएको स्वीकार गरेका छन् ।
घटनाका पिडीतहरुले शनिवार स्थानीय प्रहरी चौकी जैतापुर र आईतवार जिल्ला प्रहरी कार्यालय बारामा तपस्वी रामबहादुर बमजनमाथि कारवाहीको माग गर्दै सामुहिक उजुरी दिएका थिए । उजुरीपछि घटनाबारे सत्य तथ्य बुझ्न हलखोरियास्थित तपस्यास्थल पुगेको प्रहरी टोली र संचारकमी मा“झ आफुमाथी लगाईएको कुटपिटको आरोप उनले स्वीकारेका हुन् ।
आफु बौद्धित्व ज्ञान प्राप्तिका लागि अहिंसाको पक्षमा विश्व शान्तिको लागि कठोर तपस्या गरिरहेकाले झुठो कहिल्यै नबोल्ने बताएर उनले आफ्नो भनाइ सुरु गरेका थिए । उनले तपस्या गरिरहेको स्थानमा आएर १७ जनाले तपस्या भंग गर्न खोजेपछि प्रतिरक्षाका लागि आफुले पालैपालो थप्पड लगाएर चेतावनी स्वरुप सामान्य कारवाही मात्र गरेको दाबी गरे । तपस्वी बमजनले कारवाहीका विभिन्न उपाय हुने गरे पनि त्यहा“ उपस्थितहरुको क्रियाकलाप देखेर कुटपिटबाहेक अर्को विकल्प आ“फुसंग तत्कालै नभएको बताए । उनले आफु तपस्यामा लिन भएको समयमा आसन नजिकै आएर हो हल्ला गर्दै चुरोट, बिडी तान्दै, ध्वजापताका समेत चुडाएको आरोप लगाए ।
उनले विभिन्न वाहानामा तपस्या क्षेत्र भित्र प्रवेश गरी आफूमाथी आक्रमण गर्न योजनाबंद्ध तवरले उनीहरु आएकोले बाध्य भई आफुले थप्पडले कुटेर कारवाही गरेको पटकपटक बताए । पिडीतहरुले घाउ तपाईविरुद्ध कारवाहीका लागि सामुहिक उजुरी दर्ता गराएको स्मरण गराउँदा बमजनले आफु समस्त प्राणी जगतको शान्ति, रक्षाका लागि निराहार तपस्या गरिरहेकाले नियम कानुनको पालना गर्दै आएको दाबी गरे । उनले आफुलाई कसैले केही गर्न नसक्ने र नियम कानुनले पनि नछुने बताए । उनले भने,' नियम कानुनको पालना नगरेकै कारण देशमा हत्या, हिंसा, अत्याचार, ब्यभीचारीहरु समेत बढेर गएको छ । '
करिब आधा घण्टा संचारकर्मी र बमजनबिच सवालजवाफ चलेपछि घटनाबारे बुझ्न गएका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रुद्रकान्त झा र्रर् इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक भेषराज रिजालले छुट्टै समय लिएर उनीसँग कुराकानी गरेका थिए । प्रहरी निरिक्षकद्धय झा र रिजालसंग बमजनले पत्रकारहरुलाई कसले र किन ल्याएको भन्ने प्रश्न प्रहरीसमक्ष गरेका थिए । बमजनसंगको कुराकानीका बिषयमा प्रहरी निरिक्षकद्वयले यसबारे तत्काललै आफु केही नबोल्ने बताए ।
उता बमजनले संचारकर्मीहरुसंग गा“उलेहरु माथी लगाईएको आरोप बनावटी भएको र्घाईते प्रल्हाद चौधरी, विजेन्द्र चौधरी, भदै चौधरी, श्रीराम चौधरी, सुनैसी चौधरी, गौरीशंकर चौधरी, सन्तु चौधरी, पासपत चौधरी, राजमन माझी, समफुल माझी ,राजेश माझी , चैत सहनी , आशा माझी, देवनाथ चौधरी, परदेशी चौधरी , हरि चौधरी र सरम चौधरीले बताएका छन् ।
तपस्वी बमजनले नियन्त्रणमा लिई नजिकै रहेको पक्की घरको कोठामा सबैलाई थुनी गा“उलेसंगै रहेको वन्चरोको विंड फुकाली पालैपालो किन आएको - कस्ले पठाएको - निषेधित क्षेत्र भित्र किन - पसेको भन्दै बेहोस हुनेगरि कुटेको मर्नहवा- ६ का ३९ वषिर्य प्रल्लाह चौधरीले बताए ।
पा“च वर्षयता सो क्षेत्र निषेधित गरिएको थाहा हुदा“हुदै गा“उलेहरु बञ्चरो, खुडा जस्ता हतियार लिई जंगली सागपात खोज्ने नाममा सुनियोजित तबरले तपस्वीमाथी हमला गर्न आएकोले गा“उलेको समुहलाई नियन्त्रणमा लिई कारवाही गरेको नमोबुद्ध तपोवन संरक्षण तथा र्सबधन समिति रतनपुरी बाराका अध्यक्ष वेदबहादुर थिङ्गले बताए । निषेधित क्षेत्र भित्र घरेलु हतियार लिएर प्रवेश गरेका कारण तपस्वीले समान्य कारवाही गरेको दाबी गुम्वा निर्माण समितीका अध्यक्ष एवं तपस्वी सेवा समितिका सल्लाहकार जशबहादुर वाईवाले गरे ।
तपस्वी बमजन २ जेठ,२०६२ देखि वाराको चारकोसे झाडीमा हराउदै र निस्कदै तपस्या गर्दै आएका छन् । गत बर्षविश्व प्रसिद्ध गढीमाई मेलामा बली रोकेर देखाउने उद्धघोष गर्दै करिब डेढ महिना बेपता भएका बमजन पुनः सोही हलखोरिया स्थित दोस्रो तपस्यास्थलमै देखिएका थिए ।
Comments0
Leave Comments