२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

सुकी चुनाव लड्न नपाउने

एजेन्सी
यांगुन २७ फागुन
म्यानमारको नामले समेत चिनिने बर्मा सरकारले बिहीबार जारी गरेको कानुनअनुसार प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीले आगामी निर्वाचनमा उम्मेदवार हुन र मतदान गर्न नपाउने भएकी छिन् ।
यहाँका सैनिक शासकहरुले दुई दशकअघि सुकीको पार्टीले ऐतिहासिक रुपमा जितेको निर्वाचनलाई समेत औपचारिक रुपमा अवैध घोषित गरेको छ ।
गृह नजरबन्दमा रहेकी सुकीले नयाँ कानुनलाई दमनकारी र अन्यायीभन्दै आफ्नो राजनीतिक कर्तव्यमा प्रतिबद्ध रहेको बताएको उनको दल नेसनल लिग फर डेमोक्रेसीका प्रवक्ता न्यान विनले जानकारी दिएका छन् ।
ुआङसाङ सुकीले यस्तो कानुन आउला भन्ने आफूले कहिल्यै नसोचेको बताउनुभयोु न्यान विनले सुकीलाई भेटेर फर्केपछि भने ।
ुयस्ता चुनौतीले जनता र प्रजातान्त्रिक शक्तिबाट अस्वस्थ्य कानुनविरुद्ध साझा कदम र स्पष्ट प्रतिकि्रयाको आवश्यकता औंल्याएको उहाँले बताउनुभयोु बिहीबार सुकीलाई उनकै घरमा भेटेर फर्केका न्यान विनले भने ।
तर पार्टीले मिति तोक्न बाँकी रहेको आसन्न चुनावमा भाग लिने नलिनेबारे निर्णय गरिसकेको छैन । अब हुने भनिएको चुनाव बर्मामा सन् १९९० पछिको पहिलो हो । अघिल्लो चुनावमा सुकीको पार्टीले ऐतिहासिक जित हासिल गरेको थियो ।
तर जुन्ता सैनिक शासकहरुले निर्वाचन परिणामलाई मान्यता दिन अस्वीकार गर्दै सुकीलाई बितेका २० वर्षमा १४ वर्ष गृह नजरबन्द र जेलमा राख्दै आएको छ । सन् १९९१ मा सुकीले नोबेल शान्ति पुरस्कार पाएकी थिइन् ।
जुन्ताले निर्वाचनसम्बद्ध पाँचवटा कानुन सोमबार पारित गरेको थियो जसमा आगामी निर्वाचनका नियमहरु समेटिएका छन् । हालसम्म जुन्ताले चारवटा कानुन सार्वजनिक गरेको छ जसमध्ये दुईवटा बिहीबार सार्वजनिक गरिएको थियो । ती कानुन संसदीय उम्मेदवारको निर्वाचनसम्बन्धी छन् ।
बिहीबारै जुन्ताले निर्वाचन आयोग गठन गरेको घोषणा पनि गरेका छन् । वरिष्ठ पूर्वसैनिक अधिकारीले नेतृत्व गरेको आयोगले निर्वाचनको व्यवस्थापन गर्नेछ ।
साताको सुरुताका जारी गरिएका निर्वाचनसम्बद्ध कानुन जस्तै यसले पनि सुकीलाई राजनीतिक परिदृश्यमा आउनबाट रोक्न थुप्रै प्रावधान समेटेको छ । जसअनुसार फौजदारी अभियोगमा दोषी प्रमाणित भएका व्यक्तिले उपल्लो र तल्लो सदनको निर्वाचनमा उम्मेदवार हुन र भोट खसाल्न पाउँदैनन् । यी दुईवटा कानुनले सन् १९९० को चुनाव परिणामलाई औपचारिक रुपमा अवैध घोषित गरेको छ । नयाँ कानुन लागू भएपछि यसअघि अर्थात् सन् १९८९ को निर्वाचन कानुन खारेज हुने व्यवस्था गरिएकाले चुनाव अवैध हुन पुगेको हो ।
प्रतिकि्रया माग्दा न्यान विनले भने ुदौड त हामीले जित्यौं तर पुरस्कार रेप्रुीले लग्यो ।ु

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी