© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ९
काठमाडौं/रास-
जहाँ तिमी त्यहाँ म, हुन नपाउँदा
तिमी रुँदा तिमीसँग रुन नपाउँदा
माया बोक्ने मुटु नै काटेजस्तो भो
मैले टेक्ने धर्ती नैं फाटेजस्तो भो
अहिले हरेक युवायुवतीको मन जित्ने कोसिस गरिरहेको यही चर्चित आधुनिक गीतले लीलु गुरुङलाई खुसी तुल्याएको छ । गीतकार गुरुङले 'तरङ्ग' नामक आधुनिक गीतिएल्बममा यस्तै लोकप्रिय एवं युवायुवतीको मनोभावनालाई प्रतिनिधित्व गर्दै गीतहरू प्रस्तुत गरेकी छन् । नौओटा लोकगीतका एल्बम ल्याएर चर्चामा आएकी गुरुङको तरङ्गमा चर्चित गायक स्वरूपराज आचार्यको स्वरमा रहेको जहाँ तिमी ... शर्ीष्ा गीतले आमश्रोताको मन जितिरहेको छ । एल्बममा नौओटै गीतको शब्द गुरुङका छन् भने संगीत बीबी अनुरागीका छन् । एल्बममा अन्जु पन्तको स्वरमा रहेको 'फूलजस्तै पवित्र' र एकोहोरो त्रि्रो मन शर्ीष्ाकको गीतको शब्द, स्वर र संगीतले श्रोताको मन जित्न सक्ने सम्भावना बढी छ र एल्बमा सत्यराज आचार्य र मिलन नेवारले स्वर दिएको 'सानो सानो, कुमार सानु र मिलन कार्कीले स्वर दिएको 'नयाँ जीबन' पनि त्यतिकै लोकप्रिय हुने सम्भावना छ । एल्बममा हेमन्त शर्माको स्वरमा ढुंगा खानी र स्वरूपराज आचार्यको स्वरमा टाढैबाट र राहुल वैद्यको स्वरमा सधैं त्रि्रो खुसी देख्न शर्ीष्ाको गीत रहेका छन् ।
गीतका सबै शब्दमा करुणा, भावुकता, माया, प्रेम, बिछोड र बिलौनाका भाव झल्किएका छन् । विगत १५ वर्षेखि सांगीतिक फाँटमा क्रियाशील गीतकार गुरुङको पहिलो गीतिएल्बम भने के हुन्छ कुन्नि हो । उनले यसअघि निकालेका सबै एल्बम लोकगीत र लोकदोहोरी हुन् । गुरुङले निकालेका चर्चित लोकएल्बममा 'शंका बढयो झन्', 'नाता तोडेनि' र 'चौतारीको बर' छन ।
गोरखाको सिम्जुङ गाविसमा जन्मिएकी गुरुङले बुबा केहरमान गुरुङको प्रेरणाले नै सांगीतिक फाँटमा आफू लागेको बताइन् । उनले राजधानीसँग भनिन्, 'बुबा सोरठी र घाँटुको गुरु भएको कारण परिवारिक माहौल नै संगीतमय भएपछि आफूलाई पनि सोही क्षेत्रमा लाग्न सजिलो भयो ।'
Comments0
Leave Comments