२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

खुट्टा गुमेपिछ बने कलाकार

ुतरकारी किन्न जाँदा दोकानदारले पहिल्यै भन्छन् ुबोहनी नै हुन नपाई आयोु हेपेर एक रुपैयाँ दिन्छन् मेडिकलमा औषधि किन्न जाँदा पनि त्यस्तै समस्या ुमेडिकलको कमाइ के हुन्छ र माग्न आएको भन्दै एक रुपैयाँ दिएर पठाउँछन् यस्ता व्यवहार धेरै पटक सहे लालबहादुर लामाङले । यसपछि उनलाई महसुस भयो ुअपमान सहेर बाँच्नुजस्तो पीडा अरु केही हँुदो रहेनछ ।ु
सवारी दुर्घटनामा एउटा खुट्टा गुमाएपछि अरुकै सहारामा बाँचेका रसुवाका लालबहादुर तामाङ मुाच लाई जहाँ गए पनि यस्तै समस्याले
सताइरह्यो । अनि उनले निर्णय गरे ुआफंै केही गरेर देखाउनेु धेरै सोचेपछि एउटा उपाय आइलाग्यो आफ्नैबारेमा नाटक रचना गर्ने र नाटकको नाम जुराए ुम किन बोल्नेु
कालो फेरावाल टोपी लामो ज्याकेट झुसुक्क दार् ही केही घुर्मैलो पाइन्ट अनि वैशाखीको सहारामा एउटा खुट्टाले मात्रै हिँड्ने ४५ वर्ष पार गरेका लालबहादुर ठाउँठाउँमा हिँडे नाटक प्रस्तुत गर्न । उनको नाटकको आशय छ ुमान्छेको हेर्ने दृष्टिकोण र सोचमा परिवर्तन हुनुपर्छु अहिले उनको नाटक नेपालमा मात्र होइन विश्वका दर्जनौं स्थानमा प्रस्तुत भइसकेको छ । नाटक प्रस्तुत गर्ने क्रममा लगातार दुई घन्टा बोलेर पनि थाक्दैनन् यी कलाकार । उनको नाटक एक पटक हेरेपछि जोसुकै भावुक हुन्छ ।
नाटकमा अपांग हुनुको पीडा जस्ताको तस्तै प्रस्तुत गरेका छन् उनले । ुम किन बोल्नेु नाटकको प्रसंग कम्ती दुःखदायी छैन । आर्थिक अवस्था नाजुक भएपछि परिवारको गुजारा चलाउन ट्रक चलाउने पेसा गर्दै आएका लालबहादुर २०४४ सालमा आफंैले चलाएको ट्रक दुर्घटनामा परेका थिए । दुर्घटनाको क्रममा देब्रे खुट्टामा लागेको चोटले उनलाई यसरी धोका दियो औषधिले समेत काम नगरेपछि काटेर फ्याल्नुको विकल्प रहेन । क्यान्सरका कारण एउटा खुट्टा नै गुमाउनुपरेपछि गरीखाने आधार सबै मेटियो । अशक्त भएकै कारण श्रीमतीले समेत साथ दिइनन् । भन्छन् ुकाम गर्न नसकेपछि श्रीमती पनि अर्कैको हुँदा रहेछन् ।ु उनी अशक्त भएकै कारण श्रीमतीले घरबाट कहिल्यै नआउनु भनेर बिदा दिएकी थिइन् ।
सुरुमा त उनले आफ्नो कथा अरुलाई सुनाउँथे मात्रै । आफ्नो व्यथा सुनेर धेरैले हाँसीमज्जा गर्न थालेपछि नाटक लेखेर प्रस्तुत गर्ने योजना बनाए । म किन बोल्ने के हुँदैछ लाहुरे म पृथ्वीको मालिक र समाजमा के हुँदैछजस्ता दर्जन बढी नाटक भारतको दार्जिलिङ सिक्किम मिजोरा जयपुर र हङकङमा समेत प्रस्तुत गरिसकेका छन् त्यो पनि पटकपटक । संसारका सबै मुलुकमा पुगेर नाटक प्रस्तुत गर्ने लक्ष्य राखेका लालबहादुरको ुम किन बोल्नेु विश्वका विभिन्न देशहरुका दुई सय ४७ स्थानमा माचन भइसकेको छ । अरु ६१ ठाउँबाट त्यही नाटक देखाउनका लागि प्रस्ताव आइरहेको बताए ।
नाटकमा अपांगले भोग्नुपरेका पीडालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । शारीरिक रुपमा अपांग भए पनि मानसिक रुपमा सक्षम छौं भन्ने आशयको नाटकले अपांगलाई दया होइन अवसर दिनुपर्छ भन्ने आशय व्यक्त गरेको छ । जानेर कोही पनि अपांग नहुने यथार्यलाई मनन गर्दै सपांगले अपांगहरुमाथि राम्रो व्यवहार गर्नुपर्ने यथार्थलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
उनका नाटकमा पात्रहरु पनि स्थायी हुँदैनन् । जहाँ गयो त्यहींका बासिन्दालाई नाटकमा अभिनय गर्न लगाउँछन् उनी । नाटकमा समर्पित यी कलाकारको सानो दोकान पनि छ । यही दोकानले पनि नाटकका लागि खर्च जुटाउन सहयोग पुर् याएको छ । पछिल्लो समयमा नाटक विधा ओझेलमा पर्दै गएको अनुभव गरेका छन् यिनले । आधुनिकताको नाममा आएका विकृति र विसंगतिकै कारण नाटक छायामा परेको अनुभव सँगालेका छन् उनले । नाटक निरक्षरका लागि पनि चेतना र शिक्षा दिन प्रभावकारी मानिने भएकाले यसलाई जोगाउनुपर्ने धारणा राखे उनले ।

ल कोकिला ढकाल÷राजधानी
तस्बिर ः लेखक

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी