२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

अपराध रोक्न डाटा सिस्टम राख्ने तयारी

टपेन्द्र कार्की/राजधानी
काठमाडौं, ८ असार
नेपाल प्रहरीले अपराध नियन्त्रण गर्न त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा डाटा सिस्टम राख्ने तयारी गरेको छ । इन्टरपोलका अधिकारीहरूले नेपालमा अपराध बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न डाटा सिस्टम आवश्यक रहेको भन्दै अध्ययन गर्न आग्रह
गरेपछि नेपाल प्रहरीले सो तयारी गरेको हो ।
सो सिस्टम सोझै इन्टपोलसँग लिंक गरिने प्रहरीले जनाएको छ । अन्तर्रर्ााट्रय अपराधीहरू विमानस्थल भएर नेपाल भित्रिन र बाहिरिन नपाउन् भन्ने उद्देश्यले डाटा सिस्टम राख्ने तयारी भइरहेको नेपाल प्रहरीका कार्यबाहक प्रवक्ता यादवराज खनालले जानकारी दिए ।
करिब दर्ुइ साताअघि इन्टरपोलका अधिकारीहरू सुरक्षासम्बन्धी अध्ययन गर्न नेपाल आएका थिए । त्यही क्रममा उनीहरूले इन्टरपोलमार्फ खोजी कार्य भइराखेका कुख्यात अपराधीहरू छिर्ने र निस्कने सहज माध्यमका रूपमा नेपालको विमानस्थल प्रयोग गर्नसक्ने भन्दै नेपाल प्रहरीलाई डाटा सिस्टम राख्ने सम्बन्धमा अध्ययन गर्न आग्रह गरेका थिए । त्यसलाई  इन्टरपोलले सहयोग गर्ने प्रतिबद्धता गरेको प्रहरीले जनाएको छ ।
'डाटा सिस्टम नहुँदा अपराधीहरूले सहजै नेपालको विमानस्थल प्रयोग गर्नसक्नेतर्फप्रहरीको ध्यान आवश्यक रहेकाले सिस्टम राख्ने सम्बन्धमा छलफल भइरहेको छ,' कार्यकारी प्रवक्ता खनालले भने ।
दर्ुइ साताअघि प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रकाश कँुवर तथा इन्टरपोलका अधिकारीद्वय अलनुहर तुलम्वेभ र चन्द्रासान वारचातबीच भएको लामो छलफलपछि त्रिवि विमानस्थलमा डाटा सिस्टम राख्ने विषयमा अध्ययन सुरु भएको हो । नेपालमा यसप्रकारको सिस्टम नभएकाले पनि अपराधीहरूले ट्रान्जिट प्वाइन्टको रूपमा प्रयोग गर्न खोजिरहेको इन्टरपोलका अधिकारीहरूको
दाबी छ ।
डाटा सिस्टम राखेपछि इन्टरपोलमार्फ खोजी भइरहेका अपराधीहरू प्रवेश गर्नासाथ तुरुन्तै देखाउने छ । नेपाल वा अन्य मुलुक जुनसुकै देशका अपराधी भए पनि उनीहरू सम्पर्ूण्ा विवरण सो डाटामा देखाएपछि उनीहरू सहजै पक्राउ पर्ने प्रहरीको दाबी छ । प्रायः अन्तर्रर्ााट्रय विमानस्थलहरूमा अपराधीहरूको डाटा राख्ने गरिन्छ । 'यो अन्तर्रर्ााट्रय प्रयोग पनि हो,' उनले भने । मानव मृगौलाको तस्करी गर्ने भारतीय चिकित्सक अमित चितवनमा पक्राउ परेपछि इन्टरपोलले नेपाल प्रहरीको क्षमता अभिवृद्धिका सवालमा चासो राख्दै आएको छ ।  
यसअघि सन् २००८ मा इन्टरपोलले आपराधिक गतिविधि नियन्त्रणका लागि आवश्यक सहयोग दिने जनाउनुका साथै विश्वमा हुने गरेका आपराधिक गतिविधि नियन्त्रणमा नेपाल प्रहरीको भूमिकाको प्रशंसा गरेको थियो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी