© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ९
एएफपी
सिउल, ९ साउन
आणविक अस्त्रद्वारा प्रतिकार गरिने उत्तरकोरियाको चेतावनीका बाबजुद संयुक्त राज्य अमेरिका र दक्षिणकोरियाले आइतबार सी अफ जापानमा अणु ऊर्जाबाट सञ्चालित अमेरिकी युद्धपोतसहित ठूलो नौसैनिक अभ्यास सुरु
गरेको छन् ।
उक्त सैन्य अभ्यासले कोरियाली प्रायद्वीपलाई युद्धको डिलमा धकेल्ने प्योङयाङले चेतावनी दिएको थियो । सैन्य अभ्यासमा अणु ऊर्जाबाट सञ्चातिल हवाई जहाजबाहक युद्धपोत यूएसएस जर्ज वासिंगटन समेत सहभागी भएको प्राप्त समाचारमा उल्लेख छ ।
'उत्तर कोरियालाई आक्रामक व्यवहार त्याग्न लगाउन प्रष्ट सन्देश दिने उद्देश्यको श्रृंखलाबद्ध सैन्य अभ्यासहरुमा यो पहिलो हो' अमेरिकी प्रतिरक्षा मन्त्री रोर्बट गेट्स र दक्षिणकोरियाली प्रतिरक्षामन्त्री किम ताय याङले एक संयुक्त व्यक्तव्यमा भनेका छन् ।
मार्चमा तनावग्रस्त पीत सागरीय जल सीमामा क्षेप्यास्त्र प्रहार गरी एक दक्षिणकोरियाली युद्धपोत डुबाइदिएको अन्तर्रर्ााट्रय छानविनको निचोडको आधारमा दुबै मुलुकले सो घटनामा उत्तर कोरिया दोषी रहेको दाबी गरेका छन् । यो घटनामा ४६ जना दक्षिण कोरियाली नाविक मारिएका थिए ।
अमेरिकी नेतृत्वको यूएन कमाण्डले चारदिनसम्म हुने यो अभ्यासमा २० वटा पानी जहाज, विमान बोक्ने यूएसएस जर्ज वासिंगटन युद्धपोत र अरु दर्ुइ सय विमानहरु सामेल रहेको जनाएको छ ।
यो नौसैनिक अभ्यासमा दुबै मुलुकका आठ हजार सुरक्षा जवानहरु सहभागी छन् । अमेरिकी सेनाका एक प्रवक्ताले जर्ज वासिंगटन युद्धपोत आइतबार बिहान सात बजे दक्षिण बन्दरगाह बुसानतर्फप्रस्थान गरेको र यो सैनिक अभ्यासका लागि सी अफ जापानतर्फअघि बढिसकेको जानकारी दिएका थिए ।
दक्षिण कोरियाली युद्धपोत डुबाइदिएको आरोप लगाउँदै अमेरिकाले गत साता उत्तरकोरियामाथि थप नाकाबन्दी घोषणा गरेको थियो ।
शनिबार उत्तर कोरियाको नेशनल डिफेन्स कमिसनले संयुक्त सैन्य अभ्यास सुरु गरेको खण्डमा अमेरिका र दक्षिण कोरियाविरुद्ध जुनसुकै समयमा पवित्र युद्ध सुरु गर्ने चेतावनी दिएको थियो ।
सैन्य अभ्यासमा एफ-२२ र्याप्टर लडाकूसहित दर्ुइ सय जहाज, यूएसएस जोन एस म्याककेनलगायत तीनवटा बिनासकसमेत सामेल छन् । सैन्य अभ्यासमा चार जापानी सैन्य अधिकारी अवलोकनकर्ताको रुपमा सहभागी छन् ।
Comments0
Leave Comments