२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

साउन १७ मै नयाँ प्रधानमन्त्री : उपाध्यक्ष सुवेदी

दाङ ९ साउन । संविधानसभाका उपाध्यक्ष पूर्णकुमारी सुवेदीले साउन १७ गते नै मुलुकले नयाँ प्रधानमन्त्री पाउने वताएकी छन् । नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष सुवेदीले यस्तो वताएकी हुन् । ‘दुईपटक प्रधानमन्त्रीको निर्वाचन सफल हुन सकेको छैन, मलाई विश्वास छ, साउन १७ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने छ’ उनले थपिन‘दलहरुले मुलुकलाई अनिर्णयको बन्दी बनाउनु हुदैन ।’ सञ्चारकर्मीहरुको प्रश्नमा १७ गतेको निर्वाचनमा कुनै पनि दल तटस्थ नबस्ने दावी गर्दै सुवेदीले आगामी प्रधानमन्त्रीको निर्वाचन सार्थक हुने वताइन ।
आगामी निर्वानबाट को प्रधानमन्त्री बन्छ त भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा सुवेदीले यसको अडकल अहिले नै काट्न नसकिने भएपनि जो भएपनि नयाँ प्रधानमन्त्री चुनिने वताइन । ‘आगामी प्रधानमन्त्री को बन्छ भन्नेमा अडकल अहिले नै नकाटि हालौं तर आगामि निर्वाचनबाट नयाँ प्रधानमन्त्री निस्किने निश्चित छ’ सुवेदीको भनाइ थियो । संविधान लेखनकार्य आगमि एकवर्ष भित्रै पुरा हुने र यसका लागि धेरै कार्यहरु भइसकेको वताउँदै सुवेदीले राज्य पुनःसंरचना आयोग संविधान निर्माणका लागि सहयोगी हुने वताइन । संविधान निर्माणको सन्दर्भमा ८० प्रतिशत कार्य सम्पन्न भइसकेको र साउन १५ गतेबाट संविधान निर्माणको काम सूचारु हुने जानकारी दिदैं सुवेदीले सबैको सहयोगले मात्र संविधान लेखन कार्य सम्पन्न हुने वताइन ।



Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी