© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २६
२००७ सालबाट प्रत्यक्षः या अप्रत्यक्षः परम्परागत मित्रशक्ति भारतको चहलता या पहलतामा राजाशक्ति तथा राजनीतिक शक्तिका राजनीतिक सुहागरात पारपाचुके तथा पे्रमालाप र मुक्कालातका कसरतीसँगै प्रारम्भ भएपछिको यो ६ दशकमा ६ ओटा संविधानका भोटाहरु लाएछम् र फटाएछम् करिब ५० भन्दा बढी सरकारको पास्नी गर्दै । र अब संविधानसभामार्पुत रेशमका भोटा लाउने भन्दै भुइँमा खुट्टै नटेकी आकाशमै उपि्रुरहेका हामीसामु आजभोलि रेशमी भोटोको त के कुरा खद्दरकै जडौरी भोटोसमेत नपाइने हो कि भन्ने भयको पृष्ठभूमिमा विगतका संविधानका कुण्डली आयुकाल अकालमृत्यु र दाहसंस्कारहरुको सरसर्ती अध्ययन उपयोगी हुन सक्छ ।
प्रजातन्त्रपछिको उपलब्धि सात साले संविधान या टिपोट वास्तवमै भारत राजा राणा तथा नेताहरुबीचका खोस्टे सम्झौतापत्र नै थियो ठीक हालको जनआन्दोलनपछिको उपलब्धि तर जनअनुमोदितविनाको अन्तरिम सविधानझैं । ऊ बेला पनि नेताग्रहको स्वार्थी टकरावबाट उत्पन्न लामो संक्रमणकालिक मनस्थितिले गर्दा संविधानसभाका ठाउँमा यही टिपोटसभाले नै आठ वर्ष राजालाई नै शक्तिमान बनाउँदै लगेको थियो । हालको वातावरण पनि उस्तै लामो संक्रमणकालिक द्वन्द्वात्मक तथा अनिश्चित हुनुका साथै समान प्रकृतिको उस्तै टिपोट या सम्झौताबाट निर्मित चालू संविधान जारी छ ।
संविधानको यो निर्मम भद्दा मजाकको स्मरण गरी पितृतर्पण अर्पण गर्नुभन्दा पनि मेरो विश्लेषणको विषय भने यी दुई टिपोटे संविधान र परिस्थितिको चिरफारमात्र हो । अन्ततः सात साले टिपोटे संविधानकॊ दाहसंस्कारसँगै जन्मेको संविधानबाट सम्पन्न १५ साले आमचुनावमा कांग्रेसकै एकछत्र कब्जाबाट त्रसित तथा अर्को वैकल्पिक या विपक्षी राजनीतिक शक्तिको अभावमा राजा नै स्वतः अर्को राजनैतिक शक्ति हुने महŒवाकांक्षासमेत फैलिनुमा बीपीको अन्तर्राष्ट्रिय पहिचान र जाज्वल्यमान व्यक्तित्व कारक बन्नु पनि स्वभाविकै थियो । यो अवस्थाको लाभ लिँदै कालखण्डकै दुई अति सक्षम राष्ट्रवादी तर महŒवाकांक्षी राजा महेन्द्र र जननायक बीपीबीच हनिमुनको साटो गनिमुनको विस्फोटक वातावरण उत्पन्न गर्न गराउन प्रतिगामी नेता भ्रष्ट भारदार अवसरवादी कर्मचारी तथा चण्डाल चाकरहरुले पाएको सफलताकै कारण उत्पन्न द्वन्द्व नै हालसम्म यो देशको निषेधात्मक द्वन्द्वात्मक तथा निरंकुशमय शक्ति ओगट्ने अटोक्रुटिक पावर होल्डिङ राजनीतिक संस्कारको रुपमा कायम भएको हो । भीमसेन थापाको हत्यापछि वा भनु कोतपर्वपछि पहिलो पटक १७ साले परिवर्तनमा दिल्ली शक्ति माइनस हुन पुगे पनि नेहरुजस्ता महानतम लोकतान्त्रिक नेताका कारण कडा प्रतिरोध नभएको हुँदा नै सो परिवर्तन टिक्न पुगेकाले पनि सो शक्तिको राप महसुस गर्न सकिन्छ ।
प्रजातान्त्रिक संविधानको दुई वर्षमै हत्या हुनुमा राजाको आफ्नो शक्तिभन्दा नेताहरुको कमजोरीबाट राजालाई प्राप्त शक्ति नै बढी ऊर्जा कारक थियो । जनताको दैलोको फाटेको गुन्द्री र चुल्होको चिसोपन नहेरी सत्ताको कात्तिके पेटिकोटमात्रै अँठुउने राजनीतिक मनोदशाकै कारण उत्पन्न नेताहरुबीचको अन्तद्र्वन्द्वले यस्तो साहस राजामा उत्पन्न भइरहने सत्य आज पनि फेरि जस्ताको तस्तै लागू भएको प्रमाण माघ १९ पनि हो । राजाको निरंकुश शक्ति खोस्न खोज्नेले जनतामा शक्ति थप्नेभन्दा स्वयं आफैंमा निरंकुशात्मक शक्तिको गाँड टाँस्ने अप्रजातान्त्रिक कुप्रवृत्तिले नै कतै नभएको ६ दशक लामो राजनीतिक अस्थिरता कायम रहुे । अबका दिनमा त अस्थिरताले देशलाई लट्टझैं फन्फन्ती घुमाउने संकेत देखेरै जनता अक्रान्त छन् ।
१७ सालपछि क्रमशः १९ ४७ र ६३ साले संसोधनमुखी अन्तरिमे संविधान उत्पति भयो । अप्रजातान्त्रिक हुँदाहुँदै पनि १९ साले संविधान २७ वर्ष टिक्नुका पछाडि ग्रासरुटसम्म पाचायतलाई पुर् याइ शासन अर्थात् राज्यसत्तासम्म उनीहरु अर्थात् चाकरका रुपमा सयौं वर्षदेखि आफूले आफैंलाई स्वीकारिरहेका सबैभन्दा तलका भुइँमान्छेहरुको सहभागिता रहेको भान उत्पन्न गर्न गराउन सफलता पाउनु र राजाकै भए पनि देशलाई संरक्षकत्वको आवश्यकता छ भनी बुझाउन सक्नु हो । र अन्य कारणमा भने देशको समष्टिगत विकास र राष्ट्रियता तथा एकत्वताको शक्तिको सफल गुन्जनजस्ता सकारात्मक ऊर्जा र माओत्सेतुङ शैलीका आकर्षक जनमुखी वामपन्थी नाराहरुको उपयोग भएकाले नै हो । राजाको यो चतुर् याइँ बुझ्न अझै नेताहरु चुकेका छन् आश्चर्य †
राजनीतिक रणनीति र दलहरुको कमजोरीबाट टिकेको राजाको शासनलाई सेनाको बलले टिकेको भन्ने भ्रम नरहोस् । आफ्नो स्वार्थलिप्साका लागि सेनालाई जति आरोप लाए पनि सेना कहिल्यै पनि राजनीतिक शक्ति बन्न चाहेको या बनेको तथ्यगत उदाहरण छैन । सत्ताले प्रयोग गर्दा प्रयोग भइदिनुलाई यसको व्यावसायिकताका रुपमा लिनुपर्छ । सेनाले सात सालमा सत्तावाला राणाकै अन्तर्गत रही राजाका पक्षका मुक्ति सेनाविरुद्ध लडेको र राजाका हातमा सत्ता आउनासाथ राजाकै अन्तर्गत रहेकै कारण प्र्रजातन्त्रपछि चाँडै नै मोहनशमशेरले कमजोर महसुस गरी छाड्न तयार भएका हुन् । यदि सेना उनको समर्थनमा रहेको भए प्रजातन्त्रपछि पनि मोहनशमशेर लामै टिक्थे र राणाको शक्ति केही न केही भए पनि कायम रहिरहन्थ्यो । यसै सन्दर्भमा १७ साल र माघ १९ का हकमा पनि तत्कालीन सत्ताधारीकै आदेशमा सेना परिचालित हो । र अन्तरिम संसोधन बेला तथा गणतन्त्र घोषणाकालमा पनि मौन रहनुले पनि सेनाले सरकारको आदेशमात्र सुन्ने परम्पराको निरन्तरताको अझ ठूलो प्रमाण भएकाले विगतका राजनीतिक परिवर्तन सेनाको बलले भन्ने आरोप असत्य हो । खैर यो लेख सॆेना विषय नभए पनि संविधानको निरन्तरता तथा खारेजी र कुनै पनि परिवर्तनमा यो व्यावसायिक सेनाको राजनीतिक भूमिका नरहेको र नरहने भन्न खोजिएको मात्र हो । परिवर्तन जहिले पनि राजनीतिक शक्ति अर्थात् राजा र दल तथा भारत शक्तिकै सहमति या असहमतिमा मात्रै आएको सत्य स्पष्ट छ ।
हिजोको यस परिस्थितिलाई उदाहरणार्थ राखेर हेर्ने हो भने स्पष्ट छ न त परिस्थिति नै बदलिएको छ न त नेता या दलका सोच र प्रवृत्ति । र यसै सन्दर्भमा जनमत हुनु नपर्ने जनअनुमोदित हुनु नपर्ने गणतन्त्र घोषणाजस्तै एक ठूला नेताले राजाकालीन संविधानजस्तै लागू गरिदिने यो संविधानबारे जनताका मनमा जयको ठाउँमा भय तथा आशाको सट्टा आशंका व्याप्त भएको हुँदा एक अज्ञात तथा अँध्यारो सुरुङभित्र प्रवेश गर्नै लागेका बेलाको विचलित तथा आतंकित मनस्थिति अहिले पक्कै छ ।
४६ पछि भएको देशको दुर्दशामा नेतागण र दलहरु पूर्ण दोषी भए पनि माघ १९ को राजाको महŒवाकांक्षाकै कारण सारा दोष सजिलैसँग राजामाथि पार्न र आफू चोखिन नेतागणहरु सफल भएकै भए पनि वास्तवमा जनताले थाहा नपाएका होइनन् खाली अग्रगामी बाटोमा लाग्न अर्को अवसर दिएका मात्र हुन् ।
ुराजाशक्तिुमात्र परम्परागत शक्ति रहेको नेपालमा भीमसेन थापाको हत्याकाण्डदेखि नै नेपाली राजनीतिमा विदेश शक्तिु अर्थात् भारत अर्को परम्परागत शक्ति बन्न पुगेको तथ्य निर्विवाद छ । भीमसेन थापाको राष्ट्रवादविरुद्ध अंग्रेजशक्तिलाई दिल्लीदाजुका रुपमा प्रथम पटक प्रवेश गराउने राष्ट्रघाती भाइ भारदारहरुलाई उछिनेर अंग्रेज सरकारलाई स्थायी शक्तिस्थान चढाउने जंगेका कारण नै दिल्ली नेपालका दुई परम्परागत शक्तिमध्येको एक शक्तिस्थानको पातालमै जरो गाड्दै टिक्न सकेको हो । र यिनै जंगेलाई हालै क्षेत्री समाजको भेलामा राष्ट्रवादीको संज्ञा दिइनुमा पनि यो दिल्ली शक्ति स्वभाविक शक्तिका रुपमा नेपाली मनस्थितिमा स्थापित रहेको प्रमाणित हुन्छ ।
गणतन्त्र घोषणापछि अचानक खाली गराइएको परम्परागत ुराजाशक्तिुको ठाउँमा ुशक्तिठाउँु खाली नरहने प्राकृतिक गुण बुझेर दलहरुले स्वतः ुखालीठाउँु आफैंले भर्नु पर्नेे्रमा सो भरेनन् । सत्तास्वार्थका कारण त्यो ठाउँमा पनि अर्को परम्परागत शक्ति ुविदेशशक्तिु लाई नै हजुर-हजुर सवारी भएर यो ुपोजिसनुमा विराजमान गरी मलाई राष्ट्रपति मलाई प्रधानमन्त्री मलाई दमदार धनदार मन्त्रालय भन्दै प्रवेश गराइएकाले दुवै परम्परागत ुशक्ति-खम्बाुमा विदेशी शक्तिको ऊर्जा स्वतः उर्जित हुन पुगेको हुँदा नै सो शक्ति झन्झन् अझ बढी निर्णयात्मक हुँदै गइरहेको छ र जानेछ ।
