© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २५
एजेन्सी
जेरुसलेम २५ फागुन
अमेरिकी उपराष्ट्रपति जो बिदेनले मध्यपूर्व भ्रमणका क्रममा प्यालेस्टाइन र इजरायलबीच शान्ति हुन सक्ने ुवास्तविक अवसरको समयु रहेको बताएका छन् ।
दुवै पक्षबीच बढिरहेको अविश्वासको तहलाई अप्रत्यक्ष वार्ताको माध्यमबाट रोक्न सक्ने बिदेनले जेरुसलेममा इजरायली नेताहरुको वैठकमा भनेका छन्् ।
बिदेन आउनुभन्दा केही घन्टाअघि इजरायलले आफूले कब्जा गरेको वैस्ट बैंकमा एक सय १२ नयाँ घर बनाएर प्यालेस्टाइनलाई आक्रोशित बनाएको थियो ।
इजरायलले वार्तालाई अवमूल्यन गर्न खोजेको प्यालेस्टिनी ्
अधिकारीहरुले आरोप लगाएका छन् । ओबामा प्रशासनका हालसम्मको सबैभन्दा उपल्लो तहका
अधिकारीको मध्यपूर्व भ्रमणमा बिदेनले चार महिनासम्म अप्रत्यक्ष वार्ता गर्ने सहमति हुने बताए । त्यसैले उनले यसलाई ुनिकट वार्ताु भनेका छन् जसले शान्ति प्रकि्रया ब्युँताउने अपेक्षा गरिएको छ ।
ुमलाई आशा यो एउटा बाहन हुनेछ जसले वषौर्ं पहिलेदेखि अविश्वासको तह बन्ने प्रकि्रयालाई रोक्नेछु इजरायली राष्ट्रपति शिमोन पेरेजसँग वार्ता गर्नुअघि उनले संवाददाताहरुसँग भने ।
ुमलाई लाग्छ हामी वास्तविक अवसरको क्षणमा छौं । र मलाई लाग्छ इजरायली र प्यालेस्टिनी जनताको इच्छा यदि सबैले एक चोटी रोकेर लामो सास फेर्ने हो भने एउटै रेखामा छन् विपक्षमा होइनु उनले थपे ।
निकट वार्ताका दौरान वार्ता टोलीहरुले अमेरिकी मध्यपूर्व प्रतिनिधि जर्ज मिच्चेलसँग छुट्टाछट्टै भेट्ने छन् जसले दुवैको समन्वय गर्नेछन् ।
तर अप्रत्यक्ष वार्ताबाट के हासिल हुन्छ भन्नेबारे दुवै पक्ष ठूलो आशावादी नरहेको संवाददाताहरु बताउँछन् ।
वेस्ट बैंक र इस्ट जेरुसलममा यहुदीहरुको निर्माण प्रकि्रया नरोक्ने इजरायलले बताएपछि प्यालेस्टिनी राष्ट्रपति मोहमद अब्बासले विगत एक वर्षदेखि इजरायली सरकारसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरिरहेका छन् । गत नोभेम्बरमा अमेरिकाको कडा दबाबामा इजरायलले वेस्ट बैंकमा नयाँ भवन निर्माण गर्ने क्रम दश महिनाका लागि रोकेको थियो ।
Comments0
Leave Comments