२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

उत्तर कोरियाद्वारा आणविक युद्धको चेतावनी

प्योङयाङ/बीबीसी- उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले गरिरहेको संयुक्त सैन्य अभ्यासप्रति आणविक प्रतिक्रिया जनाउने धम्की दिएको छ ।
'प्योङयाङ जुनसुकै समयमा पवित्र प्रतिशोध युद्ध सुरु गर्न तयार छ,' सरकारद्वारा सञ्चालित कोरिया सेन्ट्रल न्युज एजेन्सी -केसीएनए) ले लेखेको छ ।
तर वासिंगटन र सिउलले भने आफूहरुको अभ्यासलाई उत्तरको आक्रमण निरुत्साहित गर्नका लागि भनेका छन् ।
गत मार्चमा दक्षिण कोरियाली युद्धपोत डुबेपछि दर्ुइ कोरियाबीच तनाव चुलिएकै बेला संयुक्त सैन्य अभ्यासको तयारी भएको छ । एक अन्तर्रर्ााट्रय अनुसन्धानले उक्त युद्धपोत उत्तरले डुबाएको जनाए पनि प्योङयाङले यसको कडा विरोध गरेको छ । राष्ट्रसंघीय छानविनले पनि उत्तरको हात नरहेको बताएको छ ।
उत्तर कोरियाले युद्धको धम्की दिएको यो पहिलो पटक भने होइन । उत्तरको ताजा प्रतिक्रियालाई नियमित कुटनीतिक भाषाका रुपमा लिइए पनि दर्ुइ देशबीचको बढ्दो तनावले सो क्षेत्रका सरकारहरुमा चिन्ता बढाएको छ । यता, चिनियाँ समाचार समिति सिन्ह्वाद्वारा प्रेषित समाचारअनुसार उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो मुलुक 'वार्ता र युद्ध' दुवैका लागि तयार रहेको बताएका छन् ।
उत्तरको शक्तिशाली राष्ट्रिय रक्षा आयोगले संयुक्त अभ्यास अरु केही नभएर हतियारको बलमा प्योङयाङलाई अप्ठेरोमा पार्ने चाल मात्र भएको बताएको पनि केसीएनएले आफ्नो समाचारमा उल्लेख गरेको छ । 'अमेरिकी उपनिवेशवादीहरु र दक्षिण कोरियाली कठपुतली फौजले जानाजान स्थितिलाई युद्धमा धकेलिरहेका छन् । उनीहरुको प्रतिकार गर्न हाम्रा सेना र जनता जुनसुकै समयमा आणविक अवरोधमा आधारित आफ्नै शैलीको प्रतिशोधात्मक पवित्र युद्ध सुरु गर्न तयार छन्' समाचारमा भनिएको छ ।
यसको प्रतिक्रियामा ह्वाइट हाउसले उत्तर कोरियाको 'वाकयुद्ध'मा सामेल हुने इच्छा नभएको बताएको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता पीजे क्रोलेले प्योङयाङबाट अमेरिकाले 'बढी सकारात्मक कार्य र कम चेतावनीयुक्त शब्दहरु'को आशा गरेको बताए ।
उत्तरले यसअघि नै गत शुक्रबार भियतनाममा आयोजना गरिएको एशियाली क्षेत्रीय सुरक्षा मञ्चका क्रममा सैन्य अभ्यासको भौतिक जवाफ दिने चेतावनी दिइसकेको छ । दक्षिणपर्ूर्वी एशियाली राष्ट्र -आसियान) क्षेत्रीय मञ्चमा उत्तर कोरियाली प्रतिनिधिमण्डलका प्रवक्ताले ती अभ्यासहरु १९ शताब्दीताका हुने 'गनबोट कुटनीति'को एक उदाहरण भएको बताए ।
'यो कोरिया प्रायद्वीप र पूरै एशियाली क्षेत्रका लागि खतरा हो,' उनले भने । भियतनाममा आयोजित उक्त मञ्चमा दर्ुइ कोरिायाली विवादको विषयले मुख्य प्राथमिकता भएको थियो । आइतबार सुरु हुने युद्ध खेलमा विमानवाहक यूएसएस जर्ज वासिंगटन, २० अन्य जहाज र पन्डुबी, एक सय विमान र आठ हजार सेना संलग्न हुनेछन् ।
चीनले दक्षिण कोरिया र अमेरिकाको सो योजनाको आलोचना गर्दै 'क्षेत्रीय तनाव बढाउन सक्ने' कुनै पनि क्रियाकलापप्रति चेतावनी दिएको छ ।
तर जापानले भने सो अभ्यासमा आफ्ना चार सैनिक अवलोकनकर्ताहरु पठाउने भएको छ ।
अमेरिकाले बुधबार आणविक प्रसार र विलासी वस्तुहरुको आयात रोक्न उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी