२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

बिजुली अब आधा दिनमात्र

काठमाडौं÷रास- नेपाल विद्युत् प्राधिकरणले शुक्रबारदेखि दैनिक आधा दिन १२ घन्टामात्र विद्युत् आपूर्ति गरेको छ ।
३६ मेघावाट उत्पादन क्षमता भएको भोटेकोसीमा विद्युत् उत्पादन ठप्प्ा भएका कारण लोडसेडिङको समय थप भएको प्राधिकरणले जनाएको छ । पछिल्लो लोडसेडिङ तीन सातासम्म यथावत् रहनेछ । ु१२ घन्टाभन्दा बढी लोडसेडिङ हुँदैनु ऊर्जामन्त्री डा। प्रकाशशरण महतले शुक्रबार राजधानीसँग भने ुवैशाखपछि समस्या आफैं हल हुन्छ ।ु प्राधिकरणले यसअघि दैनिक ११ घन्टा लोडसेडिङ गर्दै आएको थियो । ऊर्जा मन्त्रालयको अनुरोधमा आपूर्ति मन्त्रालयले विद्युत् सिाचत गर्न प्रयोग गरिने इन्भर्टर आयातमा रोक लगाउने निर्णय गरे पनि प्रभावकारी हुन नसकेको सरकारी स्रोतले बतायो । विराटनगरमा रहेको ३९ मेघावाट क्षमताको तापीय विद्युत् केन्द्र मल्टिफ्युल मर्मत हुन नसकेको र भारतबाट माग गरिएको थप ३० मेघावाट विद्युत् आयात तत्काल सम्भव नभएकाले लोडसेडिङ थप्नुपरेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
मल्टिफ्युल मर्मतका लागि फिनल्यान्डको वाटसिला कम्पनीका पदाधिकारीहरु काठमाडौं आइपुगेको र त्यसका लागि दुई महिना समय लाग्ने ऊर्जा मन्त्रालय स्रोतले बतायो । मर्मतका बारेमा प्राधिकरणका वरिष्ठ अधिकारी भोजराज रेग्मीसहितको टोलीले कुराकानी गरेको प्राधिकरण स्रोतले जनाएको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी