© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २७
रमेश शाही÷राजधानी
सुर्खेत २७ फागुन
बर्दिया राष्ट्रिय निकुाजमा नेपाली सेनासँग भिडन्तमा हरिहरपुरका तीन महिलाको मृत्यु भएको छ ।
मृतकहरु हरिहरपुर-२ बाँसपानीका २९ वर्षीया अमृता विक २७ वर्षीया चन्द्रकला विक र ३५ वर्षीया देवीसरा विक हुन् ।
स्थानीयवासीले काउलोको बोक्रा खोज्न गएका महिलामाथि सेनाले गोली हानेको आरोप लगाएका छन् ।
तर सेनाले भने चोरी सिकारी गर्ने उनीहरु दोहोरो भिडन्तमा मारिएको दाबी गरेको छ ।
उनीहरुको शव बिहीबार दिउँसो १ बजे कालिकास्थानमा भेटिएको स्थानीय नवराज कोइरालाले जनाए ।
कोइरालाका अनुसार बुधबार बिहान गाउँबाट सात जनाको समूह काउलो खोज्न निकुाज पसेको थियो ।
बर्दिया ठाकुरद्वारास्थित ज्वाला दल गणबाट गस्तीमा आएको सैनिक टोलीले सो समूहका तीन महिलालाई पक्राउ गरेको थियो । पक्राउ गरेको केहीबेरमै उनीहरुको हत्या गरिएको दाबी स्थानीय गोपाल विकले गरे ।
सैनिक जनसम्पर्क निर्देशनालयले भने बिहीबार राति करिब साढे ८ बजे निकुाजभित्र पर्ने बबई उपत्यकाको बाँसपानी इलाकामा सिकारीहरुले क्याम्प खडा गरी बसेको भन्ने सुराकीका आधारमा खटिएको गस्ती टोलीमाथि फायर गरिएपछि आत्मसुरक्षाका लागि प्रतिकारात्मक कारबाही गर्दा तीन जनाको मृत्यु भएको दाबी गरेको छ ।
निर्देशनालयको विज्ञप्तिमा घटनामा संलग्न अन्य चार भने भाग्न सफल भएको र एक जनालाई नियन्त्रणमा लिइएको उल्लेख छ ।
गस्ती टोलीले घटनास्थलबाट भरुवा बन्दुक तीन नाल गोली चार राउन्ड बारुद दुई बट्टा खुकुरी एक वाचरो दुई पासो एक ६ वटा नाम्लो छाला काढ्न प्रयोग गरिने बासुलो एकसमेत बरामद गरेको निर्देशनालयले जनाएको छ ।
सिकारीहरु चार दिनदेखि सो इलाकामा क्याम्प खडा गरी बसेको पक्राउ परेका कृष्ण विकबाट थाहा भएको सेनाको दाबी छ ।
चोरी सिकारीहरु करिब २५ जनाको समूहमा आएको सेनाको मध्यपश्चिम पृतनाले जनाएको छ ।
सो घटनासम्बन्धमा सरजमिन तथा मुचुल्काका लागि प्रहरीले प्रकि्रया सुरु गरिसकेको जानकारी पनि सेनाले गराएको छ ।
Comments0
Leave Comments