केही समयअघि मेरा मातहतमा लामो समय काम गरेका एक उच्च पूर्वगुप्तचर अधिकारीले पंक्तिकारलाई भनेका थिए ुसर हेरिराख्नुस् चार महिनापछि अर्थात्जेठपछि यहाँ के हुन्छ जसले यो ल्याउँछ उसैले पनि सम्हाल्न सक्दैन ।ु वास्तवमा हरेक सचेत मनमा यही आशंका व्याप्त छ । आफ्नै बलिको बाजा सुन्दै आफ्नै गर्दन कटानीको संकल्पको पूजाकै केरा र फूल चपाइरहेको मूढ बोकाझैं आमजनता भने बेफिक्री खुँडामा साँद लाउँदै गरेका उनैका मन्त्रतन्त्रजन्त्रमा ताली बजाउँदै छन् तब त नेपाली †
नतिजा के हुन्छ कसरी व्यवस्थित हुन्छ वा कुन तरिकाले सम्हालिन्छ भन्ने ठोस योजना तयारी र औजार तयारै नपारी अग्रगामित्वका नाममा पूरै परिवार अट्ने ठूलो पाललाई काटेर हरेकका लागि एक जेबी रुमाल बनाइन लागेको यस प्रतिगामीमुखी परिस्थितिमा नेपालमा लाग्ने डढेलोमा अन्ततः भारतका सीमावर्ती राज्यहरु पनि पुतलीझैं पर्नेछन् । एक तीव्रगतिको गाडी ठोक्किँदा पछाडिका सयौं तीव्रगतिका गाडी पनि ठोक्किने हुँदा नेपालले सम्हाल्नै नसक्ने तीव्रगतिको गाडी ठोक्किँदा बिहार झारखण्ड यूपी र बंगालसमेत ठोक्किने सम्भावनालाई सोचेर यस प्रलय र नरसंहारबाट जोगिन अब नेपाल र भारतका सकुनीहरुले नेपाली जर्जर कमजोर राज्यसत्ताको खिरपान र दूग्धस्नानबाट ध्यान हटाएर परिवर्तनको गतिको सम्हाल्नै नसक्ने तीव्रता कम गर्दै दुवैतर्पु दुर्घटना हुनबाट रोक लाउन एउटै पारिवारिक रुपमै सहकार्य गर्नुको विकल्प छैन अन्यथा दुवैतर्पु विनास हुने विश्लेषण मेरो सुरक्षाकर्मचारीको अनुभवलॆ गरेको छ । र यो विश्लेषण सयको सय सत्यको नजिक छ लेखिराखौं ।
सालाखाला १० वर्षभन्दा कम अवधिमा संविधानहरु बनाउने र फाल्ने तथा नयाँ संविधान मागिहाल्ने यो रोग के आगामी संविधानपछि निको होला र सन् १७८९ मा बनेको विश्वको सबैभन्दा छोटो तथा जम्मा २६ पटक संसोधन खाएको दुई सय २१ वर्षीय अमेरिकन संविधान सत्तालाई भन्दा जनत्ाालाई हेरी निर्माण भएकाले नै त्यहाँ राजनीतिक स्थिरता छ र त्यसैकारण नै सर्वशक्तिमान बन्न सक्यो ।
अन्त्यमा आजको दिशाविहीनता र विखण्डनतर्पुको महायात्राका तयारीमा जम्मा भएको भीडलाई जन्ती मान्ने कि मलामी ठान्ने भन्ने अन्योलमा आमजनता पुगी सोध्दैछन् ुनिरंकुशता र लोकतन्त्रको फरक काँ ु ुसूतक बार्नु र जुठो बार्नुमा अन्तर के ु ुप्रदेश बन्नु र देश खन्नु के उही हो ु
Comments0
Leave Comments