२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

काँग्रेस र मधेसी मोर्चाबीच वार्ता

काठमाडौँ, ९ साउन । संसदीय निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन नेपाली काँग्रेसले आज संयुक्त मधेसीमोर्चासँग वार्ता गरेको छ ।  ।
वार्तामा मोर्चाले शान्ति प्रक्रिया, संविधान लेखन र मधेस मुद्दाका विषयमा तीनबुँदे अवधारणा अघि सारेको र त्यसमा काँग्रेसको लिखित प्रतिबद्धता आउनुपर्ने माग गरेको छ ।

    मोर्चाले राखेका मागका सम्बन्धमा काँग्रेस सकारात्मक रहेको र वार्ता जारी नै राख्ने सहमति भएको बताइएको छ ।
    
मधेस आन्दोलनबाट उठेका मुद्दाहरूमा स्पष्ट धारणा आउनुपर्ने र सेना, प्रहरीलगायतमा मधेसीको समावेशी प्रवेशको सुनिश्चितताबारे काँग्रेसबाट प्रतिबद्धता आउनुपर्ने कुरा वार्तापछि मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पत्रकारलाई बताए  ।

तराई मधेस लोकतान्त्रिक पार्टीको संसदीय दलको कार्यालयमा भएको सो वार्तामा काँग्रेसबाट महामन्त्री विमलेन्द्र निधि, प्रवक्ता अर्जुननरसिंह केसीलगायतका नेता थिए  भने मोर्चाका नेताहरू उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताको उपस्थिति थियो  ।

संयुक्त मधेस मोर्चामा मधेसी जनाधिकार फोरम नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी रहेका छन् । रासस



Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी