२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

डाबर स्पशेल मिस नेपालका लागि २४ छानिए

काठमाडौं/रास- डाबर स्पेशल मिस नेपाल-२०१०का २४ प्रतियोगी छानिएका छन् । आयोजक सँस्था हिडन ट्रेजरमा प्राप्त भएका एकसय आबेदनबाट अन्तिम प्रतिस्पधाएका लागि २४ प्रतिस्पर्धी छानिएको सो सँस्थाका प्रबन्ध निर्देशक गिरेन्द्रमान राजबँशीले जानकारी गराए ।
अडिसानबाट छानिएका २४ प्रतियोगीमा अजिता सिंह,,अनिता आचार्य,अन्जना श्रेष्ठ, अस्मिता घिमिरे, वषर्ा श्रेष्ठ, बिन्दु के.सी., विनीता थापा, चन्दनी अन्सारी, चाँदनी देवाजु, गंगादेवी डाँगीर्,र् इशा खड्गी, जस्वीनी राल्यलक्ष्मी राणा, कुस्ाुमान्जली के.सी., प्रिना महर्जन
छन् । यस्तै प्रिया अधिकारी, प्रिया रानी लामा, रक्षा थापा, सदिक्षा श्रेष्ठ, साहाना बज्राचार्य, समृद्धी र्राई, संयुक्ता तिम्सिना, सरिता महर्जन, सुजता स्वाँर र सुप्रिया के.सी.पनि मिस नेपाल-२०१०को अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका छन् ।
छनौट भएका प्रतियोगीहरुको तालिममा बिगत झैं यस पछक पनि  विशेष ध्यान पुर्‍याइने पनि आयोकज सँस्थाले जनाएको छ । ६ हप्तासम्म दिइने यस तालिमबाट उनीहरुको व्यक्तित्व विकासका साथ-साथै आत्मविश्वास पनि वृद्धि हुनेछ । सम्बन्धित क्षेत्रका विशेषज्ञहरुले उनीहरुलाई ऐतिहासिक, भौगोलिक, साँस्कृतिक जस्ता विविध प्रशिक्षण दिईने पनि आयोजक पक्षबाट जानकारी गर्राईएको छ । यसबाट प्रतियोगीहरुको व्यक्तित्व, आत्मविश्वास र सकारात्मक सोचाईको विकासमा सहयोग पुग्ने आयोजक पक्षको विश्वास छ । यसबाहेक र्'र्सट लिस्ट' मा परेका प्रतियोगीहरुको लागि क्लोज क्याम्प पनि संचालन गरिने पनि आयोजक पक्षले जनाएको छ ।
 प्रतियोगिताको अन्तिम दिन राजधानीमा बिशेष समारोह माझ समाजका प्रतिष्ठित व्यक्तिहरु समावेश गरिएको छनौट समितिले प्रतियोगीहरुको मूल्यंाकन गरी मिस नेपाल विजेताको घोषणा गर्नेछ ।  
 मिस नेपालले ताजसँगै वामा मोर्टसको सौजन्यबाट चेरी क्यूक्यू-३ कार पनि प्राप्त गर्नेछिन् । आगामी अक्टोबरमा सान्या, चीनमा हुने मिस वर्ल्ड २०१० मा 'डाबर स्पेशल मिस नेपाल २०१०' को विजेताले नेपालको प्रतिनिधित्व गर्नेछिन् । यसै गरी फस्ट रनरअपले फिलिपिन्समा अक्टोबर २०१० मा हुने मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन् र उनलाई महिन्द्रा स्कुटर  प्रदान गरीने पनि आयोजक पक्षले जनाएको छ ।
मिस नेपाल २०१० को मुख्य प्रायोजकको रुपमा डाबर स्पेशल हेयर आयल रहेको छ । नेपाली नारीले आफ्नो व्यक्तित्व, सकरात्मक सोच र आत्मबिश्वासलाई बिकाश गरी आफुलाई सँसारसामु चिनाउन भनेर डाबर नेपालले मिस नेपालको प्रयोजन गर्दै आएको डाबर नेपालका बजार प्रबन्धक अभय प्रसाद गोर्खालीले बताए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी