© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २५
खिला कार्की÷राजधानी
काठमाडौं २५ फागुन
एक महिनादेखि कांग्रेस केन्द्रीय समिति बैठक अनिर्णित हुँदा १२औं महाधिवेशन अन्यौलमा परेको छ ।
कांग्रेस केन्द्रीय समितिले २६ फागुनदेखि १ चैतसम्म १२ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर मंगलबार बसेको केन्द्रीय समिति बैठकले भोलिपल्टबाट तोकिएको महाधिवेशन स्थगित गरेको निर्णयसमेत गर्न सकेन ।
पछिल्लो समयमा देखिएका आठ जिल्लाका विवादमा नेताहरुबीच मतभेद सिर्जना भएपछि महाधिवेशनका बारेमा कांग्रेस अनिर्णित भएको हो ।
नयाँ मितिका बारेका केन्द्रीय समिति बैठकमा एक महिना यताका सबै बैठकमा छलफल भइरहेको छ । तर केन्द्रीय समितिले न नयाँ मिति तय गरेको छ न त बुधबारबाट हुने भनिएको १२औं महाधिवेशनको मिति नै परिवर्तन गरेको छ ।
कांग्रेसको १३ भदौमा बसेको केन्द्रीय समिति बैठकले १२औं महाधिवेशन फागुनको २६ देखि गर्ने निर्णय गरेको थियो ।
महाधिवेशनका बारेमा छलफल गर्न एक महिनामा ६ पटक केन्द्रीय समितिको बैठक बसेको छ । तर पटक-पटक स्थगित हुँदै आधा दर्जन पटक बसेको केन्द्रीय समिति बैठकमध्ये २६ माघको बैठकले कि्रयाशील सदस्यता वितरणको म्याद फागुन मसान्तसम्म बढाउने भन्दा अन्य निर्णय गर्न सकेको छैन ।
२८ र २९ माघमा बसेको बैठकमा महाधिवेशनको तयारीका लागि जिल्ला नगर तथा गाँउ अधिवेशनका बारेमा छलफल भएको थियो ।
४ फागुनमा बसेको बैठकमा आठ जिल्ला विवादले प्रवेश पाएपछि भने बैठक अनिर्णित हुँदै आएको छ । सोभन्दा पछि ५ २३ र २५ फागुनका केन्द्रीय समिति बैठक भने अनिर्णित भएका छन् ।
केन्द्रीय सदस्यहरु पदाधिकारीको अक्षमताका कारण महाधिवेशनको मिति तय हुन नसकेको आरोप लगाउँछन् भने पदाधिकारीहरु जिल्ला विवाद मिलाएर मात्र महाधिवशेनको मिति तय गर्न लागिएको बताउँदै आएका छन् ।
केन्द्रीय सदस्य नरहरि आचार्यले पदाधिकारीहरुको अक्षमताका कारण कांग्रेस अनिर्णयको बन्दी बनेको बताउँछन् ।
नेताहरु महाधिवेशनमुखी भएकाले जिल्ला विवाद मिल्न नसकेको आरोप लगाउँदै आचार्यले भने ुअहिले भएका पदाधिकारीहरु महाधिवेशनमा जान डराएकाले मिति तय हुन नसकेको हो ।ु
तर वरिष्ठ नेता शेरबहादुर देउवाले भने जिल्ला विवाद मिलाएर मात्र महाधिवेशनको मिति तय गरिने जानकारी दिए ।
देउवाले महाधिवेशन फागुनमा नहुने पहिल्यै निष्कर्ष निकालेर कि्रयाशील सदस्यता वितरण म्याद बढाइएको जिकिर गरे । देउवाले वैशाख अन्तिमसम्ममा महाधिवेशन गर्नुपर्ने आफ्नो धारणा रहेको साचारकर्मीलाई बताए ।
तर १३ भदौमा केन्द्रीय समितिले तोकेको १२औं महाधिवेशनको मितिका बारेमा केन्द्रीय समितिले कुनै निर्णय गरेको छैन ।
पछिल्लो समयमा विवाद रहेका आठ जिल्लामा आफ्नो पक्षका बढी कार्यकर्तालाई कि्रयाशील सदस्यता दिलाउने चिन्ताले सहमति हुन नसकेको बताइन्छ ।
स्रोतका अनुसार नेताहरुलाई विवाद मिलाएर महाधिवेशन गर्नुभन्दा आफ्नो जिल्लामा अर्को पक्षले बढी वितरण गर्छन् कि भन्ने चिन्ता छ ।
पार्टी एकीकरणपछि देखिएको जिल्ला विवाद मिलाउन केन्द्रीय समितिद्वारा उपसभापति प्रकाशमान िसंहको संयोजकत्वमा गठित समितिले निर्णय गर्दासमेत आठ जिल्लामा विवाद कायम रहेकाले समस्या सिर्जना भएको हो । विशेषगरी ओखलढुंगा र संखुवासभामा ठूलो विवाद देखिएको छ ।
त्यसैगरी महाधिवेशनका बारेमा समेत केन्द्रीय समितिमा तीन धार देखा परेका छन् ।
पदाधिकारीहरु महाधिवेशन भदौमा गर्ने मनस्थितिमा छन् । उपसभापति रामचन्द्र पौडेलले सार्वजानिक रुपमा नै महाधिवेशन भदौभन्दा अगाडि हुन नसक्ने धारणा राखिसकेका छन् ।
केहिले नयाँ संविधान जारी गर्नुअगावै वैशाखको अन्तिम साता महाधिवेशन गर्नुपर्ने विचार अगाडि सारेका छन् भने अर्को पक्षले वैशाखमा महाधिवेशन गर्दा संविधान निर्माणमा बाधा पर्ने भएकाले जेठको दोस्रो साता महाधिवेशन गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् ।
पार्टीका पदाधिकारीबाहेक अधिकांश केन्द्रीय सदस्यहरु वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको केन्द्रीय सदस्य विनयध्वज चन्दले बताए ।
Comments0
Leave Comments