© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २२ | 05, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २६
पछिल्लो पछिल्लो सागमा स्वर्ण पदक विजेता खेलाडीलाई सम्पूर्ण राष्ट्रको तर्फबाट सम्मान भइरहँदा एउटा प्रतिष्ठिन चलचित्र कम्पनीले खेलकुद र खेलाडीको जीवनलाई व्यवस्थित बनाउन नयाँ सोच अगाडि ल्याएको छ । आइकोर फिल्म्स धेरै स्थानमा अन्य संस्थाले खेलाडीको सम्मानमा कार्यक्रम आयोजना गरे पनि नगद पुरस्कारसहित खेलाडीलाई सम्मान गर्ने पहिलो संस्था बनेकॊ छ । सागमा पदक जितेका तेक्वान्दो खेलाडीलाई सम्मान गरेको आइकोरको चासो अब खेलसँग सम्बन्धित चलचित्र निमार्णतर्फ पनि मोडिएको छ । ुखेलाडी र कलाकार उस्तै हुन् । यिनीहरु सम्बन्धित पनि छन् । त्यस कारण खेलाडीको मनोभाव हामीले बुझेका छांै ।ु आइकोरका प्रमुख प्रभु शमशेर जबराले भने ।
थुप्रै खेलमा पदक जिते पनि तेक्वान्दोका खेलाडीलाई मात्र सम्मान किन भन्ने स्वाभाविक प्रश्न नउठेको त होइन । तर उनको दाबी छ तेक्वान्दो संघ अरुभन्दा सकि्रय छ । पहिले एप्रोच गर् यो । ुकुनै पनि खेल अधिकारी रचनात्मक कुराको प्रस्ताव लिएर आए हामी सकरात्मक हुनेछांैु उनले भने । खेल र कलाक्षेत्रको सम्बन्धका बारे आइकोर अझ धेरै सचेत नरहेको होइन । बलिउडमा लगान र चकदे इन्डियाजस्ता चलचित्रले लोकपि्रयाको शिखर छोएको केही समयपछि आइकोरले पनि एउटा घोषणा गरेको छ । ु हामी खेल क्षेत्रसँग सम्बन्धित एउटा चलचित्र अवश्य बनाउनेछांै । चलचित्र मेरो एउटा साथी छ राज्य र घातकले बनाएको छवि खेलसँग सम्बन्धित चलचित्र बनेपछि अझ माथिल्लो उचाइमा पुर् याउन सक्नेछु राणाले भने । संयोग नै मान्नुपर्छ उनले त्यो घोषणा गर्दा नेपाली खेल क्षेत्रमा चलचित्रको घटनाझंै लाग्ने गरीे राजेन्द्र भण्डारी र राहुल विश्वकर्मा सनसनीपूर्ण सफलतासहित स्टारको रुपमा उदाएका छन् ।
कोरप्लान बिल्डस्रका प्रमुख प्रभुशमशेर चलचित्र व्यवसायमा प्रवेश गरको चार वर्षपछि खेलप्रेमीको रुपमा देखिएका छन् र यसैमा सन्तुष्ट पनि छन् । एउटा मैदानको स्टारको अवस्था नाजुक नबनोस् भन्ने चाहनाले सहयोगका लागि तत्पर रहने आइकोरको पर्दाका स्टारको जीवनस्तरमा सचेत रहेको दाबी त छँदैछ । राम्रो कलाकारले आफ्नो अडान राख्दा नराम्रो अवस्था छँदै छैन नि । धेरै अगाडि नै नम्रता श्रेष्ठलाई ४५ दिनका लागि एक लाख ११ हजारमा सम्झौता गरेको घटना सम्झदै उनी भन्छन् ुएउटा राम्रो कलााकर आफ्नो अडानमा बस्दा त सहज छैन होइन र ।ु
ल मनोज घिमिरे÷राजधानी
Comments0
Leave Comments