© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ८
राजधानी समाचारदाता
काठमाण्डौ,८साउन
मोर्गन कप नवौ पुरुष राष्ट्रिय बास्केटवल प्रतियोगिता अर्न्तग्ात शनिवार आफ्नो अन्तिम खेलमा जेभिएर इन्टरनेशनललाइ १०१-६३ को स्कोरमा पराजित गरी गोल्डेन गेट कलेज अपराजित यात्राका साथ क्वार्टरफाइनल पुगेको छ । गोल्डेन गेट प्रतियोगिताको अन्तिम आठमा पुग्ने पहिलो टोली हो । पहिलो क्वार्टरमा ३१-१३ ले अग्रता लिएको गोल्डेन गेटले दोस्रामा २२-१९ र तेस्रो क्वार्टरमा २०-१८ को अग्रता लियोे । चौथो क्वार्टरमा भने जेभियएरले लय गुमाउदा गोल्डेनगेटले २८-१३ को अग्रता पायो ।
विजयी टोलीका शुशिल गुरुङले १८ स्कोर गरे । थ्रि प्वाइन्ट सटमा उत्कृष्ट देखिएका जेभियरका खेलाडी शारिरिक रुपमा प्रतिद्धन्दीको तुलनामा असन्तुलित र कमजोर देखिएका थिए ।
समुह सि को खेलमा नभज्योतीलाइ ९६-४२ ले पराजित गरी पेन्टागनले लगातार दोस्रो जित हात पारेको छ । पेन्टागनले पहिलोमा २९-१३, दोस्रोमा २६-१०, तेस्रोमा र चौथो क्वार्टरमा २१-११ को अग्रता लियो । पेन्टागनको जितमा राष्ट्रिय खेलाडी विज्डम पाण्डेले १८ अंक स्कोर गरे ।
समुह डिको खेलमा नेपाल आर्मी क्लवलाइ ६७-४९ को स्कोरमा हराउदै प्राइमले पहिलो जित हात पारेको छ । प्राइमको जितमा केतन खड्काले १८ अंक स्कोर गरे ।
Comments0
Leave Comments