© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ८
एजेन्सी
तेहरान, ८ साउन
इरानी राष्ट्रपति मुहमद अहमदिनेजादले रसियाली समकक्षी दिमित्री मेद्भेदेभलाई 'इरानका दुश्मनको प्रवक्ता' को रुपमा आलोचना गरेर तेहरान र मस्कोबीच तनाब बढ्दै गएको प्रष्ट पारेका छन् ।
रसियाले इरानको विवादास्पद आणविक कार्यक्रममा लुप्त एजेन्डा रहेको आरोप लगाउँदै अमेरिका र यूरोपेली संघकोको पक्षमा उभिएपछि अहमदिनेजादले यस्तो प्रतिक्रिया दिएका हुन् ।
इरानमाथि थप प्रतिबन्ध लगाउनुपर्ने अमेरिकी नेतृत्वको आह्वानमा सहमति जनाएर रसियाले यसअघि नै आफ्नो पुरानो मित्रलाई दुःखी तुल्याइसकेको छ ।
'आफ्ना राजदूतहरुसँगको एक बैठकमा मेद्भेदेभले इरान बमतिर अघि बढिरहेको जानकारी आफूलाई भएको बताएका थिए,' शनिबार इरानी सरकारी टेलिभिजनले प्रसारण गरेको पहिल्यै रर्ेकर्ड गरिएको दृश्यमा इरानी राष्ट्रपतिले भनेका छन् ।
'हामीलाई दुःख लागेको छ कि मेद्भेदेभ इरानका शत्रुहरुको योजनाका प्रवक्ता बनेका छन् ।'
गत जुनमा मेदभेदेभले अमेरिकको भ्रमण गरेपछि इरानप्रति रसियाको धारणा परिवर्तन भएको थियो ।
गत १२ जुलाईमा इरानले शान्तिपर्ूण्ा भन्दै आएको आणविक कार्यक्रमका बारेमा मेद्भेदेभले सबैभन्दा कडा अभिव्यक्ति दिएका थिए ।
'इरान सैद्धान्तिकरुपमा आणविक हतियार निर्माणमा प्रयोग हुने सम्भावित पदार्थ हासिल गर्न खोजिरहेको छ,' उनले रसियाली कुटनीतिज्ञहरुमाझ भने ।
त्यसको तीन दिनपछि मेदभेदेभले इरानी नेताहरुलाई 'तिमीहरु अन्तरीक्षमा बसिरहेका छैनौ' भनी चेतावनी दिँदै अन्तर्रर्ााट्रय समुदायसँग सम्बन्धित राजनीतिक लक्ष्यका लागि आणविक विवाद सुरु गरेको आरोप लगाएका थिए ।
'इरान हाम्रो सक्रिय व्यापारिक साझेदार हो । तर यसको मतलब यो होइन कि इरानले आणविक कार्यक्रम विकास गरिरहेको प्रति हामी उदासिन छौं ।' जर्मन चान्सलर एंगेला मर्केलको उपस्थितिमा आयोजना गरिएको एक पत्रकार सम्मलेनमा मेदभेदेभले भने ।
इरानको आणविक कार्यक्रममाथि गत ९ जुनमा राष्ट्रसंघीय सुरक्षा परिषदले अनुमोदन गरेको चौथौ प्रतिबन्धलाई रसियाले अनुमोदन गरेपछि तेहरान र मस्कोबीचको सम्बन्ध ओरालो
लागेको हो ।
'रसिया राम्रो मुलुक हो र हामी मित्र हौं र मित्रता विस्तार गर्न हामी तयार छौं । तर तपाईंले बुझ्नर्ुपर्छ कि मेद्मेदेभका अभिव्यक्तिहरु अमेरिकाले मञ्चन गर्न लागेको प्रचारबाजी परिदृश्यका ट्रेलर हुन् ।' अहमादिनेजादले भने 'यो परिदृश्य रसियाली राष्ट्रपतिले सुरु गरेका हुन् ।'
शनिबार इरानले रेजा पाह्लाभीको शासनकालमा निलम्बन भएको आणविक मिश्रण कार्यक्रमलाई ब्यूँताएको छ । पाह्लाभीलाई सन् १९७९ मा इस्लामिक क्रान्तिमार्फ् अपदस्त गरिएको थियो ।
इरानी आणविक प्रमुख अलि अकबर सलेहीले शनिबार आणविक समिश्रणबारे गम्भीर शोध गर्न ८० लाख अमेरिकी डलर छुट्याइएको घोषणा गरेका थिए ।
सो कार्यका लागि ५० जनालाई खटाइसकेको पनि उनले बताए ।
'आणविक समिश्रण आज गम्भीररुपमा सुरु गरिएको छ ।' आईएसएनए समाचार संस्थासँग सलेहीले भने, 'यसको प्रारम्भिक बजेट ८० लाख डलर हो ।'
इरानले आफ्ना आणविक कार्यक्रमहरु हतियार बनाउन चलाइरहेको पश्चिमी आशंकालाई तेहरानले 'वैज्ञानिक अनुसन्धानका लागि मात्र भएको' भन्दै अस्वीकार गर्दै आएको छ ।
Comments0
Leave Comments