© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २५
एजेन्सी
नयाँ दिल्ली २५ फागुन
भारतीय राज्य सभाले अहिलेसम्मकै सबैभन्दा बढी विवादास्पद तथा ऐतिहासिक मानिएको महिला आरक्षण मंगलबार पारित गरेको छ ।
उक्त विधेयकमा भारतको प्रतिनिधिसभामा महिलाका लागि ३३ प्रतिशत सिट आरक्षित गर्ने प्रावधान समेटिएको छ ।
चर्को विरोध र बारम्बारको अवरोधपछि मंगलबार साँझतिर राज्यसभामा ऐतिहासिक महिला आरक्षण विधेयकमाथि बहस भई मतदानबाट टुंगिएको प्राप्त समाचारमा उल्लेख छ ।
सभामा बोल्नेहरुमा भारतीय जनता पार्टी बीजेपी का अरुण जेटली कम्युनिस्ट पार्टी अफ इन्दिया-माक्स्रवादीका बृन्दा करात बहुजन समाज पार्टीका सतिश मिश्र र कांग्रेसका जयन्ती नटराजन छन् ।
बहसको सुरुवात जेटलीले गरेका थिए । उनले आफ्नो पार्टीले महिला विधेयकको स्पष्ट समर्थन गरेको तर भारतीय संसदीय इतिहासकै सबैभन्दा लाजमर्दो केही घटनाहरुले यसलाई समर्थन गर्ने प्रावधानलाई कमजोर बनाएको बताए ।
राज्य सभाका सभामुख हमिद अन्सारीले संविधान संशोधन विधेयकमाथि मतदान हुने बताएपछि प्रतिपक्षका नेताले आफू सभामा आउँदा पार्टीले इतिहास बनाएको अनुभव भएको बताए ।
ुयो विधेयकले संसदमा महिलाको सिट सुरक्षित गर्नेछ जसले देशमा सांस्कृतिक परिर्वतन ल्याउनेछ किनभने आज पनि महिला सांस्कृतिक िपंजडामा थुनिएका
छन् । परम्पराको नाउँमा कुरीतिहरु लादिएका छन् । हामीले दैनिकरुपमा तिनीहरुको सामना गर्नु परिरहेको छु सो विधेयकका समर्थक करातले भने । ुयी कुरीतिहरु पनि यो विधेयकबाट तोडिनेछन्ु उनले थपे । ठूलो संख्यामा महिलालाई संसदमा भित्र्याउनाले राजनीतिलाई थप संवेदनशील बनाउने विश्वास उनले पाखे ।
कंग्रेस नेता तथा प्रवक्ता जयन्ती नटराजनले दलित र जनजाति महिलाले यही विधेयकअन्तर्गत आरक्षण पाउने बताउँदै दलित महिलाको लागि विशेष कोटाको माग गर्नेहरुको आलोचना गरे ।
नटराजनले भारतीय जनतालाई कुनै अन्य पार्टीले महिला आरक्षणको वाचा गर्न नसकेको बताए । ुकंग्रेसका सभापति सोनिया गान्धी र प्रधानमन्त्री मनमोहन िसंहले महिला सशक्तिकरणलाई समर्थन गर्न पछि परेनन्ु उनले भनिन् ।
तथापी बहुजन समाज पार्टीका सतिश मिश्रले अहिलेको अवस्थामा आफ्नो पार्टीले प्रस्तावित विधेयकको समर्थन गर्न नसक्ने बताए । उनले जनसंख्याको अनुपातमा महिलालाई ५० प्रतिशत सिट सुरक्षित गर्न प्रधानमन्त्रीसँग माग गरे ।
त्यसैगरी जनता दल-युनाइटेडका शिवानन्द तिवारीले विधेयकको पक्षमा बोलेर संसदलाई केही समय स्तब्ध तुल्याए । उनका समकक्षी शरद यादवको समूहले सो विधेयकको चर्को विरोध गर्दै आएको थियो ।
भी। मैत्रियानले यो विधेयकले भारतीय गृहिणीहरुलाई ठूलो सहयोग गर्ने बताउँदै उनीहरुले अर्थको व्यवस्थापन अर्थमन्त्रीले भन्दा राम्रो गर्ने बताए ।
यसअघि महिला विधेयकप्रति अभद्र व्यवहार गर्ने सात सांसदलाई सभामुख अन्सारीले निलम्बन गरेको प्राप्त समाचारमा उल्लेख छ ।
निलम्बन हुनेमा सुभाष यादव आरजेडी सबिर अलि एलजेपी बीरपाल िसंह यादव नन्द किशोर यादव अमिर आलम खान र कमल अख्तर एसपी र इजाज अलि छन् । उनीहरुले सोमबार सभामुखमाथि हमला गर्ने प्रयास गरेका थिए ।
Comments0
Leave Comments