२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

राष्ट्रपति र नेम्बाङवीच भेट

काठमाडौँ, १० साउन । राष्ट्रपति डा रामवरण यादव र  संविधानसभाका अध्यक्ष सुवास नेम्बाङबीच  सरकार गठन, संविधान लेखन र शान्ति प्रक्रियालगायत समसामयिक विषयमा छलफल भएको छ ।

    राष्ट्रपति भवन, शितल निवासमा आज दिउँसो उनीहरुबीच भएको छलफलमा राष्ट्रपति यादवले वार्ता र छलफलका माध्यमबाट सहमति कायम गरी नयाँ सरकार गठन, संविधान लेखन र शान्ति प्रक्रियालाई सकारात्मक निष्कर्षमा पु¥याउन दलहरु सक्षम हुने अपेक्षा गरेको  अध्यक्ष नेम्बाङले जानकारी दिए  ।

मुलुकलाई सरकारविहीनको अवस्थाबाट चाँडै अन्त्य गर्नुपर्छ, दलहरुबीच सहमतिको विकल्प छैन, मुलुक राजनीतिक संक्रमणको अवस्थामा छ, शान्ति र संविधान निर्माणको जिम्मेवारीलाई  समयमै पूरा गर्नुपर्छ, त्यसका लागि दलहरुले आपसमा तत्कालै सहमति कायम गरी शान्ति र संविधानको आधार तयार गर्नुपर्छ भन्नेमा राष्ट्रपतिले चिन्ता व्यक्त गरेकोे उनले उल्लेख गरे  ।

लोकतान्त्रिक पद्धतिलाई जोगाएर जनताको आस्थालाई सम्मान गर्दै जनताले सुम्पिएको जिम्मेवारीलाई पुरा गर्न दलहरु अघि बढ्ने राष्ट्रपति डा यादवले विश्वास लिनुभएको समेत अध्यक्ष नेम्बाङले बताए  ।

     राष्ट्रपतिसमक्ष आफूले प्रधानमन्त्रीको निर्वाचनका लागि व्यवस्थापिका संसदमार्फत् भएका काम कारबाहीबारे जानकारी गराएको अध्यक्ष नेम्बाङले बताए  । रासस

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी